समाचार

पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी सुधार आवश्यक : महावीर पुन

पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी सुधार आवश्यक : महावीर पुन

काठमाडौँ,चैत २५ गते । प्रतिनिधिसभा सदस्य तथा वैज्ञानिक महावीर पुनले नेपालमा पुराना सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न विद्यमान कानुनी संरचनामा सुधार आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो कार्य अघि बढाउन पहिलो कदमका रूपमा हालसम्म बनेका ऐन, नियमावली, कार्यविधि र मापदण्ड संशोधन गर्नुपर्ने बताएका हुन्। उनका अनुसार, विद्यमान कानुनी व्यवस्था व्यवसायीहरूका लागि सहज नभएकाले त्यसलाई व्यावहारिक बनाउनु आवश्यक छ। पुनले सम्बन्धित ऐन, नियमावली र कार्यविधिको गहन अध्ययन गरी सुधारका लागि सुझाव संकलन गरिने जानकारी दिएका छन्। यसका लागि विज्ञहरूसँग छलफल गर्न एक हप्ताभित्र बैठक आयोजना गरिने पनि उनले उल्लेख गरेका छन्। यस अभियानमा सहभागी…
Read More
नेपाल पत्रकार महासङ्घको आपत्ति: अख्तियार अधिकारीद्वारा पत्रकारलाई भिडियो खिच्न रोक लगाइएको घटनाप्रति कडा प्रतिक्रिया

नेपाल पत्रकार महासङ्घको आपत्ति: अख्तियार अधिकारीद्वारा पत्रकारलाई भिडियो खिच्न रोक लगाइएको घटनाप्रति कडा प्रतिक्रिया

काठमाडौँ,चैत २५ गते । नेपाल पत्रकार महासङ्घले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख सहसचिव नारायण प्रसाद रेग्मीले सार्वजनिक कार्यक्रममा पत्रकारलाई भिडियो खिच्न रोक लगाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, चैत्र २४ गते व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रेग्मीले आफ्नो मन्तव्यका क्रममा पत्रकारहरूलाई तस्बिर तथा भिडियो खिच्न रोक लगाएका थिए। उक्त घटनाबारे महासंघ तनहुँ शाखाले जानकारी गराएको हो। महासंघले संवैधानिक निकायका जिम्मेवार अधिकारीबाट नागरिकलाई सुसूचित गराउने कर्तव्य निर्वाह गरिरहेका पत्रकारहरूको स्वतन्त्रतामाथि यस्तो हस्तक्षेप हुनु अत्यन्त निन्दनीय भएको जनाएको छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै महासंघले यस घटनालाई प्रेस स्वतन्त्रताविरुद्धको कदमका रूपमा लिएको छ। विज्ञप्तिमा…
Read More
अभद्र व्यवहार मुद्दामा सागर लम्सालमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

अभद्र व्यवहार मुद्दामा सागर लम्सालमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

काठमाडौँ, चैत २३ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका सागर लम्साल माथि अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार “बले” भनेर चिनिने सागर लम्साल लाई २०८२ साल चैत्र २० गते पक्राउ गरिएको हो। उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। यसैबीच, घटनासम्बन्धी सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा सञ्चार एजेन्सीको नाममा सञ्चालित एकाउन्टहरूबाट विभिन्न अभिव्यक्ति, धारणा तथा सूचनाहरू सार्वजनिक भइरहेकोप्रति प्रहरीको ध्यानाकर्षण भएको छ। प्रहरीले अभद्र व्यवहारसम्बन्धी अनुसन्धान जारी रहेको अवस्थामा भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण नगर्न र नगराउन सबैमा आग्रह गरेको छ। प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पवनकुमार…
Read More
स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, चैत २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले शासकीय सुधार अन्तर्गतका कार्यसूचीहरू कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, सिंहदरबारबाट जारी सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनका आधारमा समिति गठन गरिएको हो। मन्त्रिपरिषद्को मिति २०८२ साल चैत्र १३ गतेको बैठकबाट स्वीकृत एक सय शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८२ चैत्र १९ गते बसेको बैठकको निर्णयअनुसार प्राध्यापक डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा समिति गठन गरिएको हो। उक्त निर्णयलाई मिति २०८२ चैत्र २२ गते मन्त्रीस्तरबाट अनुमोदन गरिएको जनाइएको छ। समितिमा महाशाखा प्रमुख डा. सरोज शर्मा, डा. भीमप्रसाद सापकोटा, उपसचिव…
Read More
ललितपुरमा ७ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

ललितपुरमा ७ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

ललितपुर, चैत १९ गते । ललितपुरमा प्रहरीले ७ किलोभन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा छपेली क्षेत्रमा नियमित चेकजाँचका क्रममा प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले मोटरसाइकल रोकेर जाँच गरेको थियो। हेटौंडाबाट भैंसेपाटीतर्फ जाँदै गरेको बा ८६ प ४००९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट ७ किलो ५ सय २४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–४ निवासी ३७ वर्षीया सुन्तली तामाङ रहेको पुष्टि भएको छ। अर्का एक जनाको परिचय भने हालसम्म खुलाइएको छैन। प्रहरीले बरामद लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Read More
एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ‘राष्ट्रहितविपरीत सम्झौता’ भन्दै संसदमा आपत्ति

एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ‘राष्ट्रहितविपरीत सम्झौता’ भन्दै संसदमा आपत्ति

