राजनीति

“महिला भएर बाँच्न अझै चुनौतीपूर्ण: बलात्कार धम्कीका बीच हेटौंडा महिला मैत्री सहर घोषणा हुँदै” — मेयर मिना कुमारी लामा

“महिला भएर बाँच्न अझै चुनौतीपूर्ण: बलात्कार धम्कीका बीच हेटौंडा महिला मैत्री सहर घोषणा हुँदै” — मेयर मिना कुमारी लामा

हेटौंडा, कात्तिक १८ गते । “महिला भएर जन्मनु गर्वको कुरा हो, तर नेपाली समाजमा महिला भएर बाँच्नु अझै कठिन छ,” — हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले फेसबुकमा लेखेकी छिन्। उनले हालै सामाजिक सञ्जालमा भावनात्मक स्टाटस लेख्दै, जेनजी आन्दोलनपछि देखिएको समाजको “वास्तविक अनुहार” प्रति गहिरो असन्तुष्टि व्यक्त गरेकी छन्। मेयर लामाले लेखेकी छन् कि उनले नगरको प्राथमिकता आफ्ना नगरवासीप्रति दिनुपर्ने सामान्य अभिव्यक्ति दिएपछि, केही समूहहरूले उनलाई मधेश प्रदेशको विरोधीका रूपमा चित्रित गर्न खोजे। “फेसबुक र ह्वाट्सएपमा बलात्कार गर्ने धम्कीका सयौं सन्देश आए, राति राति फोन गरेर भेट्ने प्रस्तावहरू पनि आए,” उनले लेखेकी छन्। उनी भन्छिन् — “एउटा उपमहानगर प्रमुखलाई नै…
Read More
माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

हेटौडा, कात्तिक १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामसीले माओवादी केन्द्र र प्रचण्ड नेतृत्वको हालको एकतालाई ‘विचार र उद्देश्यविहिन’ भन्दै आलोचना गरेका छन्। उनले फेसबुकमार्फत जारी एक स्टाटसमा प्रचण्डले माओवादी विचारधारा र संघर्षको लाइन छोडेको दाबी गर्दै यस्तो एकताले अन्ततः जनताको पक्षमा होइन, दुश्मनको पक्षमा आत्मसमर्पण गर्नुपर्ने अवस्था ल्याउने चेतावनी दिएका छन्। रामसीले लेखेका छन्, “पार्टीको नामबिनाको एकता र चुनाव चिन्हको एकता मात्रले के अर्थ राख्छ? माओवादी विचार, नीति र नेतृत्व बिना गरिएको एकता शक्तिहीन हुन्छ।” उनका अनुसार, हालको माओवादी केन्द्रभित्रको निर्णय धेरै इमानदार र सच्चा कार्यकर्ताहरूले मन नपराएको र बाध्य भएर स्वीकृति…
Read More
नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

नेकपा मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न, सर्वपक्षीय सरकार गठनबारे छलफल

मकवानपुर, कार्तिक १ गते । नेपाल कम्युनिस्ट पार्टी मकवानपुर सचिवालयको विशेष बैठक सम्पन्न भएको छ । पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सचिवालयको विशेष बैठक बसेको हो । हेटौंडा-१९, बस्तिपुरमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेश्रो विशेष बैठकले लिएका निर्णयहरु बारे विस्तृत रुपमा छलफल भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई दिशानिर्देश गर्दै कम्युनिस्ट केन्द्रिकरण गरि देशलाई निकास दिन आवस्यक छलफल भएको छ । साथै निर्दलिय अन्तरिम सरकारको विकल्पमा सर्वपक्षीय सरकार बनाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने र यसका लागि आवस्यक कार्यक्रमको तयारिका लागि कार्तिक ९ गते नेकपा जिल्ला समिति मकवानपुरको बैठक बोलाएको छ ।
Read More
हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

हेटौडा अस्पताल परिसरमा ‘तेस्रो श्रम अभियान’ सम्पन्न, ३५ जना श्रम अभियान्ताहरूको सहभागिता

