राप्ती खबर

1257 Posts
धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

धनगढीमा नक्कली परीक्षार्थी पक्राउ

धनगढी। कैलालीमा कक्षा १२ को परीक्षामा अर्काको नाममा सहभागी भएकी युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा चलिरहेको थियो। सोही क्रममा गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारीअनुसार, सिर्जना बोहराले एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्। शंका लागेपछि जाँच गर्दा उनि नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो। हाल बोहरालाई नियन्त्रणमा लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

अज्ञात विस्फोटक पदार्थ विस्फोट हुँदा बाजुरामा एक महिलाको मृत्यु

बाजुरा। बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रबार बिहान अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको दुःखद मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिहान करिब साढे ७ बजेतिर ५० वर्षीया काली जैशी घाँस काट्नका लागि सुजारी पाताल सामुदायिक वन गएकी थिइन्। वनमा घाँस काटिरहेको अवस्थामा अकस्मात भएको विस्फोटमा परी जैशी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि कोल्टी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इतहाक हावालीले विस्फोटको कारण अझै खुल्न नसकेको जानकारी दिएका छन्। उनले भने, "घटना कसरी भयो र कुन प्रकारको विस्फोटक पदार्थ थियो भन्ने विषयमा अहिले नै…
Read More
रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न

रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न

हेटौडा। रोटरी क्लब अफ हेटौंडा अन्तरगतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्बती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन् । कार्यक्रम रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य तथा अम्बिका पौडेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ को रोटरी…
Read More
सीता माविमा नि:शुल्क भर्ना, कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाइने

सीता माविमा नि:शुल्क भर्ना, कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाइने

मनहरी । मनहरी-२,भुन्द्रुङटाँडिमा रहेको श्री सीता माध्यमिक विद्यालयमा निशुल्क भर्ना सुरु हुने भएको छ । विद्यालय परिवारबाट सन्चालन गरेको घरदैलो अभियान मार्फत आइतबारदेखि निशुल्क भर्ना सुरु हुने जानकारी गराइएको हो । व्यवस्थापन समिती र प्राध्यापकहरु सहितको विद्यालय परिवारले शुक्रबार र शनिबार दुईदिने घरदैलो अभियान सन्चालन गरेको छ । अभियानको क्रममा मनहरी-२ का प्रत्येक गाउँघरमा पुगि वैशाख २१ गते आइतबारदेखि २३ गते मंगलबारसम्म निशुल्क भर्ना अभियान सन्चालन गर्ने जानकारी दिएको छ । भर्ना अभियान सकिए लगत्तै वैशाख २४ गते बुधबारदेखि कक्षा सन्चालन हुने बताइएको छ । गतवर्षदेखि निशुल्क भर्ना सन्चालन गरेको सीता माविले यस वर्षदेखि कक्षा १ देखि कक्षा ३ सम्म…
Read More
झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

झापाको दोमुखामा मुत्तीनाथ झै १०८ ढुङ्गेधारा निमार्ण हुने

झापा। धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा१०८ वटा मानव निर्मित जलधाराहरु निर्माण गरिने भएको छ। दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले धार्मिक पर्यटकीय अवधारणा अनुरुप दोमुखालाई विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन गरि ८५ लाख लागतमा ढुङ्गेधारा निर्माण गरिने समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए। पूर्वी 'नेपालको झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. १० मा अवस्थित दोमुखा पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।कन्काई माई नदीले यो दोमुखालाई अझ प्राकृतिक रुपमा मनोरम बनाएको छ । ढुङ्गा कुँदेर निर्माण गर्न लागिएको १०८ जलधारा निर्माणका लागि सरकारी सहयोगबाहेक जनसहभागिताका आधारमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।परिवार वा वंशको नाम राख्ने…
Read More
कान्तिलोकपथ १५ दिन बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

कान्तिलोकपथ १५ दिन बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर। हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्ति लोकपथ हिजो बिहिबारदेखि १५ दिनका लागि बन्द भएको छ। सडक मर्मतको काम भइरहेकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा यो सडक बन्द रहने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ। प्रहरीका अनुसार ठिंगन–बगुवा सडक खण्डको भ¥याङडाँडामा सडक चौडा बनाउनका लागि चट्टान काट्ने काम सुरु भएकाले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सवारी साधन चलाउन पाइने छैन। यस अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्ने सवारी साधनहरूलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले अनुरोध गर्नुभएको छ। कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरले निर्माण कम्पनीमार्फत बकैया गाउँपालिकामा पर्ने…
Read More
गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

गौरादहबाट गोरुको मासु सहित पाँचजना पक्राउ

झापा। झापाको गौरादहबाट गोरुको मासुसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गौरादह –१ बस्ने २९ वर्षीय शंकर लिम्बू ,सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् । गएराति १ बजेतिर गौरादह नगरपालिका-१ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।गोरुको मासु बोरामा हाली लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरुले गौरादह –१ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटी मासु ल्याएको बताएका थिए । त्यसपछि लिम्बूको घरमा गई हेर्दा निलो प्लाष्टिक ओछ्याई बोरा, डोको…
Read More
दमकको ढावा होटलमा एक महिला मृत फेला

दमकको ढावा होटलमा एक महिला मृत फेला

झापा । झापाको दमकस्थित एक होटलमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११, ब्याङडाडा नजिकै घर भएकी अन्दाजी २५ वर्षीया करिष्मा निराैला दमकको ढावा होटलमा मृत फेला परेकी हुन्। प्राप्त जानकारीअनुसार, करिष्मा हिजो दिउँसो करिब १ बजेतिर सो होटलको कोठा नम्बर १७ बुक गरेर बसेकी थिइन्। तर आज बिहान सोही कोठामा उनको शव फेला परेको हो। घटनापछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतकको शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ भने घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ। मृत्युको कारण यथार्थ खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Read More
कोशी अस्पताल परिसर जलमग्न, सेवाग्राही फोहोर पानी छिचोलेर सेवा लिन बाध्य

कोशी अस्पताल परिसर जलमग्न, सेवाग्राही फोहोर पानी छिचोलेर सेवा लिन बाध्य

विराटनगर। निरन्तर वर्षाका कारण विराटनगरस्थित कोशी अस्पतालको परिसर आइतबार बिहानदेखि जलमग्न भएको छ। पानीको उचित निकास व्यवस्था नहुँदा अस्पतालको आँगनमा फोहोर पानी जमेको छ, जसले गर्दा सेवाग्राहीहरू छिचोलेर सेवा लिन बाध्य भएका छन्। बिरामीको उपचारका लागि अस्पताल आएका नागरिकहरू पानीमा डुबेर सेवा लिँदा असहज भएको गुनासो गर्छन्। वर्षा सुरु भएसँगै समस्या दोहोरिँदा समेत समाधानमा ध्यान नपुगेको गुनासो गर्दै स्थानीयहरूले तत्काल समाधानको माग गरेका छन्।
Read More
घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

इटहरी। इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ। आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई,धनकुटामा कार्यरत असई प्रेम कटवालको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय कटवाल घरको छद्दीबाट पानी हाल्ने क्रममा लडेका थिए । ‘छतबाट लडेको भन्नेबित्तिकै हामी घटनास्थल गएका थियौँ,’ एक प्रहरीले भने,‘उपचारका लागि लगिएपनि बचाउन सकिएन।’ लडेर उनी क्रंकिट र पानीको नालामा परेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.