राजनीति

“महिलाको शिक्षामा लगानीबिना समुन्नत समाज सम्भव छैन : उपाध्यक्ष कार्की”

“महिलाको शिक्षामा लगानीबिना समुन्नत समाज सम्भव छैन : उपाध्यक्ष कार्की”

काठमाडौँ,साउन ३१ । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौँमा आयोजना गरेको महिला राजनीतिक सहभागिता विशेष तालिममा जसपा मकवानपुरकी उपाध्यक्ष गीता कार्कीले ग्रामीण भेगका महिलाहरूको शिक्षामा पहुँच विस्तारको आवश्यकता औँल्याएकी छन्। उनले भनिन्, “समुन्नत समाज निर्माण गर्न चाहन्छौँ भने महिलालाई शिक्षामा पहुँच दिनुपर्छ। त्यसका लागि राज्यले आवश्यक बजेट विनियोजन गरी शिक्षामा ठोस लगानी गर्न जरुरी छ।” ग्रामीण भेगका महिलाहरू अझै पनि शिक्षाबाट बञ्चित भइरहेकाले उनीहरूको समावेशी सहभागिता सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष कार्कीले महिला सहभागिता प्रवर्द्धनका यस्ता तालिमहरूमा परिपक्व उमेरदेखि सबै उमेर समूहका महिलालाई सहभागी गराउनुपर्ने धारणा राखिन्। “जबसम्म सबै महिला यस्ता कार्यक्रममार्फत सशक्त बन्न सक्दैनन्, तबसम्म…
Read More
जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

जिल्ला सचिवालय सदस्य राम सीका दाजु वीरबहादुर स्याङ्तानको निधन,नेकपा मकवानपुरद्वारा श्रद्धाञ्जली

मकवानपुर,साउन ३०। नेपाल कम्युनिस्ट पार्टी मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मनहरी–३, पाल्दमार निवासी कमरेड राम सीका जेठा दाजु वीर बहादुर स्याङ्तानको निधन भएको छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व स्याङ्तानको जन्म २०३५ साल भाद्र १ गते भएको थियो। हालै जन्डिस बिरामीका कारण २०८२  साल श्रावण २९ गते राति २:३० बजे ४७ वर्षको उमेरमा उनको निधन भएको हो। निधनको खबरले परिवार, आफन्तजन तथा पार्टी पंक्तिमा गहिरो दुःख व्यक्त गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वर्गीय स्याङ्तानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पार्टीका जिल्ला अध्यक्ष पेम सीद्वारा जारी…
Read More
राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

काठमाडौं,साउन २९ राजधानीको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच कार्यगत एकता घोषणा गरिएको छ। कार्यक्रममा दुबै दलका अध्यक्षहरू राजेन्द्र महतो र अशोक राईले कार्यगत एकताको औपचारिक घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। यस एकतालाई आगामी दिनमा साझा एजेन्डा र आन्दोलनहरूमा सहकार्यका रूपमा लिइएको बताइएको छ। कार्यक्रममा दुबै दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहकार्यको यस प्रारम्भिक कदमले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावनाहरूको संकेत गरेको विश्लेषण भइरहेको छ।
Read More
संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

ललिपुर,साउन २९ । २०८२ साल साउन २२ गते न्याय परिषद्ले गरेको उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति सम्बन्धी निर्णयप्रति जनता समाजवादी पार्टी, नेपालले गम्भीर आपत्ति जनाएको छ। पार्टीले संविधानविपरीत नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै विरोध जनाउँदै आएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ कि संविधानले सुनिश्चित गरेको समावेशी, समानुपातिक नियुक्ति प्रक्रिया बेवास्ता गर्दै गरिएको नियुक्ति अस्वीकार्य छ। विज्ञप्तिमा उल्लेख छ कि महिला, दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, पिछडिएको वर्ग लगायतका समुदायलाई उपेक्षा गरिएको छ। पार्टीका अनुसार, यस्तो कार्यले मुलुकको जातीय सद्भाव र सहअस्तित्वमा गम्भीर असर पार्ने देखिन्छ। समावेशी लोकतान्त्रिक मूल्य र संविधानको मर्म विपरीत यस्ता निर्णयहरू भएकाले पार्टीले तीव्र विरोध गर्ने जनाइएको…
Read More
“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले प्रदेश सरकारले गरिब जनताप्रति उत्तरदायी भएर कार्य गर्ने स्पष्ट प्रतिवद्धता जनाएका छन्। प्रदेशसभाको बैठकमा बोल्दै उनले आफ्नो नेतृत्वको सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित हुने बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गरिने उल्लेख गरे। मुख्यमन्त्री बानियाले विगतमा भएका सकारात्मक कार्यहरूलाई निरन्तरता दिने र हालैका बाढी तथा पहिरोबाट प्रभावित जनताको पुनर्निर्माणमा तत्काल कार्ययोजना बनाएर अघि बढ्ने बताए। क्षति भएका क्षेत्रमा संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माण कार्य तीव्र पारिने उनले स्पष्ट पारे। "हामी गरिब जनताको सरकार हौँ," मुख्यमन्त्री बानियाले भने, "हाम्रो सरकार गरिबप्रति उत्तरदायी भएर काम गर्नेछ।" उनले सुशासनलाई प्राथमिकतामा राख्दै…
Read More
राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

