स्थानीय

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

हेटौंडा,जेठ १२ गते। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचनाका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै हावाहुरीका कारण रुख ढल्ने, बिजुलीका पोल तथा तारमा क्षति पुग्ने, टिनका छाना उड्ने तथा खुला स्थानमा रहेका सामग्रीहरू उड्ने वा क्षति पुग्न सक्ने जनाएको छ। सूचनामा हावाहुरीका कारण अप्रत्यासित दुर्घटना समेत हुन सक्ने भएकाले सबै नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरिएको छ। विशेषगरी खुला स्थानमा अनावश्यक रूपमा नबस्न, कमजोर संरचनाको वरिपरि सावधानी अपनाउन तथा विद्युत् लाइन नजिक सतर्क रहन आग्रह…
Read More
हेटौंडा–४ मा विकासका पूर्वाधारको फड्को : वडाध्यक्ष नवीन सिग्देलद्वारा ११ प्रमुख संरचना सार्वजनिक

हेटौंडा–४ मा विकासका पूर्वाधारको फड्को : वडाध्यक्ष नवीन सिग्देलद्वारा ११ प्रमुख संरचना सार्वजनिक

हेटौंडा,जेठ १० गते। नवीन सिग्देलले आफ्नो कार्यकालमा वडा नम्बर–४ मा निर्माण भएका तथा निर्माणाधीन विभिन्न विकास संरचनाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी सार्वजनिक गरेका छन्। वडाध्यक्ष सिग्देलले “हाम्रै पालामा” भन्दै सार्वजनिक गरेको फोटोहरुमा वडा कार्यालयको समन्वय, पहलकदमी र सक्रियतामा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विभिन्न भौतिक संरचनाहरूको विवरण उल्लेख गरेका छन्। उनले हेटौंडा–४ मा घरेलु उत्पादन विक्री तथा प्रदर्शनी भवन, श्रमिक माध्यमिक विद्यालयको २० कोठे भवन, हेटौंडा कवर्ड हल, कर्राको कवर्ड हल, आधारभूत स्वास्थ्य केन्द्र, योग भवन, वडा प्रहरी कार्यालय, किरियापुत्री भवन, सार्वजनिक शौचालय, भुटनदेवी माविको प्राविधिक भवनको दोस्रो तल्ला तथा जेष्ठ नागरिक विश्राम कक्षलगायतका संरचना निर्माण भएको बताएका छन्। सिग्देलका…
Read More
उज्यालो नेपाल पार्टीको हेटौंडा–१३ पदमपोखरीमा वडा इकाई कमिटी गठन, अध्यक्षमा रविन्द्र थिङ सर्वसम्मत चयन

उज्यालो नेपाल पार्टीको हेटौंडा–१३ पदमपोखरीमा वडा इकाई कमिटी गठन, अध्यक्षमा रविन्द्र थिङ सर्वसम्मत चयन

पदमपोखरी,जेठ १० गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज उज्यालो नेपाल पार्टी को वडा इकाई कमिटी गठन सम्पन्न भएको छ। आज आयोजित खुला सत्रमार्फत रविन्द्र थिङलाई सर्वसम्मत रूपमा वडा इकाई कमिटीको अध्यक्ष चयन गरिएको हो। त्यसैगरी सचिवमा जीवन पाख्रिन चयन भएका छन् भने कोषाध्यक्ष पद हालका लागि रिक्त राखिएको जनाइएको छ। साथै अन्य २५ जना सदस्यहरूलाई वडा इकाई कमिटीमा मनोनयन गरिएको छ। नवगठित वडा इकाई कमिटीका अध्यक्ष रविन्द्र थिङले आफूलाई अध्यक्षको जिम्मेवारी दिई योग्य ठहर गरेकोमा सम्पूर्ण सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै उज्यालो नेपाल पार्टीको विधि, विधान र नीति अनुसार समग्र काम गर्दै अघि बढ्ने बताएका छन्। उनले…
Read More
“स्वच्छ खानेपानी र सरसफाइ विकासको आधार” : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सवमा मेयर लामाको जोड

“स्वच्छ खानेपानी र सरसफाइ विकासको आधार” : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सवमा मेयर लामाको जोड

हेटौँडा,जेठ ८ गते। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्वच्छ खानेपानी र सरसफाइलाई विकासको मुख्य पूर्वाधारका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।   हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सव समारोह–२०८३ का अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गर्दै प्रमुख लामाले हेटौंडा उपमहानगरभित्र स्वच्छ र सफा खानेपानीको सहज व्यवस्थापनका लागि नगरपालिका, खानेपानी व्यवस्थापन बोर्ड तथा खानेपानी उपभोक्ता समितिहरूबीच सहकार्य भइरहेको उल्लेख गरेकी हुन् । उनले “विकासको पूर्वाधार स्वच्छ खानेपानी तथा सरसफाइ” भन्ने नारासहित स्वच्छ पानीको पहुँच विस्तारलाई नगरको प्राथमिकतामा राखिएको बताइन् । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी व्यवस्थापनमा उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै हेटौंडावासीले दिएको सहयोग र सहभागिताप्रति…
Read More
“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा,जेठ ७ गते। हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफ्नो वडाका सबै सडकहरूलाई यही असार मसान्तसम्म ढुवानमुक्त बनाइने बताएका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै वडा नं. ४ मा सडक स्तरीकरण तथा पूर्वाधार विकासको काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका हुन्। उनले “हामी जे बोल्छौं, त्यही गर्छौं । हामी थाक्ने छैनौं, हामी काममा छौं” भन्दै वडा नं. ४ का सबै सडकलाई क्रमशः स्तरीकरण गर्दै ढुवानमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी गर्दाेही क्षेत्रका बासिन्दाका लागि आजको दिन खुसीको दिन भएको उल्लेख गर्दै उनले गिरी टोलको भित्री सडक स्तरीकरण…
Read More
सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

