समाचार

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

काठमाडौं, पुस १ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव आर्यन राईले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा (विश्वक्रान्ति/राजकुमार तामाङ) पक्राउ परेको घटनाबारे गम्भीर प्रश्न उठाउँदै यसमा राजनीतिक प्रतिशोधको आशंका देखिएको बताएका छन्। करिब ७ मिनेट ११ सेकेन्डको भिडियो सन्देशमार्फत महासचिव राईले मंगलबार बिहान ११ बजे देवराज लामालाई आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि आफू स्वयं सीआईबी कार्यालय पुगेर बुझ्ने प्रयास गरेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका लामा अहिले काठमाडौँबाट पाँचथर जिल्ला लगिएका छन्। महासचिव राईका अनुसार पाँचथर जिल्लामा लामामाथि विगतका केही मुद्दा रहेको भन्ने जानकारी प्राप्त भएको छ। उनले सोही सिलसिलामा सम्बन्धित जिल्ला कार्यालयका डीएसपीसँग संक्षिप्त…
Read More
एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

काठमाडौं, पुस १ गते । नेकपा एमालेको नेतृत्व चयनका लागि तय गरिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। आज साँझबाट मतदान सुरू हुने कार्यतालिका रहे पनि प्राविधिक तयारी अपूरो र चिसो मौसमका कारण प्रक्रिया एक दिन पछाडि धकेलिएको हो। पार्टी महासचिव शंकर पोखरेलले विद्युतीय माध्यमबाट हुने मतदानको प्राविधिक परीक्षण गर्न थप समय आवश्यक परेको जनाउँदै आजका लागि मतदान स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अब मतदान भोलि (बुधबार) बिहान ८ बजेदेखि सुरू हुनेछ। यसअघि केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि मतदान सुरू हुने तालिका सार्वजनिक गरेको थियो। सोही अनुसार प्रतिनिधिहरू साढे ६ बजेदेखि नै मतदान स्थलमा लाइनमा बसेका…
Read More
विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

काठमाडौं, पुस १ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। विभिन्न नामले परिचित ५० वर्षीय लामा मंगलबार काठमाडौंको कपन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँचथरमा दर्ता रहेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले लामाविरुद्धको उक्त मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको जानकारी दिएका छन्। लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पनि पक्राउ परेका थिए। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। घटनापछि उनी फरार रहे पनि प्रहरीले…
Read More
नेपाल प्रहरीमा ‘कार्यसम्पादन तथा मूल्याङ्कन अभिलेख ढाँचा’ पुस १ देखि कार्यान्वयन, प्रधान कार्यालयमा अनुशिक्षण कार्यक्रम सम्पन्न

नेपाल प्रहरीमा ‘कार्यसम्पादन तथा मूल्याङ्कन अभिलेख ढाँचा’ पुस १ देखि कार्यान्वयन, प्रधान कार्यालयमा अनुशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, पुस १ गते । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्ने तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्याङ्कन गर्ने उद्देश्यले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पादन र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बिकले यो प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र…
Read More
रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

रत्ननगरमा अपाङ्गता भएका युवाको रोजगारी संयोजन सम्बन्धी कार्यक्रम सम्पन्न

चितवन, मंसिर २८ गते। रत्ननगर नगरपालिकाको आर्थिक सहयोग मा नेत्रहीन युवा संघ नेपाल, जिल्ला शाखा चितवनले आयोजना गरेको अपाङ्गता भएका युवाहरूको रोजगारी संयोजन तथा सक्षमता प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ​मङ्सिर २६ र २७ गते दुई दिनसम्म सञ्चालित कार्यक्रममा नगरभित्रका विभिन्न अपाङ्गता भएका युवा तथा रोजगारदाताका रूपमा संघसंस्था र व्यवसायी व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नगर प्रमुख प्रहलाद सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रमको समापन वडा नम्बर १ का सदस्य गिरिराज लम्सालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष किरण पन्तले गरेका थिए। ​कार्यक्रममा विज्ञहरूले अपाङ्गताको परिचय, रोजगारीको कानुनी व्यवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, स्वरोजगारका लागि पुँजी, सहुलियत र रोजगारीमा अपाङ्गता भएका व्यक्तिहरूको हक,…
Read More
भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

