समाचार

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित राजधानीको माइतीघरमा समर्थकले धर्ना दिएका छन् । शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरे । चैत १५ गते भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रसाईं हाल थुनामा छन् ।
Read More
बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ। भवन निर्माणको काम पूर्णरूपमा सकिए पश्चात विदुर नगरपालिका–४ मा नवनिर्मित आधुनिक भवनबाट प्रशासकीय सेवाहरू सञ्चालनमा आएका हुन्। २०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि सोही स्थानमा नयाँ भवन निर्माण गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। कुल १७ करोड रुपैयाँको लागतमा चारतल्ले सुविधासम्पन्न भवन निर्माण गरिएको हो। यस नयाँ भवनबाट नगरवासीलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिइएको छ।
Read More
कैची प्रहार गर्दा एक महिला घाइते

कैची प्रहार गर्दा एक महिला घाइते

सुन्दरहरैँचा। बुधबार दिउँसो सुन्दरहरैँचा–९, दीपेन्द्र चोकमा ४२ वर्षीय खुर्सित आलमले आफ्नी पत्नी इन्दिरा अधिकारी (३८, खातुन)माथि कपडा काट्ने कैचीले प्रहार गरेका छन्। घररायसी विवादका क्रममा दिउँसो करिब ४ बजे खुर्सितले कैर्ची प्रहार गर्दा इन्दिरा घाइते भएकी हुन्। शरीरका विभिन्न भागमा चोट लागेकी उनको सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनको अवस्था मध्यम रहेको जनाएको छ।प्रहरीले आक्रमणमा प्रयोग गरिएको कैर्चीसहित खुर्सितलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सञ्जाल रेमीको अध्यक्षमा सन्तोष दाहाल

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सञ्जाल रेमीको अध्यक्षमा सन्तोष दाहाल

उर्लाबारी। उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्र र रेमी परियोजनाको संयुक्त आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना अन्तर्गत नगरस्तरीय सञ्जाल पुनः गठन गरिएको छ। नगरप्रमुख गंगा खरेलले वैदेशिक रोजगारीका विविध पक्षमा रेमी परियोजनाले जानकारीमूलक तथा प्रभावकारी काम गर्दै आएको बताए। उनले युवाहरूलाई कुलतबाट बचाउन र उद्यममा जोडिन प्रोत्साहन गरिने जानकारी दिए।कार्यक्रममा अध्यक्ष सन्तोष दाहालसहित ११ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रममा भानु पौडेलले सञ्चालन तथा सन्तोष दाहालले स्वागत मन्तव्य दिएका थिए।समिति पुनर्गठनसँगै बिदेश बाट फर्किएकाहरूलाई उद्यमशीलता र आत्मनिर्भर जीवनतर्फ अघि बढाउने कार्य थप सशक्त हुने अध्यक्ष दाहालले बताए ।
Read More
संखुवासभामा आमा छोरी मृत फेला

संखुवासभामा आमा छोरी मृत फेला

संखुवासभा। संखुवासभाको चैनपुरको एक घरमा आमा छोरी मृत अवस्था फेला परेका छन् । चैनपुर नगरपालिका –११ लुहाकोटका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी शिशु (आमा छोरी) आफ्नै घरमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो करिब १ बजेतिर आफ्नै घरको सुत्ने कोठाभित्र आमा छोरी मृत भेटिए पनि घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनाको विभिन्न तवरबाट अनुसन्धान सुरु भइसकेको छ ।
Read More
मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुल्यो

मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुल्यो

हेटौडा। मिस युनिभर्स नेपाल २०२५ का लागि औपचारिक रूपमा आवेदन खुला गरिएको छ। बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित एक विशेष कार्यक्रममा ग्लोबल ग्ल्यामर भेन्चरले यो घोषणा गरेको हो। यस वर्ष प्रतियोगितालाई आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई प्रतियोगीहरूको यात्रा र रूपान्तरणलाई नजिकबाट नियाल्ने अवसर दिनेछ। मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले नेपाली महिलाहरूको असीम क्षमतालाई विश्वसामु उजागर गर्ने यो एउटा महत्वपूर्ण मञ्च भएको बताइन्। उनले प्रतियोगिताको समावेशी स्वरूपमा जोड दिँदै “तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो” भन्ने नाराका साथ सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गरिने जानकारी दिइन्। इच्छुक सहभागीहरूले जेठ १५ देखि…
Read More
बढ्दो चितुवा आतङ्क! बर्दियामा एकको मृत्यु, स्याङ्जामा एक घाइते

बढ्दो चितुवा आतङ्क! बर्दियामा एकको मृत्यु, स्याङ्जामा एक घाइते

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-५, बालापुरमा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरको शौचालय गएकी उनलाई चितुवाले आक्रमण गरेको थियो। बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको छ। यस घटनापछि चितुवा नियन्त्रणको माग गर्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्नासहित चक्काजाम गरेका थिए। जिल्लास्थित सुरक्षा समितिमा चितुवा समात्ने सहमति भएपछि आन्दोलन स्थगित भएको छ, तर माग पूरा नभए पुनः आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्। यसैबीच, स्याङ्जाको वालिङ नगरपालिका-११, तल्लो पेखुमा पनि चितुवाको आक्रमणबाट ४५ वर्षीय मुक्तबहादुर थापा घाइते भएका छन्। मंगलबार बिहान घर नजिकैको कुखुराको खोरमा पसेको चितुवा धपाउन गएका उनलाई चितुवाले आक्रमण गरेको…
Read More
डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ सर्प, उद्धारकर्ताको आँखामा विष परेपछि घाइते

विराटनगर। विराटनगरमा दुर्लभ मानिने ‘स्पिटिङ कोब्रा’ प्रजातिको सर्प फेला परेको छ।विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त सर्प देखिएपछि उद्धार टोली बोलाइएको थियो। उद्धारका क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरे घाइते भएका छन्। चिकित्सकहरूका अनुसार स्पिटिङ कोब्राको विष आँखामा परे गम्भीर असर पुग्न सक्छ, जसले दृष्टिमा समेत हानि पुर्‍याउन सक्ने खतरा हुन्छ। यसैबीच, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले अन्य स्थानमा पनि यस्ता सर्प देखिएमा तत्काल जानकारी दिन अनुरोध गरेको छ।
Read More
तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

तेस्रो आँखा खुलेको दिन: लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री सेवा सुरु

काठमाडौं। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले ‘मायाको पहिचान नेपाल’ र ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ बीच सहकार्य सुरु भएको छ। सहकार्य अन्तर्गत समुदायका सदस्यहरूलाई एचआइभी परीक्षण, यौन रोगहरूको उपचार, मानसिक स्वास्थ्य परामर्श लगायतका स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनेछन्। यस सहकार्यसँगै समुदायका सदस्यहरूले आफूलाई अस्वीकार, लज्जा वा अपमानको डर बिना सुलभ स्वास्थ्य सेवा लिन सक्ने वातावरण तयार पारिने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सेवा प्रदायक संस्थालाई समुदायमैत्री बनाउने दीर्घकालीन लक्ष्य लिइएको मायाको पहिचान नेपालले जनाएको छ। यस अभियानको थालनीसँगै एक एक पाइला स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिम…
Read More
गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौँ। गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले नेपाल राष्ट्र बैंक ऐन २०५८ ले तोकेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको दाबीसहित रिट दर्ता गरेका हुन्। रिटमा पौडेलको सिफारिस, नियुक्ति र शपथसमेत गैरकानुनी भएको जिकिर गर्दै नोटमा हस्ताक्षर लगायतका गम्भीर राष्ट्रिय महत्वका कार्यहरू नगर्न प्रतिषेध मिश्रित परमादेशको माग गरिएको छ। यसअघि, पौडेल गभर्नर नियुक्त हुनुअघि पनि उनिहरुले नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए, तर त्यो रिट दरपिठ भएको थियो। सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.