स्थानीय

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

हेटौँडा, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले जनमतको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताएका हुन्। महतले चुनावको परिणाम कुनै एक व्यक्तिको मात्र जित वा हार नभई देश र जनताको सामूहिक निर्णय भएको उल्लेख गरेका छन्। उनले आम जनताले ठूलो आशा र विश्वासका साथ मतदान गर्ने भएकाले जनमतको सम्मान गर्नु सबैभन्दा महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार यसपटकको निर्वाचन परिणामले केही रोचक तथा अप्रत्याशित दृश्य पनि देखाएको छ। “जनताले घण्टी…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

हेटौँडा, फागुन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई जनमतको परिवर्तनको संकेत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसपटकको निर्वाचनमा जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ देखिएको बताएका हुन्। उनले जनताले देखाएको परिवर्तनको चाहनालाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्ने धारणा राखेका छन्। घलानले पुराना राजनीतिक दलहरूको नेतृत्वमा देखिएको कमजोरीका कारण पनि जनताको मत परिवर्तन भएको उल्लेख गरेका छन्। उनले जनमतको लहरलाई सकारात्मक रूपमा ग्रहण गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेका छन्। साथै उनले…
Read More
महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च

महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च

हेटौँडा, फागुन २१ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको दुर्गम क्षेत्रमा पुगे मतदान गरेका छन्। अध्यक्ष मगरले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिका वडा नं. २ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेको हो। सोही केन्द्रबाट ८६ वर्षीय सन्त बहादुर प्रज्ञाले समेत मतदान गर्दै पहिलो मतदाताका रूपमा सहभागिता जनाए। सदरमुकाम हेटौंडाबाट करिब पाँच घण्टाको मोटर यात्रापछि पुगिने यो मतदान केन्द्र जिल्लाकै दुर्गम तथा बिकट क्षेत्रमा पर्दछ। मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष मगरले लोकतन्त्रको सुदृढीकरणका लागि हरेक नागरिकले अनिवार्य रूपमा मताधिकार प्रयोग गर्नुपर्ने बताए। उनले भने, “आफ्नो प्रतिनिधि…
Read More
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

हेटौँडा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधन सञ्चालनमा कडाइ गरेको छ। आज मिति २०८२ साल फागुन २१ गते भइरहेको निर्वाचनका क्रममा अत्यावश्यक सेवा तथा सहरी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मतदान कार्य सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्‍याउन सहज बनाउन मध्यराति १२ बजेसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ। जिल्ला सुरक्षा समितिले अत्यावश्यक सेवा तथा सवारी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सबैलाई अनुरोध गरेको छ।…
Read More
पूर्वी एसियामा रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार योजना बनाउन विशाल राज महतको माग

पूर्वी एसियामा रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार योजना बनाउन विशाल राज महतको माग

हेटौँडा, फागुन १७ गते । पूर्वी एसियाका विभिन्न देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। राजदूतावासको सूचनाअनुसार सुरक्षित स्थानमा रहन, स्थानीय निकायको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको हो। यसै सन्दर्भमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले नेपाल सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा पूर्वी एसियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको अद्यावधिक विवरण संकलन गरी सुरक्षित स्थानान्तरण तथा उद्धार योजना तयार गर्न सरकारसँग माग गरेका छन्। महतका अनुसार भारत, चीन लगायत मित्र राष्ट्रहरूसँग समन्वय गरी…
Read More
प्रतिनिधिसभा निर्वाचनका कारण मकवानपुर प्रशासनका अधिकांश सेवा चार दिन बन्द

प्रतिनिधिसभा निर्वाचनका कारण मकवानपुर प्रशासनका अधिकांश सेवा चार दिन बन्द

हेटौँडा, फागुन १७ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयका सम्पूर्ण कर्मचारीहरू मतदान केन्द्रमा खटाइने भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट प्रवाह हुँदै आएका अधिकांश सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्। कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ साल फागुन १९ गतेदेखि २२ गतेसम्म शान्ति सुरक्षा लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन्। निर्वाचन सम्पन्न भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू पुनः नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ। उक्त निर्णय कार्यालयको मिति २०८२ साल फागुन १७ गतेको निर्णयअनुसार गरिएको हो। यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधा प्रति कार्यालयले क्षमायाचना गर्दै आवश्यक समन्वय गर्न अनुरोध…
Read More
परीक्षाको मुखमा मेला किन? खेलकुद विकास समितिको सम्झौता र ‘सेटिङ’माथि विशाल राज महतको गम्भीर प्रश्न