राप्रपा निकट युवाहरुबीच कुटाकुट, काठमाडौं जिल्ला अधिवेशन स्थगित

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच भएको झडपपछि स्थगित गरिएको छ। राजधानी काठमाडौंमा आयोजित अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा विवाद चुलिँदै जाँदा हात हालाहालसम्मको अवस्था सिर्जना भएको हो। कार्यक्रममा युवा कार्यकर्ताहरुबीच बाझाबाझ हुँदा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको थियो। झडप नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हस्तक्षेप गर्नुपरेको थियो। अध्यक्ष लिङ्देनले घटनापछि अधिवेशन स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण छानबिन गरिने बताए। उनले अनुशासन भंग गर्ने व्यक्तिहरूलाई कारबाही हुने स्पष्ट संकेत पनि दिएका छन्।
Read More
मकवानपुरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै विचारगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

मकवानपुरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै विचारगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

मकवानपुर। २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा विचारगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिको रुपमा सहभागी थिए। अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालाई समाज विकासको मेरुदण्ड भन्दै जम्कट्टेलले अध्ययनशील र जिम्मेवार बन्न आग्रह गरे। "समाजवाद हुँदै साम्यवादको यात्रामा युवाहरुको सक्रिय भूमिका अपरिहार्य छ," उनले भने। सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ व्यक्तिलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सञ्चारकर्मी राजकुमार के.सी., प्राध्यापक उत्तम अर्याल र गौतम के.सी., स्वास्थ्यकर्मी जयराम रायमाझी, लेखापालन तालिम सहजकर्ता किशोर अर्याल, जिल्ला खेलकुद समिति अध्यक्ष…
Read More
हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौडा १३ पदमपोखरीमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिले हस्ताक्षर संकलन अभियान सम्पन्न गर्यो

हेटौंडा। "मध्यवती क्षेत्र खारेज गरौं" भन्ने मूल नाराका भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले आज हेटौडा १३ मा पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलन मार्फत संघर्ष समितिले "मध्यवर्ती क्षेत्रलाई खारेज गरौं। सम्पूर्ण उपभोक्ता सहभागी बनौँ।" भन्दै हेटौंडा १३ स्थित पदमपोखरी चोकमा हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको हो। पदमपोखरी चोकमा भएको हस्ताक्षर अभियानमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूले मध्यवती क्षेत्र भित्र बसोबास गर्ने आम नागरिकलाई परेको पीडा व्यथाबारे आफ्नोआफ्नो भनाइ उल्लेख गरेका छन्। मध्यवती क्षेत्र बनाईदेखि आम नागरिकले आफ्नो जनजीविका निर्वाह गर्नै नसकिने एउटा तीथो घटना बारे उजागर सबैले गरेका छन्। सडकदेखि सदनसम्म अबको यो अभियानले एउटा नयाँ स्वरूपमा यस हस्ताक्षर…
Read More
समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

समाजवादी महिला सङ्घ नेपाल मकवानपुरको पहिलो अधिवेशनबाट अध्यक्ष पदका लागि मुस्कान लामा निर्विरोध चयन

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुर जिल्लाको प्रथम ऐतिहासिक महिला समाजवादी सङ्घको पहिलो अधिवेशन आज सम्पन्न भएको छ। हेटौंडा १० स्थित होटेल लिडोमा गरेको समाजवादी महिला सङ्घको अधिवेशन आज सम्पन्न भएको हो। जसपा नेपाल मकवानपुर जिल्लाले आज गरेको अधिवेशनबाट समाजवादी महिला सङ्घको नेतृत्वमा अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा मुस्कान लामालाई निर्विरोध चयन गरेका छन्। जिल्लाको अधिवेशनबाट निर्विरोध भएका अध्यक्ष लामाले ११ कार्यसमिति गठन गरेको छ। जसमा रहेका छन् उपाध्यक्ष पदका लागि मञ्जु लामा र उर्मिला घिसिङ,सचिव पदको लागि जेसुका चौलागाई, सह-सचिवको लागि माया तामाङ र कोष अध्यक्ष पदका लागि अम्बिका अधिकारी निर्विरोध चयन भएका छन्। त्यसैगरी अन्य सदस्यहरूमा सुन लक्ष्मी…
Read More
संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

संयुक्त रूपमा प्रेस विज्ञप्ति मार्फत ७ राजनीतिक दलहरुले हिरासतमा रहेको विजय थिङलाई बिना निसर्त रिहाई गर्न हार्दिक अपिल

हेटौंडा। आज संयुक्त रुपमा ७ दलले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक जमिन संरक्षणको विवादमा सुकुम्बासीले हेटौडा - १ का वडा अध्यक्ष सबिन न्यौपानीलाई दलेको कालोमोसोको विषयमा मकवानपुर प्रहरीले एक्कासी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसोमाडी निवासी विजय थिङलाई बिना कसुर सोधपुछको लागि भनेर साउन महिनाको १८ गतेको दिन दिउँसो २ बजेतिर नियन्त्रणमा लिए गिरफ्तार गरेको घटनाप्रति राजनीतिक दलहरूले सो घटनालाई निन्दनीय खेतजनक रहेको विषय प्रकट गर्दै प्रेस विज्ञप्ति मार्फत आफ्नो भनाई उल्लेख गरेको छ। संयुक्त रूपमा ७ दलले आज निकालेको प्रेस विकृति मार्फत उक्त भनाई उल्लेख गरिएको हो। संयुक्त रूपमा ७ दलले आफ्नो समर्थन जनाउँदै उक्त प्रेस विज्ञप्ति मार्फत जनतामा प्रहरीले गरेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.