समाचार

सिमरा विमानस्थल क्षेत्र आसपास कर्फ्यु आदेश, दिउँसो १२:३० देखि बेलुकी ८ बजेसम्म आवतजावत निषेध

सिमरा विमानस्थल क्षेत्र आसपास कर्फ्यु आदेश, दिउँसो १२:३० देखि बेलुकी ८ बजेसम्म आवतजावत निषेध

बारा, मंसिर ३ गते । बारा जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यु आदेश जारी गरेको छ। सिमरा विमानस्थल आसपास जेन–जेड युवाहरूको प्रदर्शन र राजनीतिक दल–आबद्ध समूहहरूबीच तनाव बढेपछि सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र स्थिति थप जटिल नबढोस् भन्ने उद्देश्यले आज मिति २०८२ साल मंसिर ३ गतेदेखि दिउँसो १२:३० बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लागू गरिएको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र ६(ख) अनुसार जारी कर्फ्यु आदेश बमोजिम जितपुर सिमरा उपमहानगरपालिकाका निम्न क्षेत्रहरूमा आवतजावत तथा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक निषेध गरिएको छः १) गण्डक नहरदेखि पत्लैया…
Read More
मिक्वाखोला–४ फुङफुङे तेम्बा बजारमा मध्यरात आगलागी, नेपाली सेनासहित सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रण

मिक्वाखोला–४ फुङफुङे तेम्बा बजारमा मध्यरात आगलागी, नेपाली सेनासहित सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रण

ताप्लेजुङ, मंसिर ३ गते । आज बिहान करिब १ बजे ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, फुङफुङे तेम्बा बजारस्थित एक पसलमा लागेको आगो नेपाली सेना, विरदल गणले अन्य सुरक्षा निकाय तथा स्थानीयबासीको सहयोगमा नियन्त्रणमा ल्याएका छन्। स्थानीय स्रोतका अनुसार मध्यरात अचानक एक पसलबाट सुरु भएको आगो छोटो समयमा नै फैलिन थालेपछि सुरक्षाकर्मी तथा स्थानीयवासी सक्रिय भएपछि ठूलो क्षति हुनबाट जोगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाली सेनाको विरदल गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले संयुक्त रूपमा प्रयास गरेका थिए। आगलागीको पूर्ण विवरण तथा क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।
Read More
कुरूप हुँदै गएको समाज र प्रणालीगत विफलता : जेनजी रिभोलुसनका सह–सयोजक अर्जुन शाहीको कडा चेतावनी

कुरूप हुँदै गएको समाज र प्रणालीगत विफलता : जेनजी रिभोलुसनका सह–सयोजक अर्जुन शाहीको कडा चेतावनी

काठमाडौँ, मंसिर २ गते । काठमाडौँ — करुणाका अवतार भगवान बुद्धदेखि शिल्प–प्रतिभा अरनिको र एकीकरणकर्ता पृथ्वीनारायण शाहसम्म, असाधारण क्षमताका पात्रहरू जन्माउने माटो अहिले नैतिक पतन, भ्रष्टाचार र सामाजिक ध्वंसको डरलाग्दो मोडमा पुगेको छ। यही विषयलाई जेनजी रिभोलुसन नेपालका सह–सयोजक अर्जुन शाहीले राजधानीमा दिएका ताजा अभिव्यक्तिमा तीव्र संवेदनासहित उठाएका छन्।   शाहीको प्रश्न सरल छ तर असहज– “महान मानिसहरू जन्मिएको देशमा समाज किन दिनहुँ कुरूप बन्दै छ ?” ▣ “व्यक्ति दोषी होइन, प्रणाली नै रोगग्रस्त छ” शाहीका अनुसार नेपाली समाजको गिरावट कुनै आकस्मिक दुर्घटना होइन, बरु दशकौँदेखि जरा गाडेर बसेको भ्रष्ट नेतृत्व, गलत नीति संरचना र नागरिक चेतनाको दमनको परिणाम हो।…
Read More
दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

दुर्गा प्रसाईको गिरफ्तारी राजनीतिक हिसाबकिताबको हिस्सा : जेन जि मुभमेन्ट नेपाल

काठमाडौँ, मंसिर २ गते । जेन जि मुभमेन्ट नेपालले व्यवसायी दुर्गा प्रसाईको पक्राउलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार र राजनीतिक प्रतिशोधको घटना भएको दाबी गरेको छ। संगठनले जारी गरेको बयानमा प्रसाईलाई निशाना बनाउन “विद्रोह हतियाउने शक्ति–गठबन्धन” सक्रिय रहेको आरोप लगाइएको छ। मुभमेन्टका अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल नेतृत्वमा रहेको समूहले भाद्र २४ मा देखापरेको जेन जि विद्रोहलाई कमजोर पार्ने उद्देश्यका साथ परिस्थिति अस्थिरतातर्फ मोड्ने प्रयास गरेको थियो। बयानमा भनिएको छ– “विद्रोह अपहरण गर्ने योजना सार्वजनिक गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने राज्यको व्यवहार दमनकारी शासनशैलीको नमुना हो।” संगठनले घटनाबाट सञ्चित ‘षड्यन्त्रका प्रमाण’ बाहिर ल्याउने क्रममै प्रसाईलाई लक्षित गर्दै गिरफ्तर गरिएको आफ्नो…
Read More
बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

