Breaking News 1

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेले आफ्नो पदको दुरुपयोग गर्दै नियतपूर्वक जग्गा सिफारिस गरेको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आयोगको केन्द्रीय कार्यालयस्थित स्क्रिनिङ समितिको निर्देशनमा हेटौंडा कार्यालयले अनुसन्धान सुरु गरेको हो। वडाध्यक्ष न्यौपानेले काठमाडौँ निवासी मनोज राणाका आमा, स्वर्गीय विजय राणाको नाममा रहेको जग्गालाई रैती लिखितका आधारमा तेस्रो पक्षलाई बिक्री गर्न सिफारिस गरेको आरोप छ। स्क्रिनिङ समितिको निर्देशन अनुसार हेटौंडा स्थित अख्तियारको कार्यालयले अब सम्बन्धित कार्यालयहरूसँग आवश्यक कागजात माग गरी अध्ययन प्रारम्भ गर्ने जनाएको छ। सूचनाका अनुसार, वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा मालपोत…
Read More
३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

३१औँ तामाङ प्रसारण दिवसको अवसरमा ‘विशेष पोस्ट डट कम’ अनलाइन न्युज पोर्टलको भव्य शुभारम्भ

हेटौंडा,भदौ २। मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार सन्देश थिङले आफ्नो अनुभव र दृष्टिकोणलाई नयाँ उचाइ दिनको लागि 'विशेष पोस्ट डट कम' (www.bishehpost.com) नामक अनलाइन न्युज पोर्टलको औपचारिक शुभारम्भ गरेका छन्। गएको ३१औँ तामाङ प्रसारण दिवसको अवसरमा हेटौंडाको पल्पसा प्याराडाइज होममा आयोजित कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको प्रमुख आतिथ्यतामा उक्त न्युज पोर्टलको सुरुवात गरिएको हो। करीब एक दशकदेखि रेडियो, छापा, र अनलाइन मिडिया क्षेत्रमा निरन्तर काम गर्दै आएका थिङले सञ्चारको विविध अनुभव समेट्दै आफ्नो नयाँ मिडिया अभियान सुरु गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् कि यहाँसम्म आइपुग्न साथ, सहयोग, अवसर र सल्लाह सुझाव दिने सबै…
Read More
३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा सम्पन्न, दुई पत्रकार सम्मानित

३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा सम्पन्न, दुई पत्रकार सम्मानित

हेटौंडा,भदौ १। ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश र तामाङ पत्रकार संघ मकवानपुरको संयुक्त आयोजनामा एक विशेष अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोह आज हेटौंडाको पल्पसा प्याराडाइज होममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा बानियाले तामाङ भाषा, संस्कृति र समुदायको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने बताएका छन्। उनले जातका नाममा राजनीति नगरी, भाषालाई ज्ञानको रूपमा लिई सबै समुदायले आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए। मुख्यमन्त्री बानियाले भने, "धर्म भनेको मानवताको सेवा हो, राज्यले कुनै धर्म अपनाउँदैन। प्रदेश सरकार सबै…
Read More
३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम

हेटौंडा,साउन ३१। तामाङ पत्रकार संघ, बागमती प्रदेश समिति तथा तामाङ पत्रकार संघ, मकवानपुरको आयोजनामा ३२औं तामाङ प्रसारण दिवस–२०८२ को अवसरमा भोलि हेटौंडामा ‘अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोह–२०८२’ हुने भएको छ। उक्त कार्यक्रम भदौ १ गते (भोलि), हेटौंडाको पल्पसा सदनमा दिउँसो ३:३० बजे आयोजना गरिने छ। कार्यक्रममा "बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा तामाङ भाषाको प्रयोगलाई प्रभावकारी बनाउने सञ्चारमाध्यम तथा सरकारी निकायको भूमिका के हो?" भन्ने विषयमा विशेष प्यानल छलफल हुने जनाइएको छ। प्यानल छलफलमा सहभागी हुने विशिष्ट व्यक्तिहरुमा कैलारा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो तामाङ, बागमती प्रदेशका संस्कृत तथा पर्यटन मन्त्रालयका सचिव…
Read More
मकवानपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, ७ महिला प्रधानाध्यापक सम्मानित

मकवानपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, ७ महिला प्रधानाध्यापक सम्मानित

हेटौंडा, साउन ३०। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला महिला विभाग मकवानपुरको आयोजनामा हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा एक भव्य तीज विशेष कार्यक्रम, जिल्ला महिला भेला तथा खुला हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। करिब ५०० जना व्यक्तिहरु सहभागी भएको उक्त कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न माध्यमिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापकहरूलाई उत्कृष्ट कार्य प्रदर्शनको मूल्याङ्कन गर्दै सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको उद्घाटन राष्ट्रिय गान र शहीदहरू प्रति श्रद्धाञ्जली स्वरूप मौन धारणबाट गरिएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपसचिव श्रीराम दाहालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष श्रीमती भावना सापकोटाले स्वागत मन्तव्य…
Read More
भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

