२०८३ जेष्ठ १८, सोमबार २०:५२
२०८३ जेष्ठ १८, सोमबार २०:५२
हेटौंडा,जेठ १८ गते। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार दिनको अवधिमा विभिन्न स्थानमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा लागूऔषधसहित १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जेठ १४ गतेदेखि १७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानमा शंकास्पद व्यक्तिहरूमाथि खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध बरामद भएको हो। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३४ ग्राम १० मिलिग्राम, चरेसजस्तो देखिने पदार्थ २६० ग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोल दुई क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारीअनुसार, बाराको कलैया उपमहानगरपालिका–१४ निवासी ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका–९ निवासी २१ वर्षीय सर्जुक शाह तथा…