राजनीति

भू–माफिया विरुद्धको संघर्षका अभियन्ता विजय जिम्बा रिहा, समर्थकद्वारा खुला आकाशमुनि स्वागत

भू–माफिया विरुद्धको संघर्षका अभियन्ता विजय जिम्बा रिहा, समर्थकद्वारा खुला आकाशमुनि स्वागत

हेटौंडा, अ्शोज २९ गते । सार्वजनिक जमिनको संरक्षण र भू–माफिया विरुद्धको संघर्षमा संलग्न हेटौंडा–१३ बनस्पति निवासी युवा संगठनका सदस्य कमरेड विजय जिम्बा रिहा भएका छन्। जिम्बा माथि हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेलाई कालोमोसो दलेको आरोपमा प्रहरीले झुटा मुद्दा दर्ता गरी पक्राउ गरेको भन्दै समर्थकहरूले आपत्ति जनाएका थिए। प्रहरीले उक्त घटना सम्बन्धी प्रतिवेदनमा जिम्बाको नाम राखी मिति २०८२ असोज २६ गते राति ९ बजे उनलाई घरबाटै पक्राउ गरेको थियो। मुद्दासँग सम्बन्धित सुनुवाइपछि जिल्ला अदालत मकवानपुरले असोज २८ गते १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर तत्काल धरौटी रकम तिर्न नसक्दा उनी भिमफेदी कारागार पुगेका थिए। असोज २९…
Read More
जिन जि आन्दोलन जायज तर अराजक घुसपेटले वडा जलायो: हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको पीडा र दृढता

जिन जि आन्दोलन जायज तर अराजक घुसपेटले वडा जलायो: हेटौंडा–१० का वडाध्यक्ष फुर्बा दोर्जे लामाको पीडा र दृढता

हेटौंडा, अशोज २९ गते । जिन जि आन्दोलनपछि केही दिन स्थगित रहको हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालय अब पुनः सञ्चालनमा आएको छ। वडाध्यक्ष फुर्बा दोर्जे लामाका अनुसार, कार्यालय २७ गतेदेखि पुनः खुलाइएको हो। कम्प्युटर र उपकरणहरू नष्ट भए पनि सेवाग्राहीलाई लिखित रूपमा सेवा प्रवाह सुरु गरिएको उनले जानकारी दिए। वडाध्यक्ष लामाले भने, “जेन जि युवा पुस्ताले उठाएका मागहरू जायज हुन्, तर त्यस आन्दोलनको नाममा घुसपेट गरेर अराजक तत्वहरूले तोडफोड र आगजनी गर्नु अत्यन्तै निन्दनीय कार्य हो।” उनका अनुसार वडा कार्यालयमा भएका क्षतिको दायरा निकै ठूलो छ। उनले बताए, “मेरो व्यक्तिगत ल्यापटप, कागजपत्र, प्रिन्टरदेखि लिएर वडा कार्यालयमा राखिएको स्मार्ट बोर्ड, हेल्प…
Read More
टङ स्लिप’ का कारण ट्रोल बनेकी एमाले जेनजी नेतृको माफी : “नियत थिएन, पहिलो पटक हस्तोत्साहित भएकी थिएँ

टङ स्लिप’ का कारण ट्रोल बनेकी एमाले जेनजी नेतृको माफी : “नियत थिएन, पहिलो पटक हस्तोत्साहित भएकी थिएँ

काठमाडौं, अशोज २७ गते । एमालेकी जेनजी नेतृ एक कार्यक्रममा ‘टङ स्लिप’ का कारण सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन्। कार्यक्रममा बोल्दै उनले ‘जागरण सभा’ भन्नुपर्ने ठाउँमा ‘सधारणसभा’ र ‘घोर भत्सर्ना गर्दछु’ भन्नुपर्ने ठाउँमा ‘घोर भ्रष्टाचार गर्दछु’ भनेकी थिइन्। उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीप्रति टीका–टिप्पणी र व्यङ्ग्यको वर्षा भएको थियो। सामाजिक सञ्जालमा आलोचनाको सामना गरेपछि उनले सार्वजनिक रूपमा माफी माग्दै भनिन्, “मैले कहिल्यै कार्यक्रममा बोलेकी थिइनँ। नियतबस वा नजानेर होइन, पहिलो पटक भएकाले हस्तोत्साहित भएकी थिएँ।” उनले आफ्नो गल्तीप्रति खेद प्रकट गर्दै भनिन्, “यो केवल ‘टङ स्लिप’ थियो, न कि कुनै नियोजित कुरा।” साथै उनले सामाजिक सञ्जालका आलोचनाले आफू विचलित…
Read More
सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

सिंहदरबार जोगाउन सेनाले विवेकपूर्ण निर्णय गर्‍यो, गोली चलेको भए दर्जनौं मर्थे” — रविन्द्र मिश्र

काठमाडौं, अशोज २७ गते । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले सिंहदरबार लगायतका सरकारी भवनहरूमा भएको आगजनी सम्बन्धी घटनाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले उक्त घटनालाई इतिहासकै कालो र हृदयविदारक दिनको संज्ञा दिँदै नेपाली सेनाको निर्णयलाई विवेकपूर्ण करार दिएका छन्। मिश्रले लेखेका छन्, “सिंहदरबार लगायत कयौँ भवनहरू जसरी दनदनी बले, त्यो केवल जन-आक्रोशको परिणाम थिएन भन्ने न्यूयोर्क टाइम्सको रिपोर्टपछि लगभग प्रष्ट भएको छ। सेनाले किन सिंहदरबार बचाउन सकेन भनेर उठिरहेका प्रश्नबारे एउटा कुरा भन्न चाहन्छु — यदि नेपाली सेनाले सिंहदरबार बचाउन Warning Shot मात्र नहानेर साँच्चिकै गोली चलाएको भए कम्तिमा केही दर्जनको ज्यान जाने थियो।” उनले…
Read More
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, अशोज २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गरेकी हुन्। भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै आगामी निर्वाचनका तयारी तथा अन्य समसामयिक विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। सरकारका हालका निर्णयहरू, निर्वाचन प्रक्रिया र राजनीतिक दलबीचको सहकार्यका विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ। राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट मुलुकको वर्तमान राजनीतिक गतिशीलताको पृष्ठभूमिमा महत्वपूर्ण मानिएको छ।
Read More
‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