हेटौडा, कार्तिक १ गते । हर्क साम्पाङ नेतृत्वको रेभुलेसन श्रम संस्कृति पार्टीले मकवानपुरमा सञ्चालन गर्दै आएको श्रम अभियान अन्तर्गत आज हेटौडा अस्पताल आसपासको क्षेत्रमा तेस्रो श्रम अभियान सम्पन्न गरेको छ। हस्पिटल परिषद् परिसरमा रहेका फोहोर मैला, प्लास्टिक तथा अन्य अवशेष वस्तुहरू उठाएर सरसफाई गरिएको पार्टीले जनाएको छ। उक्त अभियानमा ३५ जना श्रम अभियान्ताहरूको सक्रिय सहभागिता रहेको थियो। जिल्ला संयोजक युनेस लामाका अनुसार पछिल्ला दिनहरूमा श्रम अभियान मकवानपुरमा निरन्तर र व्यापक रूपमा विस्तार भइरहेको छ। उनले आगामी दिनहरूमा पनि यस किसिमका श्रमद्वारा समाज परिवर्तन गर्ने अभियानहरू अझ सशक्त रूपमा अघि बढाइने बताए। रेभुलेसन श्रम संस्कृति पार्टीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा…
Read More
षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

षड्यन्त्रपूर्वक तोडफोड र आगजनी: हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको भनाइ — ‘यो आन्दोलन जनमाग होइन, व्यवस्थाविरोधी तत्त्वको खेल’

हेटौंडा, कार्तिक १ गते । हालैको जेन जि आन्दोलन का क्रममा हेटौडा उपमहानगरपालिका–४ वडा कार्यालयमा तोडफोड र आगजनीका घटना भएका छन्। आन्दोलनका क्रममा केही अराजक समूहले वडा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री सडकमा ल्याई तोडफोड गर्दै आगजनी गरेका थिए। यस घटनाले वडाका नियमित सेवा तथा प्रशासनिक कार्य पूर्ण रूपमा प्रभावित बनायो। कार्यालयले तत्काल सार्वजनिक सूचना जारी गर्दै केही समयका लागि नियमित सेवा बन्द गर्न बाध्य भएको थियो। तर केही समयपछि वडाध्यक्ष नवीन सिग्देलको नेतृत्वमा जनसहयोग र स्थानीय स्रोतसाधनका भरमा पुनः सेवा सुरु गर्ने प्रयास गरिएको हो। यस क्रममा केही स्थानीय व्यक्तिहरूले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार सामग्री…
Read More
मनहरीमा हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीको संगठन विस्तार, पवन कुमार मोक्तान संयोजक चयन

मनहरीमा हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीको संगठन विस्तार, पवन कुमार मोक्तान संयोजक चयन

मकवानपुर, मनहरी, अशोज ३० गते । हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीले मनहरी गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको छ। आज नै संगठनले पवन कुमार मोक्तानको संयोजकत्वमा ११ सदस्यीय संगठन बिस्तार गरिएको पार्टीले जनाएको छ। नवगठित संयोजक पवन कुमार मोक्तानले कार्यक्रममा देशलाई विकासको बाटोमा अघि बढाउन अबको विकल्प हर्क साम्पाङ र श्रम आधारित अभियान नै भएको बताएका छन्। उनले भने, “यदि सिङ्गो देश निर्माण गर्नुछ भने माटोसँग खेल्न सक्नुपर्छ। श्रम अभियान अबको विकल्प देशको निर्धारण हो।” कार्यक्रममा उपस्थित पार्टीका केन्द्रीय संस्थापक सदस्य सुन्दर लामाले संयोजक मोक्तानलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भने, “देशको…
Read More
विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

विदेशी भूमिमा ज्यान गुमाएका विपिन जोशीप्रति दीप प्रज्वलन श्रद्धाञ्जली: सरकारलाई श्रम शोषण रोक्न गम्भीर हुन आग्रह

मकवानपुर, अशोज ३० गते । अखिल (समाजवादी) मकवानपुर र नेकपा मनहरीले इजरायल र प्यालेस्टाइन बिचको युद्धमा ज्यान गुमाएका विपिन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेको छ । मनहरी-२, बुद्धचोकमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरेको हो । कार्यक्रममा सन २०२३ मा अध्ययनको सिलसिलामा इजरायल गएका कंचनपुरका विपिन जोशी तत्कालीन समयमा इजरायल र हमास बिच गाजामा भएको युद्धमा परि हमासको कब्जामा परेका थिए । युद्ध बिराम पश्चात् हमासले बन्दी बनाएर राखेका इजरायली सैनिक तथा इजरायली जनता फिर्ता गर्ने क्रममा कंचनपुरका विपिन जोशी पनि परेका हुन् । बिहिवार साँझ भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अखिल (समाजवादी) मकवानपुरका इन्चार्ज तथा नेकपा मनहरी गापाका सेक्रेटरी सुर्य…
Read More
जेन–जी आन्दोलनपछि हेटौडा–१३ वडामा ‘आत्मसमीक्षा र सुधारको बाटोमा स्थानीय सरकार’ — वडाध्यक्ष पेम्बा लामाको भनाइ