भाद्र २४ को हिंसामा पूर्वनियोजनको आशंका, कार्की र अर्यालसँग बयान लिन आयोगलाई माग

काठमाडौं, मंसिर २७ गते । २०८२ भाद्र २४ गते देशका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड र हिंसात्मक गतिविधि स्वतःस्फूर्त नभई संगठित र निर्देशित हुनसक्ने दाबी गर्दै जेन जि जाँचबुझ आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ। जेन जि मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले घटनामा पूर्वनियोजन, नेतृत्व र सम्भावित निर्देशनको गम्भीर आशंका रहेको उल्लेख गर्दै निष्पक्ष, वैज्ञानिक र प्रमाण–आधारित छानबिनको माग गरेका छन्। निवेदनमा सार्वजनिक रूपमा उपलब्ध प्रत्यक्षदर्शीका विवरण, दृश्य–श्रव्य सामग्री तथा सञ्चारमाध्यमका रिपोर्टलाई आधार बनाउँदै घटनाको गहिरो फौजदारी अनुसन्धान आवश्यक रहेको भनिएको छ। विशेष गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश अर्यालको सम्भावित भूमिकाबारे उठेका प्रश्नहरूको तथ्यपरक परीक्षण गर्न आयोगसँग आग्रह गरिएको…
Read More
कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

काठमाडौं, मंसिर २६ गते । लोकेशन तथा डिजिटल ठेगाना प्रविधिमा तीव्र रूपमा विस्तार भईरहेको ‘कहाँ एप’ले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै नयाँ सुविधा ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले होस्टल सञ्चालनमा आवश्यक दैनिक प्रशासनिक कामलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ। पहिले नै ‘कहाँ ट्याग’मार्फत देशभरका घर, संस्था तथा व्यवसायको डिजिटल ठेगाना व्यवस्थापनमा सफल रहेको एपले निजी तथा सरकारी निकायसँग सहकार्य गर्दै सेवा विस्तार गरिरहेको छ। ललितपुर महानगरपालिकासँगको सहकार्य, विभिन्न सरकारी परियोजना, तथा नेपाल पर्यटन बोर्डसँग मिलेर १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन सम्पन्न गर्नु कम्पनीका…
Read More
झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

झापा, मंसिर २४ गते । शिवसताक्षी नगरपालिकामा एक वृद्धा महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको छ। शिवसताक्षी–१० स्थित माईखोला र सरदारेखोलाको दोभान नजिक स्थानीय जीवनटोल निवासी करिब ६२ वर्षीया बिमला माझीको शव भेटिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

सर्लाही, मंसिर २४ गते । गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया ‘बिन’ले बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रांगणमै आफूलाई पेट्रोल छर्किएर आगो लगाई आत्महत्या प्रयास गरेका छन्। बैंकले ठगी गरी आफूको सम्पूर्ण जग्गा–जमिन लिलामी गरेको आरोप लगाउँदै मुखियाले आत्मदाह प्रयास गरेको जनाइएको छ। उनका अनुसार बैंक, प्रहरी र प्रशासन सबैले मिलेमतो गरेर आफूलाई न्याय नदिएको र उल्टै दबाब बढाइरहेको कारण आफू मानसिक रूपमा थिचिएको बताएका थिए। यिनै कारणले असहाय महसुस गर्दै उनले कार्यालय परिसरमै आगो लगाएको बताइएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठूलो संख्यामा स्थानीयको भीड बढेको छ र वातावरण केही समय तनावग्रस्त बनेको छ। प्रहरीको तत्काल हस्तक्षेपपछि…
Read More
भिमेश्वर–६ चिताङथलीमा गोठमा भीषण आगलागी, सुरक्षा निकायको तुरुन्तै हस्तक्षेपमा नियन्त्रण

भिमेश्वर–६ चिताङथलीमा गोठमा भीषण आगलागी, सुरक्षा निकायको तुरुन्तै हस्तक्षेपमा नियन्त्रण

दोलखा, मंसिर २३ गते । भिमेश्वर नगरपालिका–६ चिताङथलीमा आज साँझ रामकृष्ण श्रेष्ठको दुई तले ढुङ्गा–माटोले बनेको कच्ची गोठमा आगलागी भएको छ। कुँडो पकाउने क्रममा सुरु भएको आगो विस्तारै फैलिँदै गएपछि दोलखास्थित सबै सुरक्षा निकायका सिनियर अधिकृतको नेतृत्वमा उद्धार टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। सुरक्षा निकायका टोली तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब साढे सात बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै पनि मानवीय क्षति वा गोठमा राखिएका चौपायामा समेत क्षति भएको छैन। प्रहरीका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.