समाचार

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको आज बिहान निधन भएको छ। लामो समयदेखि फोक्सोको क्यान्सर र निमोनियाबाट पीडित शाहीको काठमाडौंको वीर अस्पतालबाट घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै मृत्यु भएको हो। गत एक वर्षदेखि बिरामी रहेका शाहीलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहमा घर फर्काउने क्रममा बाटोमै उनको निधन भएको ५ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए। शाही २०७९ सालमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको पार्थिव शरीरको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिनेछ। वीरेन्द्रनगर नगरपालिकाले वडाध्यक्ष शाहीको निधनमा शोक…
Read More
नवलपरासीबाट बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासीबाट बलात्कार आरोपमा एक जना पक्राउ

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले प्रतापपुर गाउँपालिका–९, माधवपुरका ४५ वर्षीय राम सहरे यादवलाई पक्राउ गरेको हो। उनलाई ४० वर्षीया एक महिलाको बलात्कार गरेको उजुरीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Read More
छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

बिनोद भट्टराई,तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकाले नागरिकहरुलाई प्रत्यक्ष रुपमा दीर्घकालिन फाइदा पुग्नेगरी विभिन्न लोकप्रीय कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । पालिकाले नागरिकहरुको जन्म देखी मृत्यू सम्म साथमा रहेको आभास दिलाउनको लागी विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको हो । गाउँपालिकाले विगत बर्षहरु देखिनै जनता आवास जस्तापाता अनुदान, भोका नागरिकहरुलाई खाना कार्यक्रम, विपन्न नागरिक खाद्य रोजगारी, उज्यालो छथर कार्यक्रम संचालन गर्दै आएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको अगुवाईमा बालबालिका जीवन सुरक्षा कार्यक्रम, जेष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रम, मलामी खाजा सहयोग कार्यक्रम जस्ता कार्यक्रमहरु संचालनमा रहेको शाखा प्रमुख रोशन कार्कीले जानकारी दिनुभएको छ । साथै आ.व. २०८२/०८३ देखी लागुहुनेगरी उज्यालो छथर कार्यक्रम…
Read More
नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

हेटौँडा। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हरेक वर्ष हजारौँ युवाहरू सुनौलो भविष्यको खोजीमा विदेशिने क्रम जारी छ। गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कले पनि यसै तथ्यलाई उजागर गरेको छ, जहाँ ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति प्रदान गरिएको छ। यो सङ्ख्याले वैदेशिक रोजगारीप्रतिको आकर्षण र यसमा आश्रित परिवारको सङ्ख्यालाई प्रस्ट्याउँछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार, कुल श्रम स्वीकृतिमध्ये ५ लाख ५० हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजार पुनः श्रम स्वीकृतिमा जोडिएका छन्। यसको अर्थ, वैदेशिक रोजगारीमा जानेहरूमध्ये ६० प्रतिशत नयाँ…
Read More
श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो

श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो

काठमाडौं। सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरी १९ हजार ५ सय ५० रुपैयाँ पुर्‍याएको छ। यो वृद्धि साउन १ गतेदेखि नै लागू भएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको सहमतिअनुसार चिया बगानबाहेकका क्षेत्रमा कार्यरत श्रमिकका लागि नयाँ पारिश्रमिक तोकिएको हो। यसअघि श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो, जसमा २ हजार २ सय ५० रुपैयाँले वृद्धि भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा यो निर्णय गरिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन सहमतिको आधारमा तलब निर्धारण गरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत यो जानकारी…
Read More
रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बिहीबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकका अनुसार, रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका-२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको हो। भिरबाट लडेर गम्भीर घाइते भएका मल्ललाई प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएपनि चिकित्सकले उनलाई गएराति नै मृत घोषणा गरेका थिए।
Read More
बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ

बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ

वीरगन्ज। वीरगन्जस्थित बाल सुधारगृहका एक चौकीदारलाई कैदीबन्दीहरूलाई धम्क्याएर १० लाखभन्दा बढी रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लागूऔषध सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका सिरहाको लहान नगरपालिका-३ का २४ वर्षीय प्रमानन्द गुप्तालाई बुधबार छुट्ने दिन पक्राउ गरिएको हो। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, गुप्ताले बाल सुधारगृहमा चौकीदारको हैसियतमा रहँदा १० जना बाल कैदीबन्दीलाई दबाब र प्रभावमा पारी नगद तथा इसेवा मार्फत १० लाख १५ हजार रुपैयाँ असुल गरेको आरोप छ। गुप्ता छुट्ने दिन पीडित बाल कैदीबन्दीहरूले सुधारगृह प्रशासन र त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। प्रहरीले गुप्तालाई हिरासतमा राखी ठगी, आपराधिक विश्वासघात तथा…
Read More
दमक भ्यू टावर आजदेखि सर्वसाधारणका लागि सशुल्क खुला

दमक भ्यू टावर आजदेखि सर्वसाधारणका लागि सशुल्क खुला

झापा। झापाको दमकमा निर्माण गरिएको १८ तले दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले एक सूचना जारी गर्दै दमक नगरपालिका–३, दापगाछीस्थित भ्यू टावर सर्वसाधारणका लागि सशुल्क अवलोकन गर्न खुला गरिएको जनाएको हो। टावर परिसर प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ। अवलोकनका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० निर्धारण गरिएको छ। यस्तै, पार्किङ शुल्क हलुका सवारीका लागि रु २५, बसका लागि रु ५० र मोटरसाइकलका लागि रु १० तोकिएको विभागले जनाएको छ। दमकको उच्च स्थानमा अवस्थित यस भ्यू टावरबाट आसपासका…
Read More
राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा गोपाल भट्टराई नियुक्त

राष्ट्रिय सभाको एमाले प्रमुख सचेतकमा गोपाल भट्टराई नियुक्त

काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभामा आफ्नो प्रमुख सचेतक परिवर्तन गरेको छ। सामान्य प्रशासन मन्त्री बनेकी भगवती न्यौपानेको ठाउँमा अब गोपाल भट्टराईले प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्ने भएका छन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई आज, साउन १ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने भट्टराई रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा हुन्।
Read More
लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

लालबन्दीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित न्यु माँ राजदेवी खाद्य उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार, रौतहटबाट धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो। भुस लिन आएको ट्रकबाट त्रिपाल हटाउने क्रममा ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा उनी गम्भीर घाइते भएका थिए। उनको हरिवनस्थित नमूना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि गम्भीर घाइते…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.