राजनीति

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आज हेटौडा १० स्थित होटेल एभरेष्टमा समाजवादी महिला संघ नेपालको प्रथम मकवानपुर जिल्ला अधिवेशन गराउने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। समाजवादी महिला संघ नेपाल मकवानपुरले प्रथम मकवानपुर जिल्ला अधिवेशन गर्ने बारेमा पत्रकार समक्ष साक्षात्कार गर्दै उक्त अधिवेशनबारे तिथिमितिसहित कार्यक्रमबारे जानकारी गराएको हो। कार्यक्रम संयोजक समेत रहेका मकवानपुरको जिल्ला उपाध्यक्ष गीता कार्कीले समाजवादी महिला संघ नेपाल मकवानपुरको प्रथम जिल्ला अधिवेशनलाई होटेल लिडोमा गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। साथै उपस्थित पत्रकार साथीहरुले उक्त प्रथम अधिवेशन सम्मेलनलाई आर्थिक विषयलाई के कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने सवालमा उनी भन्छन् : हामीले हाम्रा स्थानीय तहमा…
Read More
इन्द्रबहादुर बानिया बागमती प्रदेशको छैठौ मुख्यमन्त्री बन्न सफल

इन्द्रबहादुर बानिया बागमती प्रदेशको छैठौ मुख्यमन्त्री बन्न सफल

हेटौंडा। आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पद तथा गोपनीयताको शपथ गरेका छन्। मुख्यमन्त्री बानियालाई प्रदेश प्रमुख टिकाप्रसाद देवकोटाले आज दिउँसो मुख्यमन्त्रीको शपथ ग्रहण गराएको हो। जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री बनेको हिसाबले बानिया छैटौँ मुख्यमन्त्री प्रदेशका बन्न सफल भएका हुन्। बानिया नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति रहेको हिसाबले उनले सोमबार नै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा मै गठबन्धन सरकारको निर्माण गर्ने दाबी पेश गरेका थिए। सोही अनुरूप उनले ११० सदस्य प्रदेशसभामा र दुई दलका कुल ६४ सांसदहरूको समर्थन लिन सफल भएको थियो। अहिलेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बन्नेहरूमा डोरमणि पौडेल,अष्टलक्ष्मी शाक्य,राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह…
Read More
जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

जनगुनासा सुन्न रास्वपाले थाल्दै ‘खुल्ला आँगन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकसँग सीधा संवादका लागि 'खुल्ला आँगन' नामक साप्ताहिक भेटघाट कार्यक्रम सुरु गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यो कार्यक्रम हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन गरिनेछ। यो पहल नागरिकका सुझाव, गुनासा तथा जिज्ञासा सुन्न र जनउत्तरदायी बन्नका लागि गरिएको प्रवक्ता झाले बताएका छन्। 'खुल्ला आँगन' ले सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्य राखेको छ। 'खुल्ला आँगन' को पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबारबाट सुरु हुनेछ। कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहने र यसको कुनै पूर्वनिर्धारित एजेन्डा नहुने भएकाले सहभागीहरूले स्वतन्त्र रूपमा आफ्ना कुरा…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुनुमा नाउपाकै एक सांसद कैलाश चौधरीको भूमिका महत्त्वपूर्ण रह्यो। नाउपाका कुल सात सांसदमध्ये छवटा सांसद प्रदेश सभामा अनुपस्थित रहे पनि चौधरीले भने मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि परेका छन्।
Read More
नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा: रञ्जिता बर्खास्त, लालवीर अध्यक्ष

नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा: रञ्जिता बर्खास्त, लालवीर अध्यक्ष

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ मोड लिएको छ। बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले पार्टी संरक्षक रेशम चौधरीका बुबा एवं प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यो निर्णय हुनुभन्दा पहिले नै पार्टीले निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको थियो। भेला आयोजक पक्षका अनुसार, रञ्जिता श्रेष्ठले विधानको उल्लंघन गर्दै पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएको र लामो समयदेखि पार्टीको बैठकसमेत नडाकेकाले संरक्षक रेशम चौधरी असन्तुष्ट बनेका थिए। यसपछि बहुमत संस्थापक सदस्यहरूको बैठकले रञ्जितालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले उनीमाथि कारबाहीका लागि…
Read More
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौँडामा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी बहादुर सिंह लामालाई ८ मतान्तरले पछि पार्दै बानियाँ दलको नेतामा चुनिएका हुन्। कुल ३७ मत खसेको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मतमा चित्त बुझाए। खसेको मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् र बानियाँले बहुमत २२ मतसहित दलको नेतृत्व सम्हाल्ने भएका छन्।
Read More
नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद चुलिएको छ। पार्टी संरक्षक रेशम चौधरीले आफ्नी पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएका छन्। बुधबार साँझ बसेको रेशम पक्षको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए। यो घटनाले रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको राजनीतिक मतभेद अब पारिवारिक बेमेलबाट राजनीतिक सम्बन्ध विच्छेदको चरणमा पुगेको स्पष्ट पारेको छ। प्रतिनिधि सभामा ४ सिट रहेको र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सभामा समेत उपस्थिति जनाएको नाउपा अहिले विभाजनको सँघारमा पुगेको छ। यसअघि रञ्जिता श्रेष्ठले केही दिन आराम गर्ने भन्दै कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।
Read More
भ्रष्ट र भू-माफियाको जम्मु टिमलाई राखेर अनुसन्धान गर्नु, कारबाही गर्नु, सजाय दिनु । दुख दिने हिसाबले नेकपाका नेताकार्यकर्ता खोज्नु पर्दैन ।-राम सी