भूमिहीन सुकुम्बासीको पक्षमा हस्ताक्षर अभियान तीव्र, पिपलबोट टोल विकास संस्थाबाट ६०० भन्दा बढीको सहभागिता

हेटौंडा,साउन ३०। हेटौडा उपमहानगरपालिका वडा नं. १३ स्थित पदमपोखरीको पिपल बोट विकास संस्थामा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै हस्ताक्षर अभियान तीव्र रूपमा चलिरहेको छ। "मध्यवर्ती क्षेत्र खारेज गरौं, सम्पूर्ण उपभोक्तालाई सहभागी बनाऔं, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास बस्ती एक रहौं" भन्ने नारासहित जारी यो अभियानमा हालसम्म ६०० भन्दा बढी स्थानीयहरूको उत्साहजनक सहभागिता देखिएको छ। अभियानको आयोजना भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती संघर्ष समितिले गरेको हो। संघर्ष समितिका सह-संयोजक उत्तम गोम्जाका अनुसार वडा नं. १३ अन्तर्गतका ८ वटा टोल विकास संस्थाहरू - पदमा सम्भव, पिपल बोट, जडिबुटी, बिन्दाबासिनी, नमुना, सहारा, वनस्पति र हिमचुली — मार्फत अभियानलाई थप…
Read More
“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

“गरिबमुखी सरकार बनाउने प्रतिबद्धता, मुख्यमन्त्री बानियाद्वारा ५०% खर्च कटौतीको घोषणा”

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले प्रदेश सरकारले गरिब जनताप्रति उत्तरदायी भएर कार्य गर्ने स्पष्ट प्रतिवद्धता जनाएका छन्। प्रदेशसभाको बैठकमा बोल्दै उनले आफ्नो नेतृत्वको सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित हुने बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गरिने उल्लेख गरे। मुख्यमन्त्री बानियाले विगतमा भएका सकारात्मक कार्यहरूलाई निरन्तरता दिने र हालैका बाढी तथा पहिरोबाट प्रभावित जनताको पुनर्निर्माणमा तत्काल कार्ययोजना बनाएर अघि बढ्ने बताए। क्षति भएका क्षेत्रमा संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माण कार्य तीव्र पारिने उनले स्पष्ट पारे। "हामी गरिब जनताको सरकार हौँ," मुख्यमन्त्री बानियाले भने, "हाम्रो सरकार गरिबप्रति उत्तरदायी भएर काम गर्नेछ।" उनले सुशासनलाई प्राथमिकतामा राख्दै…
Read More
राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं। अमेरिकी सहयोग परियोजना "MCC" (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) सम्झौता खारेज गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विशाल प्रदर्शन र विरोधसभा आयोजना गर्ने भएको छ। पार्टीले "राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, MCC सम्झौता खारेज गर!" भन्ने नारासहित प्रदर्शनको आह्वान गरेको हो। नेपाल कम्युनिस्ट पार्टीले MCC सम्झौतालाई विदेशी हस्तक्षेपको साधन भन्दै यसको विरोध गर्दै आएको छ। पार्टीका अनुसार, यो सम्झौता नेपालको स्वाधीनतामाथि सीधा हस्तक्षेप हो र यसले राष्ट्रिय सार्वभौमसत्तामा खतराको संकेत गर्दछ। पार्टीले सबै देशभक्त नागरिकलाई साउन ३० गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी भई राष्ट्रियताप्रति प्रतिबद्धता देखाउन आह्वान गरेको छ।
Read More
२६औं स्थापना दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा तामाङ पत्रकार संघ प्रदेश अध्यक्ष तामाङ सम्मानित

२६औं स्थापना दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा तामाङ पत्रकार संघ प्रदेश अध्यक्ष तामाङ सम्मानित

हेटौडा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा तामाङ पत्रकार संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङलाई सम्मान गरेको छ। आदिवासी जनजाति समुदायको हक–अधिकार, भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएका तामाङको योगदानको उच्च मूल्याङ्कन गर्दै महासंघले अध्यक्ष तामाङलाई सम्मानित गरेको हो। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले आदिवासी जनजाति समुदायका पत्रकारहरूलाई संगठित गर्दै आफ्नो सांस्कृतिक पहिचान जगेर्ना गर्ने अभियानमा पत्रकारिताको भूमिका अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको थियो।
Read More
हेटौंडामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ मनाइने,तामाङ पत्रकारिता पुरस्कार स्थापना

हेटौंडामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ मनाइने,तामाङ पत्रकारिता पुरस्कार स्थापना

हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा ‘तामाङ प्रसारण दिवस’ मनाइने भएको छ । भाद्र १ गते हेटौंडामा विशेष समारोहको आयोजना गरी उत्सवको रुपमा सो दिवस मनाइने भएको हो । वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ । संघका बागमती प्रदेश कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन र पत्रकारितामा यसको योगदानबारे छलफल हुने छ । यस्तै, कार्यक्रममा बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई कार्यान्वयन पक्षमा थप सशक्त बनाउन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.