काठमाडौँ, कात्तिक २९ गते । जेन जि मुभमेन्ट नेपाल आज दिउँसो २ बजे काठमाडौँको बल्खुमा खुला नागरिक संवादसभा गर्न लागेको छ। आयोजक समूहले पछिल्ला दिनमा तीव्र बन्दै गएको युवा चेतना, सामाजिक रूपान्तरणका माग र नयाँ पुस्ताले अघि सारेका राजनीतिक एजेन्डाबारे साझा धारणा बनाउने उद्देश्य सभाले अघि सारेको बताएको छ। आयोजकका अनुसार विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिक, युवा प्रतिनिधि, तथा सरोकारवाला समूहहरूको उपस्थिति अपेक्षित छ। सभामा सहभागीले आफ्ना अनुभव, गरिबी, अवसरको अभाव, शिक्षामा असमानता, राज्यप्रतिको विश्वास संकट लगायतका विषयमा खुला रुपमा मत राख्न सक्ने व्यवस्था गरिएको छ। संवादलाई मुख्य औजार मानेर अघि बढिरहेको जेन जि मुभमेन्ट नेपालले यो सभालाई “परिवर्तनका आवाजहरू एउटै…
Read More
भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

भारतसँगको विद्युत् सम्झौतामा अनियमितता : जेन जि मुभमेन्टको सरकारलाई कडा चेतावनी

काठमाडौं, कात्तिक २६ गते । जेन जि मुभमेन्ट नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालमाथि भारतको कम्पनी पीटीसी इन्डिया सँग गैरकानुनी विद्युत् खरिद सम्झौता गरेको आरोप लगाउँदै ती दुबै जनाविरुद्ध कडा कारबाहीको माग गरेको छ। मुभमेन्टका अनुसार करिब ४३ करोड रुपैयाँ बराबरको यो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको र यसले “राष्ट्रिय स्वाधीनता तथा सार्वजनिक हितमाथि प्रत्यक्ष प्रहार” गरेको छ। सङ्गठनले सार्वजनिक गरेको प्रेस वक्तव्यमा भनिएको छ, “मन्त्री र प्राधिकरण प्रमुखको मिलेमतोमा गरिएको यो सम्झौता राष्ट्रघाती र भ्रष्टाचारको स्पष्ट उदाहरण हो।” वक्तव्यमा यो घटनालाई “देशको स्वार्थ बेच्ने आपराधिक कदम” भन्दै…
Read More
नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

काठमाडौं, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवसीले बुधबार जारी वक्तव्यमा मोर्चाको औपचारिक समाप्तिसँगै नेकपा अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जन जीविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ बनेको समाजवादी मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि, अपेक्षित गति लिन नसकेको नेकपाको निष्कर्ष वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “जिन जि विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक रूपान्तरण आएको छ। नयाँ राजनीतिक बहस र एकताको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा समाजवादी मोर्चाको औपचारिक भूमिका समाप्त भएको हाम्रो…
Read More
त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

त्रिवि किर्तिपुरमा २५ दिनको श्रमदानपछि जंगल सफा — मन्त्री डा. महावीर पुनको पहलमा सुन्दर पार्क बन्ने तयारी

काठमाडौं, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालय, किर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगल क्षेत्रमा श्रमदान गर्न स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरुलाई आह्वान गरेका छन्। उहाँको आह्वानपछि सुरू गरिएको श्रमदान अभियान अन्तर्गत करिब २५ दिनको निरन्तर प्रयासमा श्रमदाताहरूद्वारा त्यहाँको झाडी लगभग पूर्ण रूपमा फडानी गरिएको छ। अभियानमा सहभागी हुने अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाबाट आएका स्वयंसेवक रहेका छन्। डा. पुनका अनुसार अब उक्त क्षेत्रलाई हरियाली, सफाइ र सार्वजनिक उपयोगका लागि सुन्दर पार्कका रूपमा विकास गर्ने योजना बनिरहेको छ। यस परियोजनाबाट विश्वविद्यालय परिसरभित्रको वातावरण सुधार हुनुका साथै विद्यार्थी र स्थानीय…
Read More
विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

विद्यालय र विश्वविद्यालयमा राजनीतिक चलखेल अस्वीकार्य: मन्त्री डा. महावीर पुनको चेतावनी

काठमाडौं, कात्तिक २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले विद्यालय, विश्वविद्यालय र सिटिइभिटी जस्ता शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप र चलखेलका विरुद्ध कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भए पनि राजनीतिक पार्टीहरूको संरक्षणमा शैक्षिक संस्थाको सञ्चालनमा बाधा पुर्‍याउने, विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनका अनुसार शिक्षण संस्थामा देखिएको अस्तव्यस्तता र अनावश्यक राजनीतिक गतिविधिबाट विद्यार्थी र अभिभावक दुवै त्रसित भएका छन्। “त्यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो,” मन्त्री पुनले भनेका छन्। उनी थप्छन्, “अब फाल्गुन २१ गते हुने चुनावको…
Read More
पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

रौतहट, कात्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनप्रति सम्मानस्वरूप रौतहट जिल्लाका चार नगरपालिकामा आइतबार एकदिने शोक बिदा दिइएको छ। शनिबार बिहान २ः५८ बजे काठमाडौँको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा पूर्वमन्त्री आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधीमाइ नगरपालिकाले आफ्ना मातहतका कार्यालय तथा शिक्षण संस्थाहरू आइतबार बन्द राख्ने निर्णय गरेका हुन्। राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनाअनुसार नगर प्रमुख मोहम्मद डा. राजिक आलमका पिता एवम् पूर्वमन्त्री आलमको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ। त्यस्तै, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जारी सूचना मार्फत् रौतहट क्षेत्र नं. २ का पूर्व…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.