राजनीति

मनहरीमा जेन जि बिद्रोह र राजनीतिक निकास विषयक अन्तरक्रिया सम्पन्न, संस्थागत आन्दोलनमा जोड

मनहरीमा जेन जि बिद्रोह र राजनीतिक निकास विषयक अन्तरक्रिया सम्पन्न, संस्थागत आन्दोलनमा जोड

मनहरी, अशोज ९ गते । नेपाल कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका समितिद्वारा आयोजित "जेन जि बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास" विषयक अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ । जेन जि आन्दोलनलाई अपराधिकरण होइन संस्थागत गरि अघि बढाउनुपर्ने कुरामा नेकपा मनहरीले जोड दिएको थियो । पछिल्लो समय देशमा सिर्जित जेन जि आन्दोलन र यसले निम्त्याएको घटना प्रती राजनीतिक दलको बुझाइ तथा सिर्जित समस्या समाधानका उपायहरुको विषयमा गहन छलफल र बहसका लागि आयोजित अन्तरक्रिया कार्यक्रम रजैयामा भएको हो । बुधबार भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले सान्दर्भिक जेन जि को आन्दोलन तुहिन दिन नहुने बताउँदै जेन जि…
Read More
जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया हेटौंडामा भोलि

हेटौंडा, अशोज ८ गते । नेकपा हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा भोलि असोज ९ गते ‘जिन जि विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रम हेटौंडामा हुने भएको छ। कार्यक्रममा जिन जि विद्रोहको ऐतिहासिक सन्दर्भसँगै नेपालको वर्तमान राजनीतिक अवस्था र त्यसबाट बाहिर निस्कने सम्भावित मार्गबारे छलफल हुने आयोजकले जनाएका छन्। नेकपाले यस अन्तरक्रिया मार्फत युवा पुस्तालाई इतिहासबारे अवगत गराउनुका साथै वर्तमान राजनीति र भावी दिशाबारे बहस चलाउने उद्देश्य राखेको बताएको छ।
Read More
जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

बझाङ, असोज ८ गते । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति, बझाङको आयोजनामा जेन जि विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने भएको छ। कार्यक्रममा हालको जेन जि आन्दोलन, त्यसले सिर्जना गरेको नयाँ परिस्थिति र त्यसबाट निस्कने बाटोबारे छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रम पर्सि दिउँसो १ बजे होटल माउन्टेन भ्यू, चैनपुरमा हुने छ। कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
Read More
“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

हेटौंडा, अशोज ८ गते । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले हालको आन्दोलनलाई जेन जि आन्दोलनको नाममा बदनाम बनाइएको आरोप लगाएका छन्। रेडियो भरोसासँगको विशेष अन्तर्वार्तामा मन्त्री केसीले काठमाडौंमा सुरु भएको जेन जि आन्दोलन युवा पुस्ताको जागरणका रूपमा आएको भए पनि हेटौंडा लगायतका जिल्लामा देखिएको हिंसात्मक गतिविधि भने “प्रतिशोध र तोडफोडका रूपमा मात्र प्रकट भएको” बताएका छन्। उनका अनुसार भाटभटेनी सुपरमार्केटदेखि वन मन्त्रालयका गाडीहरुसम्ममा गरिएको क्षति कुनै आन्दोलनकारी चेतना नभई योजनाबद्ध आक्रोशको उपज हो। “यो आन्दोलनले भ्रष्टाचारविरुद्धको सवालभन्दा बढी स्थानीय अन्तरविरोध मिलाउने, प्रतिशोध साध्ने माध्यमका रूपमा काम गर्‍यो,” मन्त्री केसीले भने। प्रदेश खारेजी मागबारे प्रश्न सोध्दा मन्त्री केसीले…
Read More
मनहरीमा “Gen-Z विद्रोह र राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

मनहरीमा “Gen-Z विद्रोह र राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

मनहरी, अशोज ७ गते । मकवानपुरको मनहरीमा “Gen-Z विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास ?” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ। नेकपा मनहरी गाउँपालिका समितिद्वारा आयोजित उक्त कार्यक्रम आगामी २०८२ असोज ८ गते सम्पन्न हुने छ। कार्यक्रममा हालको राजनीतिक परिस्थितिबारे चर्चा–विमर्श गर्दै नयाँ पुस्ताको राजनीतिक भूमिका समेत के कस्तो हुन सक्ने भन्नेबारे छलफल हुने आयोजक समितिले जनाएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्तासँगै युवाहरूको सक्रिय सहभागिता रहने बताइएको छ।
Read More
जिन जि आन्दोलनपछि क्षतिपूर्ति र पुननिर्माणमा केन्द्रित — मन्त्री कृष्णकुमार तामाङद्वारा एक महिनामा मन्त्रालय व्यवस्थित गर्ने दाबी

जिन जि आन्दोलनपछि क्षतिपूर्ति र पुननिर्माणमा केन्द्रित — मन्त्री कृष्णकुमार तामाङद्वारा एक महिनामा मन्त्रालय व्यवस्थित गर्ने दाबी