हेटौँडा,जेठ ७ गते। सरकारले सरकारी मातहतका सबै विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रवाह गर्ने नीतिगत निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरू आन्दोलित बनेका छन् । उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विरोधी भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाएको छ । महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत केन्द्रदेखि देशभरका शाखामार्फत सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज मकवानपुर जिल्लामा पनि पत्रकार, सञ्चारगृह सञ्चालक तथा सञ्चारकर्मीहरूको सहभागितामा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ । मकवानपुरमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू तथा मिडिया सञ्चालकहरूले एकमत हुँदै सरकारी निर्णयप्रति असहमति जनाएका छन् । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि…
Read More
“हिरासतभित्र अमानवीय व्यवहार भएको अनुभूति” — सामाजिक अभियान्ता विशालराज महतको गम्भीर आरोप

“हिरासतभित्र अमानवीय व्यवहार भएको अनुभूति” — सामाजिक अभियान्ता विशालराज महतको गम्भीर आरोप

हेटौँडा,जेठ ७ गते। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र आफूहरूले भोगेको अवस्थाबारे सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै नेपालको हिरासत व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। हेटौंडा अस्पतालको नाममा रहेको जग्गाको स्वामित्व अस्पतालकै नाममा कायम रहनुपर्ने मागसहित अस्पतालको बोर्ड कायम गर्ने क्रममा आफूहरूसहित चार जनालाई २०८२ वैशाख ३ गते हिरासतमा राखिएको उल्लेख गर्दै महतले उक्त अनुभव केवल व्यक्तिगत नभई नेपालको हिरासत प्रणालीको वास्तविकता नजिकबाट बुझ्ने अवसर बनेको बताएका छन्। महतका अनुसार हिरासतभित्र प्रवेश गरेलगत्तै कैदीबन्दीलाई भित्तामा बनाइएको बुद्धको चित्रमा टाउको ठोक्काएर “नियम मान्न” बाध्य बनाइने, नमाने कुटपिटको डर देखाइने जस्ता व्यवहार हुने गरेको…
Read More
जरा र मुहानको मौन शक्ति

जरा र मुहानको मौन शक्ति

हेटौँडा,जेठ ७ गते। “हाँगा र पातमा रमाउनेहरूलेरूख र जराको अर्थ कसरी बुझुन्! बोटलको पानी पिउनेहरूलेमुहान र नदीको महत्व कसरी जानून् ! फेरि पनि जराले नै उभ्याउँछविशाल रूख ! खोचमा उम्रिएको मुहानले नै बगाउँछअन्त्यहीन नदी ! आजसम्मन मुहानले सम्मान खोजेको देखेको छुन त जराले नै !” — मीना कुमारी लामा (नगर प्रमुख)
Read More
भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोडमा वर्षायाममा ‘खोला’ बग्ने समस्या समाधान गर्न अध्ययन शुरू

भैरवरोड,जेठ ६ गते। नवीन सिग्देल र सुशील घिमिरेको पहलमा हेटौँडा–४ स्थित भैरवरोड क्षेत्रमा वर्षायाममा हुने डुबान तथा सडकमा पानी बग्ने समस्याको समाधान प्रक्रिया अघि बढाइएको छ। बुधबार उपमहानगरपालिकाका प्राविधिकसहितको टोलीले भैरवरोड क्षेत्रमा स्थलगत अध्ययन गर्दै पानी जम्ने, ढल अवरुद्ध हुने तथा वर्षाका बेला सडक नै खोलाजस्तै बग्ने समस्याको निरीक्षण गरेको हो। केही दिनअघि वडा नं. ४ का अध्यक्ष सिग्देलले मिना कुमारी लामासँग समस्या समाधानका विषयमा छलफल गरेपछि प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ। अध्ययन टोलीमा उपमहानगरपालिकाका योजना प्रमुख ई. सुवोध थापा, वातावरण इन्जिनियर चन्दा खड्का, जनप्रतिनिधि, प्राविधिक कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। टोलीले क्षेत्रका ढल संरचना, पानी निकासको…
Read More
भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

भिमफेदीमा तीव्र गतिका कारण ईभी दुर्घटना, चालकसहित ६ जना घाइते

जुरिखेत,जेठ ६ गते। मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेत मोडस्थित भिमफेदी–कुलेखानी सडकखण्डमा बुधबार साँझ ईभी गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक किनारको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौंको कलंकीस्थित नेशनल अस्पताल पठाइएको छ। दुर्घटनापछि गाडीमा क्षति पुगेको भए पनि सडक सञ्चालनमा कुनै अवरोध नआएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.