स्थानीय

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा–११ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा,जेठ १४ गते। हेटौंडा उपमहानगरपालिका–११ मा एक दिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिति हेटौंडा–११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम न्यायिक समिति हेटौंडा–११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । स्थानीय तहमा रहेका न्यायिक समितिको भूमिका, कानुनी अधिकार तथा समुदायस्तरमा देखिने विभिन्न विवाद र हिंसाका विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय तहमा हुने पारिवारिक विवाद, घरेलु हिंसा, अन्याय, सामाजिक विभेद तथा विभिन्न प्रकारका कुरिती विरुद्ध कसरी कानुनी रूपमा समाधान खोज्न सकिन्छ भन्ने…
Read More
हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

हेटौंडा,जेठ १३ गते। हेटौंडा उपमहानगरपालिका–१५ र १७ नम्बर वडामा सञ्चालन गरिएको गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत उद्यमशीलता प्रवर्द्धन, पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी तालिम सम्पन्न भएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा साथै उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु कुमारी लामिछाने सहभागी भएका थिए । दिगो आयआर्जनलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमले महिलाहरूलाई कृषि तथा पशुपालन व्यवसायतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । तालिममा सहभागी महिलाहरूले विशेषगरी बाख्रापालन सम्बन्धी व्यावहारिक तथा व्यवसायिक जानकारी लिएका थिए । कार्यक्रममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने, सीप विकास गर्ने तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको थियो । सामाजिक विकास कार्यालय…
Read More
हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

हेटौंडा,जेठ १३ गते। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क बारिस्टा तालिम सम्पन्न भएको छ। बागमती एजुकेशन कन्सल्टेन्सी प्रा.लि.द्वारा सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा सहभागी भएकी थिइन्। कार्यक्रममा नगर प्रमुख लामाले युवाहरूलाई विदेशिने बाध्यता कम गर्दै देशभित्रै सीप, व्यवसाय र रोजगारी सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने बताए। उनले उपमहानगरले विभिन्न सहकार्यकारी संस्थासँग मिलेर युवाकेन्द्रित सीपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वरोजगार प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। तालिममा सहभागी युवाहरूले कफी बनाउने विधि, ग्राहक सेवा, क्याफे सञ्चालन…
Read More
“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

हेटौंडा,जेठ १३ गते। सेवा, सहयोग र सामाजिक आवाजका क्षेत्रमा सक्रिय अभियन्ता विशालराज महतले नेपालमा बढ्दो स्वास्थ्य समस्या, उपचार खर्चको अभाव र बिरामी बालबालिकाका लागि सामाजिक सञ्जाल मार्फत गरिने सहयोग अपिलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत दीर्घकालीन समाधानतर्फ राज्यको ध्यान जानुपर्ने धारणा सार्वजनिक गरेका हुन्। महतले नेपाल जस्तो विकासउन्मुख देशमा अझै पनि धेरै नागरिक आधारभूत आवश्यकता पूरा गर्न संघर्षरत रहेको उल्लेख गर्दै अस्वस्थ जीवनशैली, रसायनयुक्त तथा विषादी मिसिएका खाद्यवस्तुको प्रयोगले स्वास्थ्य समस्या जटिल बन्दै गएको बताएका छन्। विशेषगरी साना बालबालिकामा गम्भीर रोग बढ्दै जानु र उपचार खर्च धान्न नसकेर सामाजिक सञ्जालमा सहयोग माग्नुपर्ने अवस्था दुःखद भएको…
Read More
बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

बस्तिपुर,जेठ १३ गते। बस्तिपुर जेसिज मनहरीले नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान गरेको छ । शाखा भ्रमणका क्रममा मनहरी आइपुगेका भण्डारीलाई भेटघाट तथा स्वागत कार्यक्रम मार्फत सम्मान गरिएको हो । हेटौंडा–४ स्थित बाइपास रोडको कफी बारमा आयोजित कार्यक्रममा शाखाका पदाधिकारी तथा सदस्यहरूले शाखासँग सम्बन्धित समस्या, चुनौती तथा जिज्ञासाहरू राखेका थिए । सहभागीहरूले संगठन सुदृढीकरण, सदस्यता विस्तार, नेतृत्व विकास तथा आगामी कार्यक्रम सञ्चालनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीले शाखाबाट उठाइएका समस्या तथा जिज्ञासाको जवाफ दिँदै समाधानका सम्भावित उपायहरूबारे सुझाव दिएका थिए । उनले शाखा र नेपाल जेसिजबीच…
Read More
इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

