राप्ती खबर

1194 Posts
नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं, चैत्र ५ गते । नगरकोट जाने क्रममा दुई जना भ्लगरमाथि कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन्। केही दिनअघि नगरकोट जाने बाटोमै तामाङले दुई युवक भ्लगरमाथि कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र प्रतिक्रिया आएको थियो। भिडियो भाइरल भएसँगै प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो। सोही क्रममा बिहीबार तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको…
Read More
चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

हेटौँडा, चैत ५ गते । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारण सभा आगामी चैत्र २१ गते शनिबार आयोजना गर्ने भएको छ। फागुन १५ गते बसेको संघको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। त्यसैगरी, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। महासचिव प्रतिमा श्रेष्ठले साधारण सभामा संघको विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी भइरहेको जानकारी दिए। यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय…
Read More
जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

हेटौँडा, चैत ३ गते । जेन जि आन्दोलनका कारण हेटौँडा उपमहानगरपालिकामा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको छ। आन्दोलनको क्रममा उपमहानगरपालिका कार्यालय, सवारी साधन, वडा कार्यालय तथा सहरी स्वास्थ्य केन्द्रमा करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। यस घटनापछि संरचना तथा महत्वपूर्ण कागजातहरू नष्ट हुँदा उपमहानगरको आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ। जसका कारण विकास निर्माणका कार्यहरू प्रभावित बनेका छन्। जनप्रतिनिधिहरूका अनुसार निरन्तर प्रयासका बाबजुद हालसम्म कुल विकास बजेटको १० प्रतिशत मात्र खर्च हुन सकेको छ। आन्तरिक आम्दानी घट्नुका साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा धेरै योजनाहरू अलपत्र पर्ने जोखिम बढेको छ।…
Read More
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं, चैत्र ३ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको जानकारी दिइएको छ। महाशाखाले आज दिउँसो पनि देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…
Read More
अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं, चैत्र १ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धि तथा पछिल्लो समय देखिएको अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगम लिमिटेड ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। निगमका अनुसार मूल्य समायोजनपछि तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा…
Read More
नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

नगरकोट सडकमा ओभरटेक विवाद: कार चालकको कुटपिटपछि भिडियो भाइरल

काठमाडौँ, चैत १ गते । सामान्य सडक विवादले हिंसात्मक रूप लिएपछि भक्तपुरको नगरकोट क्षेत्रमा दुई मोटरसाइकल राइडरमाथि कार चालकले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चालकको व्यवहारप्रति व्यापक आलोचना भइरहेको छ। ‘बागमती बीएसी ५२८१’ नम्बरको स्यान्ट्रो कारका चालकले बीच सडकमै राइडरहरूलाई गालीगलौज गर्दै कुटपिट गरेको भिडियो बाहिरिएको हो। भिडियोमा देखिएअनुसार रोकिएको गाडीलाई कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल राइडर दुर्घटनाबाट मुस्किलले जोगिएका थिए। घटनापछि अगाडि रोकिएर भएको भनाभनका क्रममा कार चालक आक्रामक बन्दै राइडरहरूलाई हातपात गरेको देखिन्छ। उनले ज्यान मार्ने धम्की दिँदै गालीगलौज गरेको, राइडरहरूले प्रयोग गरिरहेको गोप्रो क्यामेरा फुटाइदिने धम्की…
Read More
ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेप्रति महानगर कडा, निगरानी बढाइयो

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेप्रति महानगर कडा, निगरानी बढाइयो

काठमाडौँ, फागुन ३० गते । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास तथा सवारी साधनका लागि प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधिमाथि निगरानी कडा बनाएको छ। हाल ग्यास र इन्धन हुँदाहुँदै पनि “अभाव भयो” भन्ने गलत सूचना फैलाएर उपभोक्तालाई उपलब्ध नगराउने तथा बढी मूल्य असुल्ने गुनासो बढ्न थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ। महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्यास छैन भन्ने झुटो सूचना प्रवाह गरेर मूल्य वृद्धि गराउने र सर्वसाधारणको जनजीवनमा समस्या सिर्जना गर्नेहरूमाथि कडा कारबाही गरिने बताएका छन्। उनका अनुसार नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ…
Read More
हेटौँडामा मानवता: धनमाया बर्तौलाद्वारा ॐ वृद्धा आश्रमका २३ जेष्ठ नागरिकलाई ५५ हजार बराबरको अन्नदान

हेटौँडामा मानवता: धनमाया बर्तौलाद्वारा ॐ वृद्धा आश्रमका २३ जेष्ठ नागरिकलाई ५५ हजार बराबरको अन्नदान

हेटौँडा, फागुन ३० गते । हेटौँडा–२ मनकामना चोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धा आश्रममा आश्रित जेष्ठ नागरिकहरूका लागि अन्नदान गरेकी छिन्। बर्तौलाले आश्रममा बसोबास गरिरहेका २३ जना जेष्ठ आमाबुवाको लागि करिब ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन्। उनले चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ती ४ किलो तथा चिनी १ बोरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन्। वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले उक्त अन्नदान गरिएको बर्तौलाले बताइन्। समाजमा रहेका असहाय तथा जेष्ठ नागरिकहरूको सेवा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ। आश्रमतर्फबाट प्राप्त…
Read More
हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा, फागुन २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ६ बजेर १० मिनेटतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल…
Read More
समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट

समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट

काठमाडौँ, फागुन २८ गते । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै १६५ निर्वाचन क्षेत्रमा अन्तिम मतपरिणाम सार्वजनिक गरी विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरिसकिएको छ। सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेकामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। तीमध्ये १ करोड ५ लाख ५९ हजार १७ अर्थात् ९४ दशमलव ५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.