Breaking News 1

रास्वपाका २० सांसदद्वारा सामूहिक राजीनामा

रास्वपाका २० सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं, भदौ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत संघीय संसद्को प्रतिनिधिसभाका २० जना सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अभाव, दूषित राजनीतिक अभ्यास तथा सामाजिक अन्यायको विरोधस्वरूप रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण सदस्यहरूको राजीनामा सार्वजनिक गरेको हो। रास्वपाले विज्ञप्तिमार्फत देशको हालको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राजनीतिक परिवर्तनका नाममा जनतामाथि अन्याय भइरहेको र आम जनताको आशा निराशामा परिणत भइरहेको जनाएको छ। विज्ञप्तिमा उल्लेखित प्रमुख मागहरू: १) प्रधानमन्त्रीको तत्काल राजीनामा २) घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन ३) सर्वपक्षीय नागरिक सरकार ४) प्रधानमन्त्री गृहमन्त्री सञ्चारमन्त्री साथै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका…
Read More
सरकारको दमन बन्द गरी संवादमार्फत समस्या समाधान गर्न नेकपाको आग्रह

सरकारको दमन बन्द गरी संवादमार्फत समस्या समाधान गर्न नेकपाको आग्रह

काठमाडौं, भदौ २३ गते । नेपाल कम्युनिस्ट पार्टी (केन्द्रीय समिति) ले आज भदौ २३ गते आइतवारदेखि शुरु भएको नयाँ पुस्ताको आन्दोलन (जेन जेड संघर्ष) प्रति आफ्नो समर्थन जनाउँदै सरकारले हिंसात्मक दमन नगरी संवाद र वार्तामार्फत समस्या समाधान गर्नुपर्ने माग गरेको छ। पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा जेन जेड संघर्षलाई राजनीतिक पार्टीहरूसँग कुनै सम्पर्क नरहेको स्पष्ट पार्दै, स्वतःस्फूर्त रूपमा अघि बढेको आन्दोलनलाई सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “समाजका समस्यालाई दमनले होइन, संवाद र सहमतिले मात्र समाधान गर्न सकिन्छ। सरकारलाई अवरोध रोक्न, वार्ताबाट समस्या समाधान गर्न र दमन तत्काल बन्द गर्न आग्रह गर्दछौं।” त्यस्तै, संघर्षरत पक्षलाई समयमै न्याय…
Read More
काठमाडौँमा ‘जेन जि’ युवामाथि गोली प्रहार, २० विद्यार्थीको मृत्यु र सयौँ घाइते

काठमाडौँमा ‘जेन जि’ युवामाथि गोली प्रहार, २० विद्यार्थीको मृत्यु र सयौँ घाइते

काठमाडौं, भदौ २३ गते । काठमाडौँमा आज ‘जेन जि’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण बृहत् जनसभामाथि राज्यपक्षबाट गोली प्रहार भएको छ। शान्तिपूर्ण विरोधलाई दबाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा करिब २० जना विद्यार्थीको मृत्यु भएको र सयौँ घाइते भएको बताइएको छ। घटनापछि काठमाडौँका अस्पतालहरूमा घाइते विद्यार्थीहरूको भीड लाग्दा उपचारका लागि बस्ने ठाउँ समेत अपुग भएको छ। धेरै विद्यार्थीहरू गम्भीर अवस्थामा रहेको चिकित्सकहरूले जनाएका छन्। विद्यार्थीहरूले देशभर सुरू गरेको यो अभियान भ्रष्टाचार, असमानता र मौलिक हक खोसिएको विरुद्धमा केन्द्रीत थियो। विशेषगरी सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ल्याएपछि नयाँ पुस्ताले आफ्नो आवाज दबाइएको भन्दै देशव्यापी रूपमा जनसभा आयोजना गरेका थिए।…
Read More
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल रोकिँदै, एनसेलले सेवाग्राहीलाई जानकारी गरायो

काठमाडौं, भदौ १९ गते । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनमा रोक लगाइने भएको छ। यस सम्बन्धमा एनसेल आजियाता लिमिटेडले जारी गरेको सूचनामा भनिएको छ कि नेपालमा आधिकारिक रूपमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू आगामी दिनमा एनसेलको इन्टरनेट सेवामार्फत प्रयोग गर्न नसकिनेछ। एनसेलले भनेको छ– "यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। यद्यपि टिकटक र भाइबरलगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल प्लेटफर्महरू भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिनेछन्।" यसअघि नेपाल सरकार र प्राधिकरणले २०८० सालमै सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता…
Read More
नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

