Breaking News 1

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

चितवन, अशोज ९ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक खसेको पहिरो करिब ४५ मिनेटमै पन्छाइ सडक दुबै तर्फी यातायात आवागमन सुचारु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझ करिब ८:३० बजे सडक अवरुद्ध हुनेगरी खसेको पहिरोलाई एक्साभेटर र डोजर प्रयोग गरी तत्काल पन्छाइएपछि आवागमन सहज भएको हो। अचानक खसेको पहिरोका कारण केही समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरूले धेरै सास्ती बेहोर्नु परेको थियो। तर आज केहिको अन्तराल समयपछि सडकलाई खुलाइएको जनाइएको छ।
Read More
टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत टुइन खोलामा खसेको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ। पाँच वटा एक्साभेटर र डोजरलगायतका उपकरण प्रयोग गरी माटो पन्छाउने काम तीव्र गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुखसहित डिभिजन कार्यालयका इन्जिनियर तथा कर्मचारीहरू निरन्तर स्थलमै खटिएका छन्। सुरक्षासम्बन्धी संयन्त्र मिलाउँदै राति पनि उज्यालो बत्तीको सहायताले काम अघि बढाइएको छ। काम गर्ने क्रममा एक डोजर चालक घाइते भएपछि हेटौंडाबाट अनुभवी चालक बोलाएर काम निरन्तर गरिएको छ। प्रशासनका अनुसार अझै करिब आधा घण्टाभित्र माटो पन्छाउने कार्य पूरा हुने र सकेसम्म आज रातिसम्मै अवरुद्ध सडक…
Read More
सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

मकवानपुर, अशोज ८ गते । मकवानपुर जिल्लामा पर्ने सिमभन्ज्याङको नजिक गए राति दुर्घटनामा परेको अवस्थामा फेला परेको मोटरसाइकलको मालिक पत्ता लाग्न सकेको छैन। सिमभन्ज्याङ प्रहरीले दिएको जानकारी अनुसार गए राति दुर्घटनामा परेको अवस्थामा भेटिएको मोटरसाइकलको नम्बर प्लेट देखिए पनि हालसम्म चालक वा धनी को हुन् भन्ने खुलेको छैन। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

बझाङ, असोज ८ गते । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति, बझाङको आयोजनामा जेन जि विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने भएको छ। कार्यक्रममा हालको जेन जि आन्दोलन, त्यसले सिर्जना गरेको नयाँ परिस्थिति र त्यसबाट निस्कने बाटोबारे छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रम पर्सि दिउँसो १ बजे होटल माउन्टेन भ्यू, चैनपुरमा हुने छ। कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
Read More
जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

काठमाडौं, अशोज ८ गते । हामीले सामान्य रूपमा लिँदै आएको जलवायु परिवर्तनले अहिले विश्व आक्रान्त बनेको छ। समस्या नै समस्यासँग जुधिरहेको विश्व समाजमा जलवायु परिवर्तन एक गम्भीर संकटका रूपमा देखापरेको छ। मनसुनी र मानव सिर्जित विपत्का अलावा बाढी, पहिरो तथा असामान्य मौसमी घटना जलवायु परिवर्तनको मौलाउँदो स्थितिलाई देखाउन पर्याप्त छन्। संयुक्त राष्ट्रसङ्घ (यूएनओ) ले पनि जलवायु परिवर्तनलाई विश्वको अस्तित्वको खतरासँग जोडेर हेर्ने गरेको छ। यसको असर झन् धेरै देखिएको छ। यहाँ हरेक वर्ष बाढी, पहिरो तथा हिमताल विस्फोटलगायत प्राकृतिक प्रकोपले गर्दा आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा असर परेको छ। अझ विशेषगरी, यसको असर विश्व स्वास्थ्य संगठनले संसारको कुल जनसङ्ख्याको १६…
Read More
“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

हेटौंडा, अशोज ८ गते । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले हालको आन्दोलनलाई जेन जि आन्दोलनको नाममा बदनाम बनाइएको आरोप लगाएका छन्। रेडियो भरोसासँगको विशेष अन्तर्वार्तामा मन्त्री केसीले काठमाडौंमा सुरु भएको जेन जि आन्दोलन युवा पुस्ताको जागरणका रूपमा आएको भए पनि हेटौंडा लगायतका जिल्लामा देखिएको हिंसात्मक गतिविधि भने “प्रतिशोध र तोडफोडका रूपमा मात्र प्रकट भएको” बताएका छन्। उनका अनुसार भाटभटेनी सुपरमार्केटदेखि वन मन्त्रालयका गाडीहरुसम्ममा गरिएको क्षति कुनै आन्दोलनकारी चेतना नभई योजनाबद्ध आक्रोशको उपज हो। “यो आन्दोलनले भ्रष्टाचारविरुद्धको सवालभन्दा बढी स्थानीय अन्तरविरोध मिलाउने, प्रतिशोध साध्ने माध्यमका रूपमा काम गर्‍यो,” मन्त्री केसीले भने। प्रदेश खारेजी मागबारे प्रश्न सोध्दा मन्त्री केसीले…
Read More
नेपाल क्रिकेट टोली युएइ प्रस्थान गर्दै, वेस्ट इन्डिजसँग युनिट कप टि–२० अन्तर्राष्ट्रिय खेल

