Breaking News 2

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

पक्षपाती मिडियामाथि कडा नियमन आवश्यक भएको दिभेष शाक्यको जोड

हेटौडा, पुस २५ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले देशमा मिडियाको कडा नियमन आवश्यक भएको बताएका छन्। उनले स्थानीय तहको निर्वाचनको समयदेखि नै आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउँदै आएको र आज पनि त्यही धारणा दोहोर्याइरहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै शाक्यले विशेषगरी पक्षपाती (biased) मिडिया, एजेंडा बोकेर समाचार बनाउने प्रवृत्ति र आफ्नै स्वार्थअनुसार सत्यलाई तोडमोड गर्ने कार्य देश र समाजका लागि खतरनाक रहेको बताएका छन्। उनले लेखेका छन्, “जब कुरा आफ्नै टाउकोमा आइपर्छ, तब मात्रै पीडाको अर्थ बुझिँदो रहेछ,” भन्दै गैरजिम्मेवार समाचारले व्यक्ति मात्र होइन, समग्र समाजलाई असर पुर्‍याउने चेतावनी दिएका छन्।…
Read More
गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

रौतहट, पुस २५ गते । पछिल्ला दिनहरूमा केही स्थानमा सुनिएको “हिन्दू भगाऊ, देश बचाऊ” नारा प्रति असहमति जनाउँदै रौतहटको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्‍याली सम्पन्न भएको छ। धार्मिक सहिष्णुता र आपसी सम्मानको सन्देश बोकेको उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा आयोजना गरिएको हो। गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजे सुरु भएको र्‍यालीमा हिन्दू समाजका हजारौँ नागरिक सहभागी भए। बाजागाजा, सवारी साधन र पैदल मार्चसहित अघि बढेको र्‍याली ट्रान्सफर चौक, भन्सार हुँदै बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीका सहभागीहरूले धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण अस्वीकार्य भएको स्पष्ट पार्दै नेपाल बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सबै समुदायले एकअर्काको…
Read More
खैरो व्यापार र सुगर कारोबारमाथि दिभेष शाक्यको तीखो प्रहार: ‘सानालाई ऐन, ठूलालाई नजर’ भन्दै कवितामार्फत भ्रष्ट व्यवस्थामाथि प्रश्न

खैरो व्यापार र सुगर कारोबारमाथि दिभेष शाक्यको तीखो प्रहार: ‘सानालाई ऐन, ठूलालाई नजर’ भन्दै कवितामार्फत भ्रष्ट व्यवस्थामाथि प्रश्न

हेटौडा, पुस २५ गते । भैरव समूहका संयोजक दिभेष शाक्यले ‘खैरो व्यापार, सुगर कारोबार’ विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कविताले अहिले व्यापक चर्चा पाएको छ। उनले कवितामार्फत राज्य प्रणालीभित्र मौलाउँदै गएको दोहोरो चरित्र, शक्ति केन्द्रित शासन र नियमनको कमजोरीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनको कवितामा “फलामे ढोकाभित्र कुरा अर्कै, बाहिर अर्कै बोलियो” भन्ने पंक्तिले निर्णय तह र सार्वजनिक अभिव्यक्तिबीचको अन्तर उजागर गरेको छ। नियम–कानुन किताबमै सीमित भई शक्ति र पहुँचका आधारमा चल्ने प्रवृत्तिले आम नागरिक ठगिँदै आएको संकेत कवितामा स्पष्ट देखिन्छ। त्यस्तै “भित्र खैरो चिनिको कारोबार सहजै गुलियो” भन्ने पंक्तिले सुगर तथा खैरो व्यापारजस्ता अवैध वा अपारदर्शी कारोबारमा शक्तिशाली व्यक्तिहरूको…
Read More
महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

महिला सेवा साकोसद्वारा १० दिने डल कुसन बनाउने तालिम सुरु

हेटौडा, पुस २५ गते । महिला सेवा साकोसको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को आर्थिक सहयोगमा १० दिने डल कुसन बनाउने तालिम आजबाट सुरु गरिएको छ। तालिम कार्यक्रम संस्थाकी अध्यक्ष श्री अचला शर्माको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष श्री पेम्बा लामाले तालिमको औपचारिक शुभारम्भ गरेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता सीपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने र स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। तालिम मार्फत सहभागी महिलाहरूलाई डल कुसन बनाउने सीप प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। १० दिनसम्म सञ्चालन हुने यस तालिमले महिलाहरूको सीप विकास तथा…
Read More
बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

बागमती प्रदेश सरकारको क्याबिनेट बैठक सम्पन्न, स्वास्थ्य र सहकारीसम्बन्धी तीन महत्वपूर्ण निर्णय पारित

हेटौडा, पुस २४ गते । बागमती प्रदेश सरकारको क्याबिनेट बैठक आज सम्पन्न भएको छ। बैठकले स्वास्थ्य तथा सहकारी क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय काभ्रेबाट भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरिएको छ। यस निर्णयले प्रयोगशाला सेवाको पहुँच र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। त्यसैगरी, स्वास्थ्य मन्त्रालयकै अर्को प्रस्तावमा ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनसम्बन्धी तेस्रो संशोधन कार्यविधि’ संशोधन पारित गरिएको छ। उक्त संशोधनले विद्यालयस्तरमा विद्यार्थीहरूको स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ। यस्तै, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरूको मनोनयन…
Read More
शिवम् सिमेन्टको धुलो–धुवाँविरुद्ध सेवा सहयोग र आवाजमा हामीको दबाब निरन्तर, माग लिखित सम्बोधन गरिने सहमति

