२०८३ असार ४, बिहीबार २२:२६
२०८३ असार ४, बिहीबार २२:२६
हेटौंडा, असार ४ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले महिला सशक्तीकरण र महिला मैत्री शहर निर्माणका लागि “समानता” भन्दा “समता” को अवधारणालाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर लामाले समानताले सबैलाई एउटै व्यवहार गर्ने सिद्धान्त अघि सार्ने भए पनि समताले आवश्यकता, अवस्था र पूर्णताको आधारमा न्याय सुनिश्चित गर्ने उल्लेख गरेकी छन् । उनका अनुसार महिलाको वास्तविक सशक्तीकरणका लागि समताको अभ्यास अपरिहार्य छ । उनले महिला र पुरुष दुवै मानव भए पनि शारीरिक बनावट तथा सामाजिक अवस्थाका कारण आवश्यकतामा फरक हुने बताउँदै एउटै मापदण्डले न्याय नदिने स्पष्ट पारेकी…