भ्रष्ट र भू-माफियाको जम्मु टिमलाई राखेर अनुसन्धान गर्नु, कारबाही गर्नु, सजाय दिनु । दुख दिने हिसाबले नेकपाका नेताकार्यकर्ता खोज्नु पर्दैन ।-राम सी

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले सामाजिक सन्जाल फेसबुक मार्फत लामो स्ट्याटस पोस्ट गर्दै भ्रष्ट र भू-माफिया वडा अध्यक्ष सविन सहित २६ जनाको जम्मु टिमलाई राखेर अनुसन्धान गर्नु, कारबाही गर्नु, सजाय दिनु तर दुख दिने हिसाबले नेकपाका नेताकार्यकर्ता खोज्नु पर्दैन भनेर पुलिस प्रशासनलाई भनेका छन् । असार ४ गते हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेमाथी जनताद्वारा कालोमोसो प्रहार भएपश्चात् आशंकाको भरमा वान्टेट लिस्टमा राखी जिल्ला प्रहरी कार्यलय मकवानपुरको टोलिले दिनरात खोजिरहँदा पनि नभेटाएका नेकपाका जिल्ला इन्चार्ज राम सीले मंगलबार एउटा स्टाटस पोस्ट गर्दै यस्तो बताएका हुन् । मंगलबार समृद्ध समाज राष्ट्रिय दैनिक…
Read More
वडाध्यक्षद्वारा बदनियतपूर्ण सिफारिस, वारिसद्वारा अधिकार विपरीत किनबेचको कागज

वडाध्यक्षद्वारा बदनियतपूर्ण सिफारिस, वारिसद्वारा अधिकार विपरीत किनबेचको कागज

हेटौंडा । समृद्ध समाज राष्ट्रिय दैनिकको २४७ अंकमा २०८२ साउन १३ गते आइतबार सम्प्रेषण भएको समाचार अनुसार राणा परिवारका सदस्यको नाममा रैती लगत रहेको तर जग्गा एकिन समेत नभएको अवस्थामा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले अनाधिकृतरुपमा दुई पटक गरी २४ जनाको नाममा जग्गा दर्ता गर्न भनी मालपोत कार्यालय मकवानपुरलाई सिफारिस गरेको कुरा उल्लेख गरेको छ । जग्गा दर्ता खुलेको मौका छोपी जुद्ध समशेर जबराका नाती, हरि समशेर जबराका छोरा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. ११ बस्ने ८१ वर्षीय मनोज समशेर राणाले आफ्‌नी आमा स्वर्गीय विजया राणाको नाममा रहेको रैती नम्बर ३२ को भोग लगतका आधारमा अधिकृत…
Read More
हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

हेटौंडा। आज संयुक्त रुपमा पाँच दलको विशेष समर्थनमा एक प्रेस विज्ञप्ति मार्फत हेटौडा- १ चौकीटोलका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा स्थानीय सरकार अर्थात् हेटौडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि लागेको आरोपमा आक्रोशित जनताले दलेको कालोमोसोको विषयमा निर्दोषीलाई बिना कारण कटघरामा थुनी दुःख दिइरहेको घटनाप्रति जिल्ला प्रशासनको एक निकै कमजोरी हो भनेर उल्लेख गरेका छन्। हेटौडा १ चौकीटोलमा भएको सार्वजनिक जग्गा कब्जा र बिक्री वितरणमा मिलोमतोको आरोपमा भएको घटनालाई लिएर आज एक प्रेस विज्ञप्ति मार्फत पाँच दलको विशेष हस्ताक्षरसहित आफ्नो समर्थन उल्लेख गरिएको हो। जसमा आफ्नो समर्थन दिनेहरूमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी पेमा सी, नेपाल समाजवादी पार्टी मकवानपुरका संयोजक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.