जेन–जी आन्दोलनपछि हेटौडा–१३ वडामा ‘आत्मसमीक्षा र सुधारको बाटोमा स्थानीय सरकार’ — वडाध्यक्ष पेम्बा लामाको भनाइ

हेटौंडा, अशोज ३० गते । हालै देशभर देखिएको जेन–जी आन्दोलनले नेपालका युवा पुस्ताको असन्तुष्टि र राजनीतिक प्रणालीप्रति अविश्वासको संकेत दिएको छ। हेटौंडा–१३ वडामा पनि त्यस आन्दोलनको प्रभाव देखिएको भए तापनि, सो क्षेत्रमा आगजनी वा तोडफोडका घटना हुन नपाउनुमा स्थानीय युवाको सजगता र जिम्मेवार भूमिकाको उल्लेख गर्दै वडाध्यक्ष पेम्बा लामाले स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई प्रमुख कारणका रूपमा औंल्याएका छन्। वडाध्यक्ष लामाका अनुसार, “हामीले सो समय युवाहरूसँग संवाद गर्दै, यो वडा कार्यालय केवल सरकारको सम्पत्ति होइन — हाम्रो आफ्नै सम्पत्ति हो भन्ने सन्देश दिएका थियौं। त्यसैले सम्भावित तोडफोडका घटना नियन्त्रणमा रहन सके।” जेन–जी आन्दोलनप्रति बुझाइ र सरकारप्रतिको असन्तुष्टि लामाले हालको आन्दोलनलाई…
Read More
“अब त सच्चिनुपर्छ, देस रहे दल रहन्छ” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्यको केपी ओलीमाथि कडा प्रहार

“अब त सच्चिनुपर्छ, देस रहे दल रहन्छ” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्यको केपी ओलीमाथि कडा प्रहार

काठमाडौं, अशोज ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गर्दै अहिलेको राजनीतिक अवस्थालाई “देसको स्वाधीनता र स्वाभिमान माथिको ठुलो चुनौती”को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै नेता बज्राचार्यले भनेका छन् — “केपी ओलीजीको पुनरुत्थान यात्रा सफल भैहाल्यो भने उनलाई मृत्युञ्जयको उपमा दिन सकिन्छ। तर, उनीभित्र आत्मग्लानीको आभास छैन। जनताले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागलाई उनी उदण्ड ठान्दछन्।” उनले २०४६ सालपछिका तीन दशकदेखि सत्तालाई “म्युजिकल चेयर” बनाएर देशलाई रिङ्याउने काम भएको आरोप लगाउँदै ओली नेतृत्वमा भएका विभिन्न काण्ड — गैरकानुनी जग्गा प्रकरण, सुन काण्ड, लाउडा…
Read More
हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

हेटौंडा-१ चौकिटोलका युवा बिजय जिम्बा धरौटीमा रिहा, नेकपा नेताद्वारा न्यायिक निष्पक्षताको माग

हेटौंडा, अशोज २९ गते । हेटौंडा–१ चौकिटोलस्थित सार्वजनिक जमिन संरक्षणका लागि चलाइएको न्यायपूर्ण संघर्षका क्रममा प्रहरीले बिना कारण गिरफ्तार गरी झुटा मुद्दामा फसाएको आरोपमा पक्राउ परेका युवा संगठनका सदस्य कमरेड बिजय जिम्बा अदालतबाट एक लाख धरौटीमा रिहा भएका छन्। नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राम सीले सामाजिक सञ्जालमार्फत जिम्बाको रिहाइप्रति खुशी व्यक्त गर्दै खुलेआकाशमुनि स्वागत गरेका छन्। उनले प्रहरी प्रशासनले गल्ती बिना दुःख दिने र झुटा प्रमाणका आधारमा मुद्दा चलाउने प्रवृत्तिको आलोचना गर्दै न्यायालयले पनि यस्ता झुटा प्रमाणहरूलाई आधार मानेर सजाय वा धरौटी निर्धारण गर्नु अन्यायपूर्ण भएको बताएका छन्। राम सीका अनुसार सत्य र न्यायको पक्षमा उभिने युवाहरूलाई कारबाही…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.