Breaking News 2

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

हेटौडा,बैशाख १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हालैका दिनहरूमा बालेन्द्र नेतृत्वको सरकारद्वारा सुकुम्बासी बस्तीहरूमा गरिएको डोजर प्रयोगप्रति गम्भीर आपत्ति जनाएको छ। दलले पर्याप्त पूर्व सूचना बिना नै घर भत्काउने कार्यलाई “अमानवीय” र “गैरजिम्मेवार” व्यवहारको संज्ञा दिएको छ। नेता जगन्नाथ थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कतै एक–दुई दिन मात्र, कतै त एक घण्टामै सूचना दिएर भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। यसले गर्दा धेरै परिवार जबरजस्ती आवासविहीन बन्न पुगेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, व्यवस्थापनका लागि तोकिएको दशरथ रंगशाला लगायतका स्थानहरूमा पनि खान र बस्नको पर्याप्त व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरिएको छ। यस अवस्थाले…
Read More
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

काठमाडौं,बैशाख १९ गते । रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विभिन्न कानुनी व्यवस्थालाई संशोधन गर्न अध्यादेशहरू ल्याइएको हो। जारी गरिएका अध्यादेशमध्ये पहिलो ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ हो, जुन २०८३ वैशाख १९ गते जारी गरिएको हो। त्यसैगरी ‘सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पनि २०८३ वैशाख १९ गते नै जारी गरिएको छ। यस अध्यादेशले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पदमुक्ति सम्बन्धी व्यवस्था स्पष्ट पार्ने अपेक्षा गरिएको छ। तेस्रो…
Read More
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

काठमाडौं,बैशाख १८ गते । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शुभम अस्पताल अगाडि बिहीबार दिउँसो एकाएक फैलिएको दुर्गन्ध र शंकास्पद तरल पदार्थका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। गएको वैशाख १७ गते भएको उक्त घटनामा निलो रङको एक सवारी साधनबाट अज्ञात तरल पदार्थ सडकमा छरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सो पदार्थबाट उत्पन्न तीव्र दुर्गन्धका कारण स्थानीयवासीहरूमा सास फेर्न गाह्रो हुने, आँखामा जलन, टाउको दुख्ने तथा बान्ता हुने जस्ता समस्या देखिन थालेको बताइएको छ। घटनालाई गम्भीर रूपमा लिँदै तारकेश्वर नगरपालिकाले तत्काल नगर प्रहरी तथा नेपाल प्रहरीलाई घटनास्थलमा खटाई शंकास्पद सवारी साधनको खोजी तथा घटनाको यथार्थ पत्ता लगाउने कार्य तीव्र बनाएको जनाएको छ।…
Read More
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

सर्लाही,बैशाख १८ गते । सर्लाही जिल्ला अदालतले तपस्वी राम बहादुर बोम्जन (मैत्रीनाथ गुरुज्यू) माथि लगाइएका आरोपहरूमा कुनै ठोस प्रमाण र कानुनी आधार नभएको ठहर गर्दै पूर्ण रूपमा सफाइ दिएको छ। अदालतको निर्णयसँगै बोम्जनमाथि लागेका सबै आरोप खारेज भएका छन् र थुनामुक्त भएका छन्। अदालतको फैसलापछि केही समयदेखि अन्योल र विवादको विषय बनेको घटनामा स्पष्टता आएको छ। बोम्जनमाथि लगाइएका आरोपहरूबारे अदालतले प्रमाण अभावका कारण दोष पुष्टि हुन नसकेको जनाएको छ। उक्त निर्णयलाई श्रद्धालु तथा अनुयायीहरूले सत्य र न्यायको जितका रूपमा लिएका छन्। अब गुरुज्यूको आध्यात्मिक कार्य, करुणा र विश्वशान्तिको सन्देश पुनः सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। आरोप लागेपछि…
Read More
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

हेटौडा,बैशाख १८ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुवाँ–धुलोका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाज अभियानका अध्यक्ष विशालराज महतले कडा विरोध जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उद्योगको ज्यादती दिनानुदिन बढ्दै गएको आरोप लगाएका छन्। पटक–पटक आवाज उठाउँदा पनि समस्या समाधान हुन नसकेको र जनताको आन्दोलनलाई कमजोर बनाउन विभिन्न बहानाहरू प्रयोग गरिएको उनले उल्लेख गरेका छन्। १७ नम्बर वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको समिति पनि समस्या समाधानभन्दा जनतालाई झुक्याउने उद्देश्यले बनाइएको अहिले स्पष्ट भएको महतको दाबी छ। समिति बनेपछि पनि उद्योगबाट निरन्तर धुवाँ–धुलो…
Read More
प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर मण्डलबाट विशेष कार्यक्रम

प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर मण्डलबाट विशेष कार्यक्रम

काठमाडौं,बैशाख १८ गते । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसर पारेर प्रेस स्वतन्त्रताको प्रवर्धन तथा मानवअधिकार, विकास र सुरक्षासँग सम्बन्धित विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माका अनुसार “शान्तिपूर्ण भविष्यको निर्माण, मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा वरिष्ठ पत्रकार, सञ्चारकर्मी, महासंघका सदस्य, नागरिक समाज, मानवअधिकारवादी, पेशागत संगठनका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम २०८३ साल वैशाख २० गते आइतबार बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलबाट सुरु हुने जनाइएको छ। आयोजकले प्रेस स्वतन्त्रता सुदृढ बनाउन…
Read More
मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि कार्यक्रम सञ्चालन हुँदै

मनहरी गाउँपालिका,बैशाख १८ गते । मनहरी गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTIQ+) समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको १७औँ गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त समुदायका व्यक्तिहरूका लागि विनियोजित बजेट मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र स्थायी बसोबास गर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ। विवरण दर्ताका लागि मनहरी गाउँपालिकाको सामाजिक विकास शाखामा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ। साथै, यस क्षेत्रमा काम गर्दै आएको संस्था ‘फ्रेन्डस् हेटौडा, मकवानपुर’ (हेटौडा–४) मार्फत…
Read More
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको निर्देशन, जिल्लाबाट योजना माग

काठमाडौं,बैशाख १७ गते । गृह मन्त्रालयले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाबाट जारी परिपत्रअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी सो हटाउने कार्ययोजना तयार गर्न भनिएको हो। यसअघि मन्त्रालयले मिति २०८२ साल चैत्र २० गतेको पत्रमार्फत नै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशन दिएको थियो। सोही निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा हाल पुनः जिल्लास्तरमा सक्रियता बढाउन आग्रह गरिएको हो। मिति २०८३ साल वैशाख १६ गते सचिवस्तरको निर्णयअनुसार सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित जग्गाको…
Read More
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको दबाब अभियान तीव्र

काठमाडौं,बैशाख १७ गते । नेपाल पत्रकार महासंघले तीन तहका सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय विरुद्ध देशव्यापी दबाबमूलक अभियानलाई निरन्तरता दिएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। सोही आधारमा निर्णय फिर्ता गराउन अभियान सञ्चालन भइरहेको महासंघले जनाएको छ। अभियान अन्तर्गत आज महासंघको केन्द्रीय समितिले विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग छलफल गरेको छ। छलफलका क्रममा महासंघले निर्णयको प्रभावबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ। महासंघले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाउने र सञ्चार…
Read More
भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालि,बैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेट मार्फत ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। यस कार्यक्रमअन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको गाउँपालिकाले जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकलाई परिचय पत्र वितरण गरेका थिए। हालसम्म गाउँपालिकाले ३ सय ११ जना असंगठित क्षेत्रका मजदुरलाई योगदानमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.