स्थानीय

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

हावाहुरी र असिनासहितको वर्षाले हेटौडा प्रभावित, महोत्सव कार्यक्रम स्थगित

हेटौँडा, चैत ६ गते । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो जारी गरेको चेतावनीअनुसार आज देशका विभिन्न स्थानमा प्रतिकूल मौसम देखिएको छ। सोही मौसमी प्रणालीको प्रभाव मकवानपुर जिल्लाको हेटौडामा पनि प्रत्यक्ष रूपमा परेको छ। हावाहुरी, बतास, असिना तथा वर्षासहित आएको तीव्र मौसमी वायु प्रणालीका कारण हेटौडाको जनजीवन प्रभावित बनेको छ। विशेषगरी हेटौडामा गत फागुन २९ गतेदेखि सञ्चालनमा रहेको दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२ मा पनि यसको असर देखिएको छ। मेला प्राङ्गण आसपासका विभिन्न टहरा तथा आकर्षणका संरचना, विशेषगरी ‘लन्डन ब्रिज’ मा क्षति पुगेको देखिएको छ। खराब मौसमकै कारण आजका लागि तय गरिएको चर्चित लोकदोहोरी गायिका…
Read More
चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

हेटौँडा, चैत ५ गते । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारण सभा आगामी चैत्र २१ गते शनिबार आयोजना गर्ने भएको छ। फागुन १५ गते बसेको संघको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। त्यसैगरी, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। महासचिव प्रतिमा श्रेष्ठले साधारण सभामा संघको विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी भइरहेको जानकारी दिए। यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय…
Read More
जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

जेन जि आन्दोलनपछि हेटौँडामा ३३ करोड क्षति: वडाध्यक्ष नवीन सिग्देल भन्छन्—“छानबिन वडा नं. ४ बाटै सुरु गरौँ”

हेटौँडा, चैत ३ गते । जेन जि आन्दोलनका कारण हेटौँडा उपमहानगरपालिकामा ठूलो भौतिक तथा आर्थिक क्षति पुगेको छ। आन्दोलनको क्रममा उपमहानगरपालिका कार्यालय, सवारी साधन, वडा कार्यालय तथा सहरी स्वास्थ्य केन्द्रमा करिब ३३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। यस घटनापछि संरचना तथा महत्वपूर्ण कागजातहरू नष्ट हुँदा उपमहानगरको आन्तरिक राजस्व संकलनमा उल्लेख्य गिरावट आएको छ। जसका कारण विकास निर्माणका कार्यहरू प्रभावित बनेका छन्। जनप्रतिनिधिहरूका अनुसार निरन्तर प्रयासका बाबजुद हालसम्म कुल विकास बजेटको १० प्रतिशत मात्र खर्च हुन सकेको छ। आन्तरिक आम्दानी घट्नुका साथै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा धेरै योजनाहरू अलपत्र पर्ने जोखिम बढेको छ।…
Read More
“प्रदूषण नियन्त्रणमा सरकार असफल: अब आन्दोलनको चेतावनी – अभियन्ता विशालराज महत”

“प्रदूषण नियन्त्रणमा सरकार असफल: अब आन्दोलनको चेतावनी – अभियन्ता विशालराज महत”

हेटौँडा, चैत ३ गते । विशालराज महतले प्रदूषण नियन्त्रणमा सरकारको निष्क्रियताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा जनताको स्वास्थ्यसँग खेलवाड भइरहेको आरोप लगाउँदै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न चेतावनी दिएका छन्। उनले दिनको समयमा मुख्यमन्त्री कार्यालयमा बैठक र छलफल हुने तर बेलुका उद्योगहरूबाट धुलो–धुवाँ उत्सर्जन जारी रहनुले सरकार र उद्योगबीच ‘सेटिङ’ भएको आशंका व्यक्त गरेका छन्। समितिहरू गठन गरेर मात्र समस्या समाधान नहुने भन्दै उनले यस्ता गतिविधि अर्थहीन बन्दै गएको टिप्पणी गरेका छन्। महतले कागजमा निर्णय गरेर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतालाई मूर्ख ठानिएको संकेत गरेको बताएका छन्। उनले उद्योगहरूको ध्यानाकर्षण गराउने कार्य बारम्बार…
Read More
समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

समानुपातिक टिकट फिर्ता लिएको विषयमा मन्दिरा मोक्तानको स्पष्टिकरण: “आर्थिक लेनदेन होइन, मधेस प्रदेशलाई प्राथमिकता दिएर निर्णय”

हेटौँडा, चैत २ गते । श्रम संस्कृति पार्टी मकवानपुरले हेटौंडामा पत्रकार सम्मेलन गर्दै समानुपातिक उम्मेदवारी फिर्ता लिएको विषयमा स्पष्टिकरण दिएको छ। सोमबार हेटौडा–१० स्थित दर्शन पार्टी प्यालेस मा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार बनेकी मन्दिरा मोक्तान ले आफूले स्वेच्छाले उम्मेदवारी फिर्ता लिएको बताइन्। हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरबाट समानुपातिक तर्फ संसदमा प्रतिनिधित्व गर्ने अवसर पाउँदा पनि एक्कासी उम्मेदवारी फिर्ता लिएको विषयलाई लिएर विभिन्न किसिमका चर्चा–परिचर्चा भएपछि वास्तविकता स्पष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताइन्। मोक्तानले आफूलाई विश्वास गरेर समानुपातिक तर्फ मत दिएका मकवानपुरवासीप्रति आभार व्यक्त गर्दै भनिन्, “मलाई विश्वास गरेर…
Read More
हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलद्वारा सरकारको निर्णयप्रति असन्तुष्टि, पेट्रोलियम मूल्यवृद्धिदेखि नियुक्तिसम्म आलोचना