माहालक्ष्मी पुल,जेठ १३ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत माहालक्ष्मी पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्। आज बिहान करिब १०ः३० बजेतिर काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० देखि ४५ मिटर तल खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते भए पनि अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनापछि स्थानीयवासीको सहयोगमा घाइते चालकको उद्धार गरिएको थियो।
Read More
मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

मकवानपुर प्रशासनको राजमार्गमा कडाइ : जथाभावी ओभरटेक गर्ने सवारीमाथि धमाधम कारबाही

हेटौंडा,जेठ १२ गते। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको चुरियामाई सडक खण्डमा जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लंघन गर्ने सवारी साधनमाथि मकवानपुर प्रशासनले कडाइ गरेको छ । दुर्घटना न्यूनीकरण र राजमार्गलाई सुरक्षित बनाउने उद्देश्यले मंगलबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी अधिकारी, प्रहरी निरीक्षक किशोर आचार्यसहितको टोलीले गरेको अनुगमनका क्रममा लेन अनुशासन पालना नगर्ने तथा जोखिमपूर्ण ढंगले ओभरटेक गर्ने ७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट ३० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रशासनले जनाएको छ । त्यसैगरी, मंगलबार मात्रै ट्राफिक प्रहरीले विभिन्न नियम उल्लंघन गर्ने ७९…
Read More
जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

जेठ १७ देखि १४ दिन चित्लाङ–थानकोट सडक पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चित्लाङ,जेठ १२ गते। हेटौँडा र काठमाडौँलाई छोटो दूरीमार्फत जोड्ने चित्लाङ–थानकोट सडकखण्ड आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन १४ दिनका लागि उक्त सडकखण्डमा सवारी आवागमन रोक्न लागिएको हो । सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार सडकको विभिन्न भागमा कालोपत्रे, ढल व्यवस्थापन, पहिरो नियन्त्रण तथा सडक विस्तारको काम एकसाथ अघि बढाइएकाले सुरक्षाका कारण केही समय सडक बन्द गर्नुपरेको जनाएको छ । यो सडक हेटौँडा–काठमाडौँ यात्रा गर्ने सवारी साधनका लागि छोटो र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । सडक बन्द अवधिमा यात्रु तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग…
Read More
हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

हेटौंडामा हावाहुरीको जोखिम बढ्दै, उपमहानगरपालिकाद्वारा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

हेटौंडा,जेठ १२ गते। देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित तीव्र गतिको हावाहुरी चल्ने सम्भावना बढिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका कार्यालयले मकवानपुरवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमको प्रतिकूल अवस्थाले धनजनको क्षति हुन सक्ने भन्दै उपमहानगरपालिकाले जरुरी सूचना जारी गरेको हो। जारी सूचनाअनुसार हावाहुरी सुरु हुनुअघि घर बाहिर रहेका उडाउन सक्ने सामानहरू सुरक्षित स्थानमा राख्न, कौसी, बार्दली तथा आँगनका सामग्री बाँधेर सुरक्षित गर्न र घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न अनुरोध गरिएको छ। त्यस्तै, हावाहुरी चलिरहेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर वा खुला स्थानमा ननिस्किन, रूख, बिजुलीका पोल, होर्डिङ बोर्ड तथा कमजोर संरचनाको ओत नलिन उपमहानगरपालिकाले सचेत गराएको छ। यात्रा गरिरहेका सवारी…
Read More
बागमतीमा एचआईभी संक्रमण दर घट्दो, तर सामाजिक कलंक र सेवा पहुँच अझै चुनौती

बागमतीमा एचआईभी संक्रमण दर घट्दो, तर सामाजिक कलंक र सेवा पहुँच अझै चुनौती

हेटौँडा,जेठ १२ गते। बागमती प्रदेशमा एचआईभी संक्रमण दर अघिल्ला वर्षहरूको तुलनामा घट्दो क्रममा देखिए पनि संक्रमण नियन्त्रण, परीक्षण पहुँच र उपचारलाई निरन्तर प्रभावकारी बनाउने चुनौती अझै कायम रहेको सरोकारवालाहरूले बताएका छन् । सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरताको अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच कमजोर हुँदा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । स्वास्थ्य निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन् । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ भने दैनिक औसत १.७ जना नयाँ व्यक्ति संक्रमणमा पर्ने गरेका छन् । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.