नेपाल क्रिकेट टोली युएइ प्रस्थान गर्दै, वेस्ट इन्डिजसँग युनिट कप टि–२० अन्तर्राष्ट्रिय खेल

काठमाडौं, असोज ५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने युनिट कप टि–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गर्ने भएको छ। क्यानका अनुसार सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाल र वेस्ट इन्डिजबीच ४ खेलको सिरिज अन्तर्गत टि–२० अन्तर्राष्ट्रिय खेल हुने कार्यक्रम छ। यस खेलका लागि नेपाली टोलीको युएई प्रवेश भिसा प्राप्त भइसकेको क्यानले जनाएको छ। टोली असोज ६ गते (सेप्टेम्बर २२) युएई प्रस्थान गर्ने कार्यक्रम तय गरिएको क्यानका प्रवक्ता छुबी लामाले जानकारी दिएका छन् ।
Read More
हेटौडा अस्पताल सुधारको मागसहित संयुक्त ध्यानाकर्षण पत्र

हेटौडा अस्पताल सुधारको मागसहित संयुक्त ध्यानाकर्षण पत्र

हेटौडा, अशोज ५ गते । हेटौडा अस्पताललाई पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउनुपर्ने मागसहित विभिन्न सामाजिक संघ–संस्थाले आइतबार अस्पताल प्रशासनलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्। ६० वर्ष पुरानो इतिहास बोकेको हेटौडा अस्पताल मकवानपुरका गरीब तथा विपन्न नागरिकको भरपर्दो स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको भन्दै ध्यानाकर्षण पत्रमा हालको अवस्था सुधार्न सात बुँदे माग राखिएको छ। ध्यानाकर्षण पत्रमा अस्पतालभित्र देखिएका एकाधिकार, सेवामा हुने ढिलासुस्ती, उपचार प्रक्रियामा पारदर्शिताको कमी, औषधि तथा उपकरण खरिदमा मेडिकल माफियाको प्रभाव, अस्पतालको खाता सञ्चालनमा एकलौटीपन लगायतका समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ। सात बुँदे मागमा अस्पतालका पदाधिकारीले बोलिचाली र व्यवहारमै सुधार गर्नुपर्ने, औषधि तथा उपकरण खरिद प्रतिस्पर्धामार्फत पारदर्शी…
Read More
दोभान–गोगनघारी सडक खण्डमा तेस्रो दिन पनि सरसफाइ अभियान जारी

दोभान–गोगनघारी सडक खण्डमा तेस्रो दिन पनि सरसफाइ अभियान जारी

मनहरी, अशोज ३ गते । मनहरी-२, दोभान-गोगनघारी सडक खण्डमा आज तेश्रो दिन पनि बाटो सरसफाइ कार्य भएको छ । म्हेन्दो टोल विकास संस्था अन्तर्गत पर्ने यस सडक खण्डमा भदौ ३१ गते देखी सरसफाइ अभियान सन्चालन गरेको थियो । अभियानको तेश्रो दिन आज मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको पनि उपस्थिति रहेको छ । अभियानमा सक्रियताका साथ लागि पर्ने म्हेन्दो टोल विकास संस्थाका जिम्मेवार व्यक्तित्व र आम टोल बासिलाई धन्यवाद दिएका छन् । साथै उनले निरन्तर सरसफाइ अभियानमा लागिरहेका अभियन्तालाई खाजा नास्ताको समेत व्यवस्थापन गरेका छन् । त्यस्तै त्यस बाटोमा हिँड्डुल गर्ने केही बाइक तथा अटो चालकले पनि…
Read More
“इतिहासका आन्दोलनको निरन्तरता जस्तै जेन-जीको क्रान्ति : अनियमिता र भ्रष्टाचारविरुद्धको लडाइँलाई सम्मान गर्नुपर्छ — सामाजिक अभियन्ता महत”

“इतिहासका आन्दोलनको निरन्तरता जस्तै जेन-जीको क्रान्ति : अनियमिता र भ्रष्टाचारविरुद्धको लडाइँलाई सम्मान गर्नुपर्छ — सामाजिक अभियन्ता महत”

हेटौडा, अशोज २ गते । नेपालको राजनीतिक इतिहासमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरूले परिवर्तनको आधार तयार पारेको पृष्ठभूमिमा हालै सम्पन्न जेन-जी आन्दोलनलाई सामाजिक अभियन्ता विशालराज महतले ऐतिहासिक निरन्तरता भएको टिप्पणी गरेका छन् । राणा विरोधी आन्दोलनदेखि निर्दलीय व्यवस्थाविरुद्धको लडाइँ, २०४६ को जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष र २०६२/६३ को जनआन्दोलन हुँदै गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले प्रत्येक आन्दोलन आफ्ना कारणले जन्मिएको र त्यसले मुलुकलाई नयाँ बाटोमा डोर्‍याएको बताएका छन्। “जेन-जी पुस्ताले अनियमिता, बेथिति र भ्रष्टाचारविरुद्ध क्रान्ति गरेका हुन्। समाज र राष्ट्रको चिन्तामा यो पुस्ताले चासो मात्र होइन, क्रान्ति गर्ने हिम्मत देखाएको छ। त्यसलाई हामी सबैले सम्मान गर्नुपर्छ,” सामाजिक अभियन्ता महतले भने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.