शिवम् सिमेन्टको धुलो–धुवाँविरुद्ध सेवा सहयोग र आवाजमा हामीको दबाब निरन्तर, माग लिखित सम्बोधन गरिने सहमति

हेटौडा, पुस २४ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो–धुवाँका कारण नजिकैको विद्यालयमा अध्ययनरत बालबालिका तथा विशेष गरी लक्ष्मिपुर क्षेत्रका बासिन्दाहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले निरन्तर आवाज उठाउँदै आएको जनाएको छ। महतले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै यस विषयमा स्वास्थ्य मन्त्रालयमा समेत ध्यानाकर्षण गराइसकिएको उल्लेख गरेका छन्। सम्बन्धित उद्योग, मुख्यमन्त्री तथा अन्य मन्त्रालयमा जानुअघि नै शिवम् सिमेन्टका प्रतिनिधिहरू समस्या समाधानका लागि छलफल गर्न आफ्नै कार्यालयमा आएको उनले बताएका छन्। छलफलका क्रममा केही दिनभित्र निर्णय गर्न सक्ने माथिल्लो तहका प्रतिनिधि, स्थानीय पीडित, जनप्रतिनिधि तथा पत्रकारको उपस्थितिमा औपचारिक छलफल आयोजना…
Read More
निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

काठमाडौं, पुस २४ गते । आगामी प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले ठुलो सङ्ख्यामा म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका अनुसार देशभरबाट कुल १ लाख ३३ हजार ९८० जनाका लागि दरखास्त आह्वान गरिएको हो। इच्छुक नेपाली नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फाराम बुझाउने व्यवस्था गरिएको छ। दरखास्तहरू सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट सङ्कलन गरिनेछ। भर्नाका लागि उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, सामान्य लेखपढ गर्न…
Read More
हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

हेटौडा, पुस २३ गते । तामाङ समुदायको उल्लेख्य बसोबास रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मा यस वर्ष पहिलो पटक सोनाम ल्होछार तथा सांस्कृतिक प्रवर्द्धन मेला आयोजना हुने भएको छ। माघ २४ गतेदेखि सुरु हुने मेला करिब एक हप्तासम्म सञ्चालन हुने बताइएको छ। वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष दिपक खड्काले वडाको इतिहासमै पहिलो पटक सोनाम ल्होछारसँगै सांस्कृतिक मेला हुन लागेको जानकारी गराएका हुन्। उनका अनुसार मेलाको तयारीलाई व्यवस्थित बनाउन आयोजक समिति गठन भइसकेको छ र विभिन्न पक्षसँग समन्वय गर्दै तयारी अघि बढाइएको छ। तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने…
Read More
“पदभन्दा सेवा ठूलो” — विशाल राज महतले प्रतिनिधि सभा उम्मेदवारी अस्वीकार गर्दै जनतामै रहने प्रतिबद्धता

“पदभन्दा सेवा ठूलो” — विशाल राज महतले प्रतिनिधि सभा उम्मेदवारी अस्वीकार गर्दै जनतामै रहने प्रतिबद्धता

हेटौडा, पुस २३ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटस जारी गर्दै महतले पछिल्लो समय मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन आग्रह, सल्लाह र सुझावहरू फोन, सन्देश, सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा आइरहेको उल्लेख गरेका छन्। ती आग्रहहरूलाई जनताको भरोसा र आफूले निरन्तर गर्दै आएको जनपक्षीय कार्यको मूल्यांकनका रूपमा लिएको उनले बताएका छन्। “तपाईंहरूले देखाउनुभएको विश्वास र सद्भावले मलाई अहंकार होइन, झन् ठूलो जिम्मेवारीबोध गराएको छ,” उनले…
Read More
मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

हेटौँड, पुस २३ गते । मकवानपुरसहित देशभर लागू पदार्थ तथा लागू औषधको प्रयोग नेपाली युवा समाजमा डरलाग्दो रूपमा फैलिँदै गएको छ। दिनप्रतिदिन दुर्व्यसनको दायरा बढ्दो क्रममा रहेको छ भने पछिल्लो समय महिला दुर्वसनीको संख्या समेत तीव्र रूपमा वृद्धि हुनु झनै चिन्ताजनक बनेको छ। दैनिक रूपमा युवाहरू कुलतमा फसेको समाचार सार्वजनिक भइरहँदा समाजको मन दुखे पनि राज्य र स्थानीय तहबाट अपेक्षित ठोस कार्य हुन नसकेको गुनासो बढ्दो छ। दुर्व्यसन न्यूनीकरणका नाममा केही प्रयासहरू देखिए पनि ती पर्याप्त छैनन्। पुनःस्थापना केन्द्रहरू सीमित छन् र अधिकांश सशुल्क हुँदा आर्थिक रूपमा कमजोर अभिभावकहरूका लागि आफ्ना सन्तानलाई उपचार र पुनःस्थापनासम्म पुर्‍याउनु कठिन बनेको छ। आफ्नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.