२०८१ चैत्र १७, आईतवार १२:२०
२०८१ चैत्र १७, आईतवार १२:२०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई एक चुनौती दिएका छन्। उनले शनिबार बसेको कार्य सम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सञ्चारकर्मीहरूमाझ यस्तो कुरा बताएको हो। सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले पूर्व राजालाई पक्राउ गरेर देखाउन राज्यलाई चुनौती दिएका हुन्। हामीले राजाको नाम लिएर अब आउने ८४ मा आउने चुनावलाई सजिलो बनाउन राजाको नाम चाहेको होइन उनले बताए। उनी भन्छन्; राजालाई हामीले मात्र बोकेको होइनन् जसले पनि बोक्न सक्छन्। यसमा हामीले कुनै पनि व्यक्तिगत फाइदा र व्यक्तिको स्वार्थ प्रयोजनको लागि राजसंस्थाको पुनर्बहाली माग गरेको होइन। राजा ल्याउने सन्दर्भमा टिकाटिप्पणी गर्नु कुनै पनि विवादमा राजालाई…