राजनीति

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मकवानपुर, मंसिर ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले आज १२औँ पार्टी पुनर्गठन दिवसका अवसरमा हेटौंडा–११, थानाभर्‍याङमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टी पुनर्गठन दिवससँगै २५औँ जनमुक्ति सेना स्थापना दिवसको संयुक्त अवसरमा आयोजित कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पुनर्गठन दिवसले पार्टीलाई जनताको पक्षमा झनै दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको बताए। उनले पुनर्गठनपछिका १२ वर्ष भित्र पार्टीले भ्रष्टाचार, वेथिती र अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै, अब आगामी निर्वाचन मोर्चामार्फत जनताको आवाज सत्ता र नीतिनिर्माण तहसम्म पु¥याउन सबैको साथ आवश्यक रहेको आग्रह गरे।…
Read More
हेटौडामा नदिजन्य पदार्थको अवैध निकासी रोक्न वडाध्यक्ष सिग्देलको कडा माग

हेटौडामा नदिजन्य पदार्थको अवैध निकासी रोक्न वडाध्यक्ष सिग्देलको कडा माग

हेटौडा, मंसिर ३ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले जिल्लाभर नदिजन्य वस्तुको चोरी र अनियमित निकासी रोक्न तत्काल प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा हेटौडा उपमहानगरपालिकालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले हाल नदिजन्य पदार्थको चोरी, अवैध उत्खनन तथा ढुवानीको विगविगी बढ्दो अवस्थामा रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका हुन्। सिग्देलले नदिजन्य वस्तुसम्बन्धी अनियमितता तत्काल बंद गराउन सम्बन्धित निकायले छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। “नदिजन्य बस्तुको चोरी निकासीको विगविगी बढेको छ। यसबारे छानबिन गरी तुरुन्त कडा कारबाही होस्,” उनले स्टाटसमा उल्लेख गरेका छन्। हाल जिल्लाका विभिन्न स्थानबाट अनधिकृत…
Read More
नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चाबाट अलग, नयाँ राजनीतिक पुनर्संरचनाको संकेत

काठमाडौं, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समाजवादी मोर्चाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवसीले बुधबार जारी वक्तव्यमा मोर्चाको औपचारिक समाप्तिसँगै नेकपा अलग भएको जानकारी दिएका हुन्। २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जन जीविकाको संरक्षण र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ बनेको समाजवादी मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि, अपेक्षित गति लिन नसकेको नेकपाको निष्कर्ष वक्तव्यमा उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “जिन जि विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक रूपान्तरण आएको छ। नयाँ राजनीतिक बहस र एकताको आवश्यकता तीव्र रूपमा महसुस भएको अवस्थामा समाजवादी मोर्चाको औपचारिक भूमिका समाप्त भएको हाम्रो…
Read More
प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

प्रधानमन्त्री शुशिला कार्कीको सरकार जेन जि समर्थकमाथि एकतर्फी कारबाही गर्दैछ : नेकपा नेता रामसीको आरोप

हेटौँडा, कात्तिक २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामसीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकारप्रति तीव्र आलोचना गरेका छन्। उनले हालको सरकार जेन जि आन्दोलनको जगमा बनेको भए पनि सोही आन्दोलनका युवा र समर्थकमाथि “एकतर्फी मुद्दा र दमन” चलाइएको आरोप लगाएका हुन्। रामसीले आफ्नो स्टाटसमा लेखेका छन्, “लुटपाट र हत्याका घटना बाहेक आक्रोशमा गरिएको आगजनी र तोडफोडलाई बिद्रोहको हिस्सा मानिनु पर्छ, अपराध होइन। सरकारको अहिलेको कदम राजनीतिक समस्यालाई कानुनी बाटो देखाएर अन्याय गर्न खोज्नु हो।” उनले घटनामा यथार्थ दोषी राज्य पक्ष र तत्कालीन नेतृत्वमाथि छानबिनको माग गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
Read More
पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

पूर्वमन्त्री आफताव आलमको निधनमा रौतहटका चार नगरपालिकामा शोक बिदा

रौतहट, कात्तिक २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनप्रति सम्मानस्वरूप रौतहट जिल्लाका चार नगरपालिकामा आइतबार एकदिने शोक बिदा दिइएको छ। शनिबार बिहान २ः५८ बजे काठमाडौँको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा पूर्वमन्त्री आलमको निधन भएपछि राजपुर, परोहा, इशनाथ र बौधीमाइ नगरपालिकाले आफ्ना मातहतका कार्यालय तथा शिक्षण संस्थाहरू आइतबार बन्द राख्ने निर्णय गरेका हुन्। राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनाअनुसार नगर प्रमुख मोहम्मद डा. राजिक आलमका पिता एवम् पूर्वमन्त्री आलमको निधनमा नगरपालिकाभर शोक बिदा दिइएको छ। त्यस्तै, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जारी सूचना मार्फत् रौतहट क्षेत्र नं. २ का पूर्व…
Read More
“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

हेटौँडा, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामसीले जेन जि आन्दोलनका समर्थकहरुमाथि भइरहेको पक्राउ र आक्रमण प्रति तीव्र आपत्ति जनाएका छन्। रामसीले आफ्नो सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हेटौंडा–११ निवासी युवा व्यवसायी सुजन अधिकारीलाई जेन जि आन्दोलनमा समर्थन गरेको कारण बिना गल्ती मकवानपुर प्रहरीले २०८२ साल कात्तिक २२ गते बिहान १० बजे गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले अधिकारीमाथि कुनै प्रमाणबिनै पक्राउ गरिएको भन्दै तत्काल सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। “गल्तीको प्रमाण भए कारबाही गर्नु ठिकै हो, तर निर्दोष युवालाई पक्राउ गर्नु न्यायसंगत होइन,” रामसीले लेखेका छन्। रामसीले जेन जि आन्दोलनप्रति…
Read More
नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’का कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठकले घोषित निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिइएको छ। पार्टीले देशभर संगठनात्मक एकता, जनसहभागिता र निर्वाचन तयारीलाई सुदृढ बनाउन यस अभियानलाई केन्द्रीय महत्वका रूपमा…
Read More
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ६३ वर्षीय आलमको कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार हुँदै आएको थियो। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्। गत जेठमा नक्खु कारागारबाट छुटेका आलमलाई केही समयअघि ब्रेन स्ट्रोक भएको थियो। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। २०६४ सालको संविधानसभा निर्वाचन तयारीका क्रममा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली…
Read More
राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्। वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले…
Read More
नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

हेटौँडा, कात्तिक २१ गते । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१० वडा कमिटीको आयोजनामा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ। पार्टीका जिल्ला कमिटीका सदस्य, जिल्ला प्रतिनिधि परिषद् सदस्य, नगर कमिटीका सदस्य, नगर परिषद् सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, संगठित सदस्यहरू लगायत आम नागरिकलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। कार्यक्रम २०८२ साल कात्तिक २२ गते बिहान ११:३० बजे स्थान होटेल प्रकाशको सभा हलमा तय गरिएको छ। वडा कमिटीले जारी गरेको सूचनामा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.