२०८२ पुष १९, शनिबार १२:५२
२०८२ पुष १९, शनिबार १२:५२
झापा, पुस १९ गते । हिजो राति अन्दाजी ९:१० बजेको समयमा काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, विमानस्थल सुरक्षा, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। संयुक्त उद्धार प्रयासबाट विमानमा सवार सबै ५५ जनालाई सकुशल उद्धार गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ। हाल सबै यात्रु र चालक दलका सदस्यहरूको अवस्था सामान्य रहेको र आवश्यक स्वास्थ्य परीक्षण तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे विस्तृत…