हेटौडा, अशोज ६ गते । खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले जिन जि आन्दोलनका क्रममा मन्त्रालयमा भएको तोडफोड र आगजनीबाट लागेको क्षतिपूर्ति र पुननिर्माण कार्यमा तीव्रता दिन एक महिने समय सीमा तोकेका छन्। उनले प्रदेश सरकार “हराएको” भन्ने जानकारी गलत ठहर्याउँदै, प्रदेश सरकार उपस्थित रहेको र आन्दोलनका कारण केही समयपछि मात्र फर्किएको स्पष्ट पारेका छन्। मन्त्री तामाङले दिएको विवरणअनुसार मन्त्रालयमा करिब १ करोड ७१ लाख २४ हजार ९ सय १२ रुपैयाँ बराबरका सामान तथा संरचनाहरुमा क्षति पुगेको तथ्यांक् कार्यालयले निकालेको छ। क्षतिग्रस्तमा एउटा जीप पूर्ण रूपमा नष्ट, दुई वटा मोटरसाइकल नष्ट, आंशिक क्षति भएका दुईवटा जीप, ल्यापटप, कम्प्युटर, प्रिन्टर…
Read More
नेकपा मकवानपुर जिल्ला सचिवालयको चौथो पूर्ण बैठक भर्चुअल माध्यमबाट सम्पन्न

नेकपा मकवानपुर जिल्ला सचिवालयको चौथो पूर्ण बैठक भर्चुअल माध्यमबाट सम्पन्न

मकवानपुर, अशोज ५ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सचिवालयको चौथो पूर्ण बैठक आज भर्चुअल माध्यमबाट बसेको छ । बैठकमा जेन्जी आन्दोलनको मर्म, महत्त्व, सार्थकता र उपलब्धि सम्बन्धी गम्भीर छलफल भएको छ । बैठकको सुरुवातमा नेपालका विभिन्न आन्दोलनका साथै जेन्जी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै जिन्जी आन्दोलनको क्रममा घाइते भएका जेन्जी पुस्तालाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । साथै पछिल्लो समयमा देशमा उत्पन्न संकट र यसको समाधानका वैकल्पिक पाटाहरुको विषयमा पनि छलफल भएको छ । जेन्जी बिद्रोहलाई संस्थागत गर्दै जेन्जिको नाममा भएको बितन्ड, लुटपात, हिंसात्मक कार्यलाई कानुनको दायरामा ल्याएर दण्डित गराउन अन्तरिम सरकार समक्ष…
Read More
जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”

जसपा नेपालका उपाध्यक्ष बज्राचार्य : “जेन जि आन्दोलन सहिदहरूलाई श्रद्धाञ्जली, भ्रष्ट सरकारको असंवेदनशीलताले देश संकटमा”

ललितपुर, अशोज ४ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को समाजवादी विद्यार्थी युनियन नेपालद्वारा जेन जि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर सहिदहरूलाई श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सहादत प्राप्त सहिदहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आन्दोलनका क्रममा ज्यान गुमाएका वीर युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, आन्दोलनमा घाइते भएका सबै युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले यो आन्दोलन कुनै आकस्मिक घटना नभई भ्रष्ट सरकारविरुद्ध युवाले चलाएको चेतनायुक्त अभियान भएको उल्लेख गरेका छन् । उनले भने, “संघीय…
Read More
“जेन जि आन्दोलनको घटनामा निर्दलिय सरकारमार्फत क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने नेकपा मकवानपुरको माग”

“जेन जि आन्दोलनको घटनामा निर्दलिय सरकारमार्फत क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने नेकपा मकवानपुरको माग”

हेटौंडा, अशोज ३ गते । जेन जि आन्दोलनका क्रममा भएको धनजनको क्षति, युवाहरू र दलका कार्यकर्ताबीचको प्रतिशोधपूर्ण वाकयुद्ध, आक्रमण र छिटपुट घटनाले देश फेरि गृहयुद्धको भुमरीमा फस्न सक्ने आशंका बढेको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनाएको छ। पार्टीका मकवानपुर इन्चार्ज राम सी ले सामाजिक सञ्जालमार्फत राखिएको स्टाटसमा सरकारले आन्दोलनमा सहभागी युवामाथि गोली चलाएर नरसंहार र हत्या गर्ने गलत कदम चालेकै कारण सरकार ढलेको उल्लेख गरेका छन्। उनले तीनवटै सुरक्षा निकायको मौनता रहनु र ‘जेन जि’ आन्दोलनको नाममा सरकारी संरचना, गैरसरकारी सम्पत्ति, भ्रष्ट तथा गैरभ्रष्ट दुवै किसिमका सम्पत्तिमा भएको तोडफोड, आगजनी र धनजनको क्षतिलाई निन्दनीय र दुखद बताएका छन्। “यी घटनाको जिम्मेवारी निर्दलिय…
Read More
संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

हेटौँडा, अशोज २ गते ।संविधान दिवसको अवसरमा नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि (असोज ३ गते) हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ११ बजे सुरु हुने पार्टीले जनाएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, महिला, खेलाडी तथा शुभेच्छुक समर्थकहरूको उपस्थितिको लागि आह्वान गरिएको छ। संविधान दिवसलाई भव्य र अर्थपूर्ण बनाउन विभिन्न वक्ताहरुले सम्बोधन गर्ने तयारी रहेको एमाले मकवानपुरले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.