परीक्षाको मुखमा मेला किन? खेलकुद विकास समितिको सम्झौता र ‘सेटिङ’माथि विशाल राज महतको गम्भीर प्रश्न

हेटौँडा, फागुन १७ गते । चैतको पहिलो सातादेखि सुरु हुने वार्षिक परीक्षाको संवेदनशील समयमा विद्यार्थीको ध्यान पढाइबाट मोडिने गरी मेला आयोजना गर्नु उपयुक्त कि होइन भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै आएका छन्। यही सन्दर्भमा खेलकुद विकास समितिले ९० लाख रुपैयाँमा सिद्ध बाबा एक्जिभेसन कम्पनीसँग मेला सञ्चालनको सम्झौता गरेको विषय सार्वजनिक भएपछि आलोचना चुलिएको छ। सम्बन्धित कम्पनीका सञ्चालक भारत निवासी अजय चौधरी रहेको बताइँदै आएको छ। कृषि र उद्योग–व्यापारसम्बन्धी आफ्नै आधिकारिक निकाय हुँदाहुँदै खेलकुद विकास समितिले बारम्बार व्यापारिक तथा कृषि मेला आयोजना गर्नु खेलकुद सम्बन्धी ऐन, कार्यविधि र समितिको मूल उद्देश्य विपरीत भएको भन्दै प्रश्न उठाइएको छ। सामाजिक अभियान्ता तथा नागरिक…
Read More
हेटौंडा अस्पताल प्रकरणमा जनआवाज दबाउनेलाई मत नदिन विशाल राज महतको अपिल

हेटौंडा अस्पताल प्रकरणमा जनआवाज दबाउनेलाई मत नदिन विशाल राज महतको अपिल

हेटौँडा, फागुन १७ गते । हेटौंडा अस्पतालमा देखिएको बेथिति, लापरबाही तथा व्यवस्थागत कमजोरी विरुद्ध उठेको जनआन्दोलनको सन्दर्भमा अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले मतदातालाई सचेत भएर निर्णय गर्न आग्रह गरेको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको स्टाटसमा महतले हेटौंडा अस्पताल सुधारका लागि आफूहरू चुप नबसी हस्ताक्षर अभियान, शान्तिपूर्ण आन्दोलन र कानुनी प्रक्रियासम्म पुगेको उल्लेख गरेको छ। उनका अनुसार यो आन्दोलन कुनै व्यक्ति विशेषको स्वार्थका लागि नभई आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो। उक्त अभियानमा मकवानपुरका अधिकांश राजनीतिक दलहरूको समर्थन रहेको उल्लेख गर्दै महतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल कम्युनिस्ट पार्टी (माले) को विशेष साथ रहेको…
Read More
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

हेटौँडा, फागुन १६ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताइएको छ। यस सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आम-सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा जनतालाई सु-सूचित गर्ने क्रममा सूचनाको संवेदनशीलता मनन गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न जोड दिइएको छ। साथै, महासंघले प्रेस काउन्सिल नेपाल र महासंघद्वारा जारी पत्रकार आचार-संहिता तथा निर्वाचन आयोगको निर्वाचन आचार-संहिताको पूर्ण पालना गर्न अनुरोध गरेको…
Read More
मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

हेटौँडा, फागुन १६ गते । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा चुनावी माहोल क्रमशः नेपाली कम्युनिस्ट पार्टीको पक्षमा ढल्कँदै गएको देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी नेकपामा प्रवेश गर्ने स्थानीयको संख्या उल्लेखनीय रूपमा बढेको पार्टीले जनाएको छ। विशेषगरी मकवानपुर–१ अन्तर्गत बागमती गाउँपालिका–५ बगेरीको माझी बस्तीमा देखिएको दल परिवर्तनले चुनावी चर्चा थप तातेको छ। शुक्रबार आयोजित चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम तथा पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। यसै क्रममा बागमती गाउँपालिका–६ कायरमा आयोजित भेटघाट तथा चुनावी सभामा स्थानीयवासीले उम्मेदवार गौतमप्रति खुला समर्थन जनाए। त्यस्तै, वडा नम्बर–८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.