२०८२ माघ २५, आईतवार १२:०८
२०८२ माघ २५, आईतवार १२:०८
हेटौँडा, माघ २५ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेद्वार रामेश्वर रानाले आफ्नो उम्मेद्वारीले मकवानपुरका जनता उत्साहित र सन्तुष्ट देखिएको बताएका छन्। नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई विद्यमान संकटबाट मुक्त गर्दै विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको धारणा राखे। उम्मेद्वार रानाले कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा अन्योलमा नपरी आत्मविश्वासका साथ निर्वाचन अभियानमा जुट्न आग्रह गरे। उनले संगठनात्मक एकता र जनसम्पर्कलाई बलियो बनाउँदै चुनावी मैदानमा होमिनु आवश्यक रहेको बताए। भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता र राष्ट्रिय…