२०८३ जेष्ठ १५, शुक्रबार २३:१८
२०८३ जेष्ठ १५, शुक्रबार २३:१८
मकवानपुरगढी,जेठ १५ गते। इतिहास र सम्पदाको संरक्षण आवश्यक भए पनि मानव जीवनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मकवानपुरगढी दरबार जाने मुख्य सडकको बीचभागमा रहेको ऐतिहासिक चौतारोको सुरक्षित व्यवस्थापन गर्न आवाज उठ्न थालेको छ। “सेवा, सहयोग र आवाजमा हामी” का अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई समयमै आवश्यक निर्णय लिन आग्रह गरेका छन्। उनले आफ्नो स्टाटसमार्फत तत्कालीन साहिसेनामार्फत निर्माण गरिएको उक्त चौतारो कुनै समय यात्रुहरूको विश्राम, संरक्षण तथा सामाजिक भेटघाटको महत्वपूर्ण स्थल रहेको उल्लेख गरेका छन्। ऐतिहासिक दृष्टिले महत्वपूर्ण भए पनि हाल जिर्ण अवस्थामा सडकको बीचभागमा स्तम्भका रूपमा रहेको संरचनाले संरक्षणभन्दा…