२०८२ आश्विन २, बिहीबार १४:१८
२०८२ आश्विन २, बिहीबार १४:१८
हेटौंडा, अशोज २ गते । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताले सामूहिक राजीनामा दिएका छन्। नेपालको विपन्न परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र आत्मआलोचना तथा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उनीहरूले राजीनामा पत्र पेस गरेका हुन्। पत्रमा उल्लेख भएअनुसार हालको नेतृत्वले जनमतलाई अपमानित मात्र नभई आफ्ना अभिव्यक्तिहरूमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी सार्वजनिक गरेको आरोप लगाइएको छ। सोही कारण पार्टीभित्र नयाँ पुस्ताको चाहना र जनआकांक्षा अनुरूपको नेतृत्व आवश्यक भएको भन्दै उनीहरूले साधारण सदस्यतासमेत नराख्ने गरी राजीनामा दिएका हुन्। राजीनामा दिने नेताहरूमा — १) अब्दुल खान, वरिष्ठ उपाध्यक्ष २) डा. शरद सिंह यादव, केन्द्रीय प्रवक्ता ३) संजय कुमार यादव, केन्द्रीय संयोजक,…