हेटौँडा, चैत २ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले वर्तमान सरकारका केही निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनपछि सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको टिप्पणी गरेका हुन्। सिग्देलले हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्। उनले पेट्रोलमा १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाइएको निर्णयले सर्वसाधारणलाई थप आर्थिक भार परेको बताएका छन्। त्यस्तै, उनले ग्यास आपूर्ति र व्यवस्थापनको विषयमा पनि टिप्पणी गर्दै “ग्यास आधा सिलिन्डर भएजस्तो अवस्था सिर्जना भएको” भन्दै सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएका छन्। वडाध्यक्ष सिग्देलले राजनीतिक नियुक्तिका विषयमा पनि…
Read More
रजतजयन्ति सडक निर्माण चाँडै सुरु हुने: वडाध्यक्ष सिग्देल

रजतजयन्ति सडक निर्माण चाँडै सुरु हुने: वडाध्यक्ष सिग्देल

हेटौँडा, चैत १ गते । हेटौंडा उपमहानगरपालिका–४ स्थित रजतजयन्ति सडक निर्माण कार्य छिट्टै अगाडि बढाइने भएको छ। सो सडकलाई हेटौंडा उपमहानगरपालिकाको नमुना सडक बनाउने उद्देश्यसहित बजेटको स्रोत सुनिश्चित गरी प्रक्रियागत रूपमा काम अगाडि बढाइएको भए पनि विभिन्न कारणले निर्माण कार्य ढिलाइ भएको बताइएको छ। वडा नम्बर–४ का वडाध्यक्ष नवीन सिग्देलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सडक निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरेका छन्। उनले समयमा नै गुणस्तरीय काम सम्पन्न गराउने विषयमा जनप्रतिनिधिको तर्फबाट कुनै कमी नरहेको उल्लेख गर्दै निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयसँग निरन्तर पहल भइरहेको बताए। सिग्देलका अनुसार जिम्मेवारी पाएको निर्माण कम्पनी र सम्बन्धित कार्यालयका प्रमुखसँग छलफल गरी…
Read More
हेटौँडामा मानवता: धनमाया बर्तौलाद्वारा ॐ वृद्धा आश्रमका २३ जेष्ठ नागरिकलाई ५५ हजार बराबरको अन्नदान

हेटौँडामा मानवता: धनमाया बर्तौलाद्वारा ॐ वृद्धा आश्रमका २३ जेष्ठ नागरिकलाई ५५ हजार बराबरको अन्नदान

हेटौँडा, फागुन ३० गते । हेटौँडा–२ मनकामना चोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धा आश्रममा आश्रित जेष्ठ नागरिकहरूका लागि अन्नदान गरेकी छिन्। बर्तौलाले आश्रममा बसोबास गरिरहेका २३ जना जेष्ठ आमाबुवाको लागि करिब ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेकी हुन्। उनले चामल १० बोरा, दाल १ बोरा, तेल ८ कार्टुन, नुन १ बोरा, चियापत्ती ४ किलो तथा चिनी १ बोरा आश्रमलाई हस्तान्तरण गरेकी थिइन्। वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने उद्देश्यले उक्त अन्नदान गरिएको बर्तौलाले बताइन्। समाजमा रहेका असहाय तथा जेष्ठ नागरिकहरूको सेवा गर्नु सबैको दायित्व भएको उनको भनाइ छ। आश्रमतर्फबाट प्राप्त…
Read More
हेटौँडा–४ का टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न, सडक सरसफाइदेखि क्षमता अभिवृद्धिसम्मका सात महत्वपूर्ण निर्णय

हेटौँडा–४ का टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न, सडक सरसफाइदेखि क्षमता अभिवृद्धिसम्मका सात महत्वपूर्ण निर्णय

हेटौँडा, फागुन ३० गते । हेटौँडा उपमहानगरपालिका–४ मा रहेका टोल विकास संस्थाहरूको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ। शनिबार (फागुन ३०, २०८२) सम्पन्न बैठकले वडाभित्रको विकास, सरसफाइ, तालिम तथा टोल व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न सात निर्णय गरेको हो। बैठकले वडाभित्र रहेका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्टी, हिलो तथा धुलोमुक्त बनाउने गरी आर्थिक वर्ष २०८२ भित्र वडा कार्यालयको योजना कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ। यस्तै, आगामी चैत १२ गते वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा “भान्सा नै औषधालय” कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा वडा नम्बर ४ भित्रका…
Read More
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडाध्यक्ष सिग्देलको आग्रह

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन वडाध्यक्ष सिग्देलको आग्रह

हेटौँडा, फागुन ३० गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक खेल मैदान नबनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्र संवेदनशील भएको उल्लेख गर्दै प्रतिष्ठानमा भएको प्रगति र परिवर्तनलाई स्वीकार गर्न सबैलाई आग्रह गरेका छन्। उनले आजभन्दा करिब ६ वर्षअघि हेटौंडा अस्पतालको अवस्था निकै कमजोर रहेको स्मरण गराउँदै दैनिक करिब दुई सय बिरामी आउने, ५० शय्याको अस्पतालमा सीमित डाक्टर र नर्सको दरबन्दी मात्र रहेको तथा अस्पताल मुख्यतः बिरामी रिफर गर्ने केन्द्रजस्तै बनेको बताएका छन्। त्यसपछि तत्कालीन बागमती प्रदेश सरकारको पहलमा २०७६ सालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.