Breaking News 2

निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

​निजगढ,बैशाख ३ गते । नेत्रहीन क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा निजगढ-६ स्थित क्रिकेट मैदानमा सञ्चालित दृष्टिविहीन क्रिकेट प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रमको आज समापन गरिएको छ। वैशाख १ गतेदेखि सुरु भएको उक्त कार्यक्रमको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा औपचारिक समापन गरिएको हो। ​समापन समारोहमा नगर उप-प्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष बिसन सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा र इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछाने लगायतको उपस्थिति थियो। ​संघका अध्यक्ष महेश साहका अनुसार वैशाख ५ देखि ८ गतेसम्म आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा मधेस प्रदेशलाई उपाधि दिलाउने लक्ष्यका साथ यो प्रशिक्षण दिइएको हो। कार्यक्रममा युवा क्लबका…
Read More
मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

हेटौडा,बैशाख ३ गते । मकवानपुर जिल्लामा फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै एक व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्। हेटौडा उपमहानगरपालिका–६ रामनगर निवासी ४४ वर्षीय नरहरी चौलागाईंले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन पेश गर्दै आफ्नो जिउधनको सुरक्षाको माग गरेका हुन्। निवेदनअनुसार हेटौडा–५ भैरव रोड निवासी अन्दाजी ४० वर्षीय टाका राज थापा (सुरेश)ले वैशाख २ गते साँझ करिब ६:१८ बजे फोनमार्फत सम्पर्क गरी अश्लील शब्द प्रयोग गर्दै झुटा आरोप र लाञ्छना लगाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ। चौलागाईंले उक्त घटनाको प्रमाणस्वरूप भ्वाइस रेकर्ड सुरक्षित राखेको र आवश्यक पर्दा पेश गर्ने बताएका छन्। साथै, आफू मात्र…
Read More
हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा,बैशाख ३ गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको खातामा जम्मा भइसकेको जानकारी दिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता रकम बुझ्न आग्रह गरेको हो। सूचनाअनुसार, लाभग्राहीहरूले आफ्नो सक्कल नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र साथमा ल्याउनुपर्नेछ। भत्ता वितरण प्रोग्रेसिभ फाइनान्स लिमिटेड पदमपोखरी शाखामार्फत गरिनेछ। वडा कार्यालयले विभिन्न टोल विकास संस्थाअनुसार भत्ता वितरणको समय तालिका समेत सार्वजनिक गरेको छ। वैशाख ४ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सृजनशील, समृद्धि, सिम्पानी, मुस्कान, सिरानटोल, समाजसेवी, शान्ति, टुटेपानी र पवित्रा टोलका लाभग्राहीहरूले भत्ता…
Read More
बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

काठमाडौँ,बैशाख ३ गते । बालेन शाहको निर्वाचन मार्फत भएको उदयले समकालीन दक्षिण एसियाली राजनीतिमा एक नयाँ मोड सिर्जना गरेको छ। विशेष गरी जेन–जेड पुस्ताको सक्रिय सहभागिताबाट प्रेरित यो परिवर्तनले स्वच्छ शासन, पारदर्शिता र कार्यकुशलता प्रति गहिरो जनआकांक्षा झल्काएको छ। परम्परागत राजनीतिक संरचनाप्रतिको असन्तोष यस परिवर्तनको मूल आधार बनेको देखिन्छ। आजको युवा पुस्ताले केवल नेतृत्व परिवर्तन मात्र होइन, शासन प्रणालीकै रूपान्तरणको माग गरिरहेको छ। सामाजिक सञ्जालको प्रभावले आन्दोलनको स्वरूप परिवर्तन गरेको छ भने योग्यता, उत्तरदायित्व र परिणाममुखी शासन यसको केन्द्रमा छन्। तर, यो उत्साहसँगै इतिहासको एउटा महत्वपूर्ण पाठ पनि जोडिएको छ। जय प्रकाश नारायणद्वारा नेतृत्व गरिएको “सम्पूर्ण क्रान्ति” आन्दोलन र त्यसपछिको…
Read More
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

काठमाडौँ,बैशाख ३ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा ठूलो सुधार गरिएको छ। अब ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएको २४ घण्टाभित्रै सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था सुरु गरिएको छ। यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रसँग समन्वय गरी नयाँ प्रणाली लागू गरेको हो। यस प्रणालीअन्तर्गत प्रत्येक दिन साँझ सेवाग्राहीहरूको विवरण (डाटा) संकलन गरी मुद्रण केन्द्रमा पठाइनेछ। त्यसपछि रातभरि लाइसेन्स छपाइ गरी भोलिपल्ट सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको विभागले जनाएको छ। यसअघि लाइसेन्स प्राप्त गर्न लामो समय कुर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थासँगै सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। त्यसैगरी, लामो समयदेखि थाँती रहेका करिब…
Read More
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