भक्तपुर, अशोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेर उपत्यका छाड्न रोक लगाएको विषयमा तीव्र आपत्ति जनाएका छन्। उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई धेरै नउताउलिन चेतावनी दिँदै आफू ‘प्रधानमन्त्री सुशीला कार्कीझैं डराएर नभाग्ने’ बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले देश चलाउने काम कुनै ख्यालठट्टा होइन भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले पनि यही बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्। ओलीले आफूलाई पक्राउ गर्ने तयारी, पासपोर्ट रोक्ने निर्णय र उपत्यका बाहिर जान नदिने जस्ता गतिविधिहरू कानून विपरीत भएको टिप्पणी गरेका छन्। उनका…
Read More
हेटौंडामा स्व. रामबहादुर पुलामी मगरको छैठौं दिनमा नेकपा (माओवादी केन्द्र) द्वारा श्रद्धाञ्जली अर्पण

हेटौंडामा स्व. रामबहादुर पुलामी मगरको छैठौं दिनमा नेकपा (माओवादी केन्द्र) द्वारा श्रद्धाञ्जली अर्पण

हेटौंडा, अशोज २३ गते । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समितिले नगर समिति सदस्य कमरेड रामकुमार पुलामी मगरका पुजनीय पिता स्वर्गीय रामबहादुर पुलामी मगरको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेको छ। आज २३ असोज २०८२ गते हेटौंडा–१४ नयाँ बस्तीस्थित स्वर्गीय पुलामी मगरको आफ्नै निवासमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहसचिव कमरेड चमेली माया सिजाली मगरको उपस्थितिमा १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू र समाजका अग्रजहरूको सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले स्व. पुलामी मगरको योगदान र अनुशासनपूर्ण जीवनशैलीको सम्झना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। यस अवसरमा माओवादी केन्द्रका तर्फबाट स्व. पुलामी मगरको आत्माको चिरशान्तिको…
Read More
“झुठको सहारामा स्वार्थी राजनीति गर्ने छिट्टै सफल देखिन्छन्, सच्चा नेताले समय सफा गर्नमै बिताउँछन्” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्य

“झुठको सहारामा स्वार्थी राजनीति गर्ने छिट्टै सफल देखिन्छन्, सच्चा नेताले समय सफा गर्नमै बिताउँछन्” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्य

ललितपुर, अशोज २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आज सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै टिप्पणी गरेका छन्। उनले लेखेका छन्, “झुठको सहारामा व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरू कम समयमा सफल भएको देखिन्छन्, किनभने उनीहरूको चाहना देश, जनता र पार्टी होइन, आफैं अगाडि बढ्नु मात्र हो।” बज्राचार्यका अनुसार सच्चा र इमानदार नेताहरू भने दूषित प्रवृत्तिहरूलाई पन्छाउँदै स्वच्छ राजनीति गर्न खोज्दा समय र जीवन नै त्यसैमा खर्चिन्छन्। उनले थप लेखेका छन्, “सफा गर्दै जाँदा जाँदैमा जीवन बित्छ, तर देश र राजनीति शुद्ध बनाउनुपर्ने जिम्मेवारीबाट पछाडि हट्नु हुँदैन।” उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा वर्तमान…
Read More
२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौंडा, अशोज १० गते । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मदूसुदन पौडेलले गत असोज २३ र २४ गतेका घटनालाई फरक स्वरूपको बताएका छन्। उनले २३ गतेको आन्दोलनलाई जिन–जि पुस्ताले गरेको अलग किसिमको आन्दोलन भने पनि २४ गते देखिएको देशव्यापी ताण्डवलाई आन्दोलन नभई आतंक भएको बताए। रेडियो भरोसासँगको विशेष संवादमा मन्त्री पौडेलले भने, “२४ गतेको घटनामा आक्रोशको नाममा देशव्यापी विध्वंश मच्चाइयो। निर्दोष बालबालिकासहित युवाहरूले ज्यान गुमाउँदा पीडित छु। उनीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।” उनका अनुसार मन्त्रालयसहित मातहतका विभिन्न निकायमा करिब ६ करोड ५१ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। मन्त्रालयमै मात्र ३ करोड ४७ लाखभन्दा बढीको नोक्सानी भएको…
Read More
हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडामा ‘जेन जि बिद्रोह र अबको निकास’ विषयक अन्तरक्रिया सम्पन्न, नेकपाले जेन जिलाई गोलबन्द हुन आह्वान

हेटौंडा, अशोज ९ गते । नेपाक कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेन जि बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास के हो भन्ने विषयमा गहन छलफल र विचार मन्थन भएको छ । नेकपाको आन्दोलनले मात्र जेन जि आन्दोलनको मर्म समेट्न सक्ने र सार्थक बनाउन सक्ने हुँदा आम जेन्जी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्द भइ अघि बढ्न नेकपा हेटौंडाले आव्हान गरेको छ । जेन जि बिद्रोह पश्चात् देशमा उत्पन्न संकट समाधानका विकल्पहरु केके हुन् र यसको निकास कसरी दिन सक्छ भन्ने विषयलाई मध्यनजर गर्दै नेकपा हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेकपाका केन्द्रिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.