नेपालमा फेसबुक मोनेटाइजेशन सुरु, डिजिटल क्रिएटरहरूलाई ठूलो अवसर

हेटौंडा, भदौ १७ गते । अब नेपालमा पनि फेसबुक मोनेटाइजेशन सुविधा लागू भएको छ। यसअघि 'Stars' र 'In-stream ads for Live' जस्ता केही सिमित सुविधामात्र उपलब्ध भए पनि अब धेरैजसो क्रिएटरहरूका लागि थप विकल्पहरू खुल्न थालेका छन्। फेसबुकबाट कमाई गर्नका लागि प्रयोगकर्ताले निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। तीमध्ये प्रमुख शर्तहरूमा व्यक्तिगत प्रोफाइलमा 'Professional Mode' अन गरिएको वा पेज प्रयोग गरिएको हुनुपर्नेछ। साथै, पेज वा प्रोफाइलमा आवश्यक संख्यामा फलोअर, पर्याप्त वाचटाइम, कम्तीमा पाँच सक्रिय भिडियो र फेसबुकको नीतिहरूको पालना अनिवार्य छ। विशेषगरी, 'In-stream ads' को लागि पछिल्ला ६० दिनमा कम्तीमा ६०,००० मिनेट भिडियो हेरिएको हुनुपर्ने र प्रयोगकर्ताको उमेर १८ वर्ष पूरा…
Read More
शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

शिक्षक महासंघको धर्ना, जसपा नेपाललाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह

काठमाडौं, भदौ १६ गते । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आज बिहान २ घण्टा धर्ना दिइएको छ । महासंघको टोलीले बालकुमारीस्थित जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यालयमा धर्ना दिँदै सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउन दबाब सिर्जना गरेको हो । सम्झौताअनुसारका मागहरू अक्षरशः कार्यान्वयन नभएको गुनासो गर्दै महासंघले जसपाका उपाध्यक्ष विद्युत बज्राचार्यलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत महासंघले सरकारलाई दबाब दिन संसद्मा पहल गर्न आग्रह गरेको छ ।
Read More
रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा प्रतिबन्ध

रौतहट, भदौ १६ । गते नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार जारी गरेको सूचनामा जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनलाई तत्काल हटाउन निर्देशन दिएको छ। सूचनामा भनिएको छ, “संचारमाध्यमको हकमा सवारी साधन कुनै मिडिया हाउसको नाममा खरिद भएको भएमा सम्बन्धित सोही मिडिया हाउसको नाम उल्लेख गर्न सकिने छ। आपतकालीन समय, कर्फ्यू वा अन्य सवारी आवागमनमा प्रतिबन्ध भएको अवस्थामा बाहेक अन्य अवस्थामा ‘प्रेस’ लेखी सवारी साधन प्रयोग नगर्न सबैलाई अनुरोध गर्दछौं।” महासंघले ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढेको भन्दै सो शब्द मेट्न जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने निर्णय समेत भएको जानकारी दिएको छ। साथै ‘प्रेस’ लेखिएका सवारी साधनको…
Read More
दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

दोलखा, भदौ १५ गते । जिल्लामा मापसे गरेर सवारीसाधन चलाउने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाका घटना नियन्त्रण गर्न प्रहरीले कडाई गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतो र ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराई स्वयं सडकमा खटिएर सवारीसाधन चेकजाँच सुरु गरेका छन्। प्रहरीका अनुसार आइतबारदेखि बजार क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो। सवारीसाधन चालकलाई मापसे नगर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको छ।
Read More
मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

हेटौंडा, भदौ ५ गते । स्वतन्त्र विद्यार्थी यूनियन, मकवानपुर बहुमुखी क्याम्पसद्वारा महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रम २०८२ साल भदौ ८ गते आइतबारका दिन बिहान ८:०० बजे मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा हुने जानकारी दिएको छ। “सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔँ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा तिज सम्बन्धी गीत, नृत्य, तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ।
Read More
३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

हेटौंडा, भदौ ४। तामाङ पत्रकार संघ बागमती प्रदेश समिति तथा मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा मनाइएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका उल्लेखनीय योगदानकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो। कार्यक्रम हेटौंडामा सम्पन्न भएको थियो, जसमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाको विशेष उपस्थिति रहेको थियो। उनले आफ्नो मन्तव्यको क्रममा दिवंगत पिता स्व. क्षेमबहादुर बानिया र दाजु स्व. राजकुमार बानियाको स्मृतिमा “बागमती प्रदेश स्तरीय तामाङ पत्रकारिता पुरस्कार कोष” स्थापनाका लागि व्यक्तिगत तर्फबाट नगद रू. २ लाखको चेक तामाङ पत्रकार संघ बागमती प्रदेश समिति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.