काठमाडौँ,बैशाख ३ गते । उपसभामुख रुवि कुमारी ठाकुरले हालै आफूले प्राप्त गरेका अधिकांश विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट सन्देश उल्लेख नभएको भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनले यस अवस्थाले नेपाली समाज अझै पनि दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताएकी छन्। उनका अनुसार दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो कुप्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उनको भनाइ छ। ठाकुरले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको…
Read More
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

हेटौडा,बैशाख २ गते । हेटौडाका सेवाग्राहीहरूका लागि राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झट अब हटेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबारदेखि हुलाक कार्यालय मकवानपुरसँगको समन्वयमा राहदानी घर–घरमै पुर्‍याउने सेवा सुरु गरेको हो। नयाँ व्यवस्थाअनुसार राहदानी तयार भइसकेपछि सेवाग्राहीले कार्यालय पुग्नुपर्दैन; हुलाक मार्फत सिधै घरमै पुगेर हस्तान्तरण गरिन्छ। सेवा सुरु भएको पहिलो दिनमै हेटौडा उपमहानगरपालिका–४ का २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी पुर्‍याएर कार्यक्रमको औपचारिक थालनी गरिएको थियो। सो क्रममा हुलाकका कर्मचारी, कार्यालय प्रमुख र प्रशासनका प्रतिनिधि स्वयं घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए। घरमै सेवा पाउँदा उत्साहित मानन्धरले सरकारले यस्तो सुविधा अन्य क्षेत्रहरूमा पनि विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।…
Read More
हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

बागमती गाउँपालिका,बैशाख २ गते । आन्तरिक राजस्व कार्यालय हेटौडा र बागमती गाउँपालिका बीच कर प्रशासनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार अब गाउँपालिकाभित्रैबाट स्थायी लेखा नम्बर (प्यान) प्रदान गरिने भएको छ। यसबाट स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई कर प्रणालीमा आबद्ध गराउँदै राजस्व सङ्कलनलाई थप व्यवस्थित र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ। गाउँपालिकाभित्र रहेका व्यवसायीहरूलाई करको दायरामा ल्याउने, करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण गर्ने तथा करसम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ। साथै हालसम्म दर्ता नभएका व्यवसायीहरूलाई समेत कर प्रणालीमा समेट्दै राजस्व वृद्धि गर्ने योजना रहेको छ। सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष…
Read More
बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

बकैया गाउँपालिका,बैशाख २ गते । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने जुरेली सीमात घुम्ती सडक खण्डमा सडक निर्माण कार्य सुरु गरिने भएको छ। सोही कारणले उक्त सडक खण्ड अनिश्चित समयका लागि बन्द गरिने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार जुरेली सीमात अन्तर्गत सानोथलीदेखि सिमात घुम्तीसम्मको सडक खण्डमा निर्माण कार्य अगाडि बढाइने भएकाले वैशाख ४ गतेदेखि अर्को सूचना जारी नभएसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाइएको छ। वडा कार्यालयले यात्रु तथा स्थानीय बासिन्दालाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै निर्माण कार्यको अवधिभर सहकार्य र सहयोगका लागि अपिल गरेको छ।
Read More
सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

हेटौंडा,बैशाख १ गते । सुन्दर लामाले वर्तमान सरकार र नेतृत्वप्रति टिप्पणी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न पारदर्शिताको माग गरेका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका उनले आफ्नो फेसबुक वालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले चर्चित र्‍यापर आशिस राना (लाउरे)ले हालै ब्रोडकास्टमार्फत व्यक्त गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै विगत र वर्तमानबीचको आर्थिक अवस्थाबारे प्रश्न उठाएका छन्। लाउरेले “१० वर्ष अघि खल्तीमा २०० रुपैयाँ पनि हुँदैनथ्यो, पुरानो पल्सर बाइक थियो, कहिले भित्तामा अड्याउनुपर्ने, कहिले भुइँमा राख्नुपर्ने अवस्था थियो” भन्ने सन्दर्भ उल्लेख गरेका छन्। यसै सन्दर्भलाई जोड्दै लामाले अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सम्पत्ति विवरणले जनतालाई पूर्ण रूपमा विश्वस्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.