समाचार

नेपाली पर्दाले गुमायो ‘राते काइँला’ — अभिनेता सुनिल थापाको असामयिक निधन

नेपाली पर्दाले गुमायो ‘राते काइँला’ — अभिनेता सुनिल थापाको असामयिक निधन

काठमाडौँ, माघ २४ गते । नेपाली चलचित्र जगत आज एक मौन र गहिरो शोकमा डुबेको छ। अभिनयका नक्षत्र, खलनायकलाई नायकजत्तिकै सम्मान दिलाउन सफल वरिष्ठ अभिनेता सुनिल थापा अब हामीमाझ रहेनन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत अवस्थामा आज बिहान हृदयाघातका कारण उनको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको जीवनयात्रा टुंगिएको हो। उनका परिवारका सदस्यहरू हाल भारतको मुम्बईमा रहेका छन्। सुनिल थापा नेपाली सिनेमामा केवल कलाकार मात्र थिएनन्, उनी एउटा धारणा थिए। ‘खलनायक’ शब्दलाई नकारात्मक सीमाभन्दा माथि उठाएर दर्शकको स्मृतिमा अमिट बनाउने दुर्लभ क्षमता…
Read More
“नेपालको संकट व्यक्तिको होइन, गलत राजनीतिक दर्शनको परिणाम हो” — बुद्धछिरिङ मोक्तान

“नेपालको संकट व्यक्तिको होइन, गलत राजनीतिक दर्शनको परिणाम हो” — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, माघ २१ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको वर्तमान संकट कुनै एक व्यक्ति वा दलको असफलताका कारण नभई २००६ पछि अपनाइएको राजनीतिक दर्शनकै असफलता भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको धारणा अनुसार नेपालले लोकतन्त्रलाई व्यवहारिक शासन प्रणालीका रूपमा होइन, विकल्पहीन ‘धर्म’का रूपमा ग्रहण गर्दा राज्य क्रमशः कमजोर बन्दै गएको बताएका छन्। मोक्तानका अनुसार यस अवधिमा मतदानलाई मुक्ति, संविधानलाई विकास र सत्ता हस्तान्तरणलाई प्रगतिको मापदण्ड ठानियो। तर यसले राज्य निर्माण, संस्थागत क्षमता र उत्तर दायित्वलाई प्राथमिकता दिन सकेन। उनले आजको नेपालमा “सरकार छ तर शासन छैन, चुनाव छ तर उत्तरदायित्व छैन, अधिकार छन् तर…
Read More
काम कागजमै, पैसा खातामा ! सप्तकोशी सहरी खानेपानी आयोजना भ्रष्टाचारको दलदलमा

काम कागजमै, पैसा खातामा ! सप्तकोशी सहरी खानेपानी आयोजना भ्रष्टाचारको दलदलमा

सप्तरी, माघ १९ गते । जनताको जीवनसँग प्रत्यक्ष गाँसिएको खानेपानी सेवा सहज र पारदर्शी हुनुपर्ने हो। तर सप्तरीको सप्तकोशी नगरपालिकाभित्र सञ्चालित सप्तकोशी सहरी खानेपानी आयोजना अहिले जनताको प्यास मेटाउनेभन्दा पनि अनियमितता र भ्रष्टाचारको उदाहरण बनेको छ। फत्तेपुरस्थित जुटपानी क्षेत्रमा माटो परीक्षण को नाममा कुनै भौतिक काम नै नगरी करिब ४ लाख ४४ हजार रुपैयाँ सरकारी कोषबाट भुक्तानी गरिएको तथ्य बाहिरिएपछि आयोजनाको कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। स्रोतहरूका अनुसार स्थलमै कुनै परीक्षण नगरिएको अवस्थामा कागजी प्रक्रिया मिलाएर रकम निकासा गरिएको देखिन्छ, जुन सार्वजनिक खरिद ऐन र आर्थिक अनुशासनको ठाडो उल्लङ्घन हो। स्वीकारोक्ति र पन्छिने खेल खानेपानी उपभोक्ता समितिका अध्यक्ष लेखनाथ घिमिरेले…
Read More
मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

काठमाडौं, माघ १५ गते । काठमाडौंको मूलपानी क्षेत्रमा गएराति प्रहरी र लुटपाटको तयारीमा रहेको एक समूहबीच तनावपूर्ण अवस्था सिर्जना हुँदा प्रहरीले गोली प्रहार गरेको छ। घटनापछि लुटेरा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार माघ १४ गते बुधबार राति शंकास्पद गतिविधिमा संलग्न समूहलाई घेराबन्दी गर्ने क्रममा स्थिति अचानक बिग्रिएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको डीएसपी कौशल बुढाथोकीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ भने घटना स्थलबाट तामाङसहित कुल १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More
घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

