२०८३ जेष्ठ १४, बिहीबार २१:०२
२०८३ जेष्ठ १४, बिहीबार २१:०२
हेटौंडा,जेठ १४ गते। नेपाल प्रहरी सेवामा करिब ३० वर्ष योगदान पुर्याई अनिवार्य अवकाश प्राप्त गर्न लागेका पूर्व प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज निरौलालाई सम्मानसहित बिदाई गरिएको छ । बिदाई कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले फुलको गुच्छा, खादा तथा कदरपत्र प्रदान गर्दै निरौलाले प्रहरी संगठनमा इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित भएर पुर्याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख काफ्लेले लामो समयसम्म संगठनप्रति समर्पित भएर सेवा गर्नु आफैंमा उदाहरणीय कार्य भएको उल्लेख गर्दै अवकाशपछिको जीवन सुखमय, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । नेपाल प्रहरी सेवामा प्रहरी जवान पदबाट…