काठमाडौं, चैत १९ गते । हर्क साम्पाङले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद साम्पाङले एमसीसी सम्झौता राष्ट्रहितविपरीत रहेको दाबी गरे। उनले उक्त सम्झौताले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाधीनतामा असर पार्ने आशंका व्यक्त गरे। साम्पाङले आफू संसदमा जनताको आवाज प्रतिनिधित्व गर्न आएको उल्लेख गर्दै देशको हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा जोड दिए। “राष्ट्रको हितभन्दा माथि कुनै सम्झौता हुन सक्दैन,” उनले भने। उनका अनुसार एमसीसी सम्झौता असमान र राष्ट्रघाती प्रकृतिको भएको भन्दै यसलाई तत्काल खारेज गर्न आवश्यक रहेको बताए। उनले सरकारले दीर्घकालीन प्रभावलाई…
Read More
सरकारी सञ्चारमाध्यममै मात्र सूचना प्रकाशन गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको कडा आपत्ति, तत्काल फिर्ता लिन माग

सरकारी सञ्चारमाध्यममै मात्र सूचना प्रकाशन गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको कडा आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं, चैत १९ गते । सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई लक्षित गरी जारी गरिएको उक्त परिपत्रप्रति असहमति र आपत्ति प्रकट गरेको हो। महासंघका अनुसार कोरोना महामारी र पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण निजी सञ्चारमाध्यमहरू पहिल्यै संकटमा रहेका बेला सरकारी विज्ञापनलाई पूर्ण रूपमा सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयले निजी क्षेत्र झनै कमजोर हुने खतरा बढाएको छ। विज्ञप्तिमा भनिएको छ कि यस्तो निर्णयले निजी सञ्चारमाध्यमहरू बन्द…
Read More
शंकर पोखरेलको राजीनामा माग्दै एमालेनिकट विद्यार्थीहरूको प्रदर्शन, सुहाङ नेम्वाङको पक्षमा नाराबाजी

शंकर पोखरेलको राजीनामा माग्दै एमालेनिकट विद्यार्थीहरूको प्रदर्शन, सुहाङ नेम्वाङको पक्षमा नाराबाजी

काठमाडौँ, चैत १८ गते । शंकर पोखरेलको राजीनामा माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु का विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। राजधानीस्थित अस्कल क्याम्पस बाट सुरु भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले पोखरेलविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा माग गरेका थिए। प्रदर्शनका क्रममा विद्यार्थीहरूले पार्टीभित्र नेतृत्व परिवर्तनको मागसमेत अघि सारेका छन्। प्रदर्शनका क्रममा सुहाङ नेम्वाङ को पक्षमा पनि नाराबाजी भएको थियो। नेम्वाङ एमाले संसदीय दलको नेताका आकांक्षीमध्ये एक रहेका छन्। विद्यार्थीहरूले पार्टीभित्र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै नेम्वाङलाई समर्थन जनाएका हुन्। विद्यार्थीहरूले नेतृत्व चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने माग राख्दै वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको…
Read More
निजामती कर्मचारीको विवरण अद्यावधिक गर्न विशेष अभियान सुरु, इमेलमार्फत विवरण पठाउन आग्रह

निजामती कर्मचारीको विवरण अद्यावधिक गर्न विशेष अभियान सुरु, इमेलमार्फत विवरण पठाउन आग्रह

काठमाडौँ, चैत १८ गते । राष्ट्रिय किताबखानाले निजामती कर्मचारीहरूको वैयक्तिक विवरण (PIS) अद्यावधिक गर्न विशेष अभियान सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अद्यावधिक नभएका कर्मचारी विवरणहरूलाई व्यवस्थित र अद्यावधिक बनाउने उद्देश्यले उक्त सार्वजनिक सूचना जारी गरिएको हो। जारी सूचनाअनुसार राष्ट्रिय किताबखानामा रहेको आफ्नो विवरण अद्यावधिक नभएको अवस्थामा कर्मचारीहरूले नागरिक एप वा विभागको वेबसाइटमा रहेको PIS login मार्फत के–कस्ता सूचना अद्यावधिक हुन बाँकी छन् भन्ने यकिन गर्नुपर्नेछ। त्यसपछि वेबसाइटमा उपलब्ध ‘कर्मचारी सूचना अद्यावधिक विशेष अभियान फारम’ भरी आवश्यक विवरण तथा त्यसको पुष्टि गर्ने कागजात संलग्न गरी update@pis.gov.np इमेल मार्फत पठाउन आग्रह गरिएको छ। सूचनामा प्रचलित कानुन बमोजिम अद्यावधिक गर्न मिल्ने सम्पूर्ण विवरणहरू…
Read More
भूमि कार्यालयमा बिचौलियामाथि कडाइ: परिचयपत्र बिना प्रवेश निषेध, कार्यान्वयन नभए कार्यालय प्रमुख जिम्मेवार

भूमि कार्यालयमा बिचौलियामाथि कडाइ: परिचयपत्र बिना प्रवेश निषेध, कार्यान्वयन नभए कार्यालय प्रमुख जिम्मेवार

काठमाडौँ, चैत १८ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि नापी विभागले देशभरका भूमि तथा नापी कार्यालयहरूमा अनधिकृत व्यक्ति (बिचौलिया) को प्रवेशमा कडाइ गर्ने व्यवस्था लागू गर्न आग्रह गरेको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउने उद्देश्यसहित यस्तो कदम चालिएको हो। मन्त्रालयको च.नं. ११३०, मिति २०८२ साल चैत १८ गतेको पत्र तथा सोही मितिको सचिवस्तरीय निर्णयका आधारमा नापी विभाग योजना तथा जग्गा प्रशासन शाखाले सबै विशेष नापी कार्यालय, नापी कार्यालयहरू तथा नापी कार्यालय बनेपा (डिजिटल) लाई निर्देशन जारी गरेको हो। जारी निर्देशन अनुसार अब कार्यालयमा प्रवेश गर्नुअघि सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ। साथै,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.