काठमाडौँ, माघ १२ गते । घरेलु दर्शकको ठूलो समर्थनका बीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपाली महिला क्रिकेट टोलीको यात्रा समूह चरणमै टुंगिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू स्कटल्याण्डको सशक्त बलिङअगाडि निरीह बने। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको नेपाल पूरै ६८ रनमै अलआउट हुन पुग्यो, जसले हारको अन्तरलाई अझै ठूलो बनायो। ब्याटिङतर्फ रोमा थापा र विन्दु रावलले समान १४–१४ रन जोड्दै शीर्ष स्कोरर बने भने रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा पुग्न नसक्नु…
Read More
प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

काठमाडौँ, माघ ११ गते । यहि आउदो फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज आयोगमा सञ्चालन केन्द्रको औपचारिक उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा आयोगका आयुक्त सगुन शम्शेर ज.व.रा, सचिव कृष्ण बहादुर राउत सहित सरोकारवाला पदाधिकारीहरू पनि उपस्थित थिए। संयुक्त निर्वाचन सञ्चालन केन्द्र सचिवको संयोजकत्वमा सञ्चालन हुनेछ र यसमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। केन्द्रले जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमार्फत सम्प्रेषित सबै गतिविधि, सूचना र समस्या…
Read More
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

काठमाडौँ, माघ ११ गते । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न सहमतिअनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा आपसी तालमेल गरी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो। सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार श्री जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार श्री सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्नेछ। त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ। सहमतिको प्रभावकारी कार्यान्वयनका लागि दुवै पार्टीले…
Read More
“नेपाल ओली–बालेन द्वन्द्वको बन्दक बन्नु हुँदैन : यो राष्ट्रिय चेतावनी हो” — बुद्धछिरिङ मोक्तान

“नेपाल ओली–बालेन द्वन्द्वको बन्दक बन्नु हुँदैन : यो राष्ट्रिय चेतावनी हो” — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, माघ ११ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपाललाई कुनै पनि व्यक्तिकेन्द्रित शक्ति संघर्षको बन्दक नबनाउन चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा राख्दै उनले ओली–बालेन द्वन्द्वलाई सतही रूपमा व्यक्ति–व्यक्ति बीचको लडाइँका रूपमा बुझ्नु खतरनाक हुने बताएका छन्। उनका अनुसार यो द्वन्द्व मूलतः पुरानो सत्ता संरचना र नयाँ राजनीतिक चेतनाबीचको टकराव हो, जसको प्रत्यक्ष असर देशकै स्थायित्व र भविष्यमा पर्ने खतरा बढ्दो छ। “यो ओली विरुद्ध बालेनको लडाइँ होइन, जोखिममा परेको देश स्वयं हो,” मोक्तानले उल्लेख गरेका छन्। मोक्तानले भाद्र २३ र २४ का घटनाहरूलाई सामान्य घटनाको रूपमा नलिन आग्रह गर्दै ती घटनामा आन्तरिक शक्ति संघर्ष,…
Read More
सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना

सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना

काठमाडौँ, माघ ११ गते । सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले एक व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। साइबर ब्युरोका अनुसार जिल्ला झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक रहेका ४४ वर्षीय देवीप्रसाद संग्रौलाले विभिन्न सामाजिक सञ्जाल र ‘अर्थसरोकार’ युट्युब च्यानल मार्फत बैंकका कर्मचारीहरू माथि कुटपिट तथा भण्डारखाल जस्ता घटनालाई उक्साउने खालका अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले समाजमा भ्रम सिर्जना गरेको भन्दै साइबर ब्युरोले संग्रौलालाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गरेको जनाएको छ। सोधपुछका क्रममा उनले कानुनको उल्लङ्घन…
Read More
राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

काठमाडौँ,माघ ११ गते । नेपाल सरकार, गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई मर्यादित, सम्मानजनक र कानुनसम्मत बनाउन सबैमा आग्रह गरेको छ। गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अनुसार राष्ट्रिय झण्डाको प्रयोग, आकार, फरफराउने विधि तथा निषेधित कार्यहरूको स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग सही रूपमा भए–नभएको नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको जानकारी दिइएको छ। राष्ट्रिय झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, कुनै सामान पोको पार्न प्रयोग गर्ने, विज्ञापन वा व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गर्ने तथा शरीरको कम्मरभन्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.