समाचार

कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

काठमाडौं, मंसिर २६ गते । लोकेशन तथा डिजिटल ठेगाना प्रविधिमा तीव्र रूपमा विस्तार भईरहेको ‘कहाँ एप’ले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै नयाँ सुविधा ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले होस्टल सञ्चालनमा आवश्यक दैनिक प्रशासनिक कामलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ। पहिले नै ‘कहाँ ट्याग’मार्फत देशभरका घर, संस्था तथा व्यवसायको डिजिटल ठेगाना व्यवस्थापनमा सफल रहेको एपले निजी तथा सरकारी निकायसँग सहकार्य गर्दै सेवा विस्तार गरिरहेको छ। ललितपुर महानगरपालिकासँगको सहकार्य, विभिन्न सरकारी परियोजना, तथा नेपाल पर्यटन बोर्डसँग मिलेर १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन सम्पन्न गर्नु कम्पनीका…
Read More
झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

झापा, मंसिर २४ गते । शिवसताक्षी नगरपालिकामा एक वृद्धा महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको छ। शिवसताक्षी–१० स्थित माईखोला र सरदारेखोलाको दोभान नजिक स्थानीय जीवनटोल निवासी करिब ६२ वर्षीया बिमला माझीको शव भेटिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

गरिमा विकास बैंकले ठगी गरेको आरोपमा ऋणीद्वारा जिल्ला प्रहरी कार्यालय मलंगवामा आत्मदाह प्रयास, सर्लाही तनावग्रस्त

सर्लाही, मंसिर २४ गते । गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया ‘बिन’ले बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रांगणमै आफूलाई पेट्रोल छर्किएर आगो लगाई आत्महत्या प्रयास गरेका छन्। बैंकले ठगी गरी आफूको सम्पूर्ण जग्गा–जमिन लिलामी गरेको आरोप लगाउँदै मुखियाले आत्मदाह प्रयास गरेको जनाइएको छ। उनका अनुसार बैंक, प्रहरी र प्रशासन सबैले मिलेमतो गरेर आफूलाई न्याय नदिएको र उल्टै दबाब बढाइरहेको कारण आफू मानसिक रूपमा थिचिएको बताएका थिए। यिनै कारणले असहाय महसुस गर्दै उनले कार्यालय परिसरमै आगो लगाएको बताइएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठूलो संख्यामा स्थानीयको भीड बढेको छ र वातावरण केही समय तनावग्रस्त बनेको छ। प्रहरीको तत्काल हस्तक्षेपपछि…
Read More
भिमेश्वर–६ चिताङथलीमा गोठमा भीषण आगलागी, सुरक्षा निकायको तुरुन्तै हस्तक्षेपमा नियन्त्रण

भिमेश्वर–६ चिताङथलीमा गोठमा भीषण आगलागी, सुरक्षा निकायको तुरुन्तै हस्तक्षेपमा नियन्त्रण

दोलखा, मंसिर २३ गते । भिमेश्वर नगरपालिका–६ चिताङथलीमा आज साँझ रामकृष्ण श्रेष्ठको दुई तले ढुङ्गा–माटोले बनेको कच्ची गोठमा आगलागी भएको छ। कुँडो पकाउने क्रममा सुरु भएको आगो विस्तारै फैलिँदै गएपछि दोलखास्थित सबै सुरक्षा निकायका सिनियर अधिकृतको नेतृत्वमा उद्धार टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। सुरक्षा निकायका टोली तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब साढे सात बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै पनि मानवीय क्षति वा गोठमा राखिएका चौपायामा समेत क्षति भएको छैन। प्रहरीका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ।
Read More
डिप्लोमा कार्यक्रम पुनः सञ्चालन इच्छुक संस्थालाई १० दिनभित्र जानकारी दिन मन्त्री पुनको आह्वान

डिप्लोमा कार्यक्रम पुनः सञ्चालन इच्छुक संस्थालाई १० दिनभित्र जानकारी दिन मन्त्री पुनको आह्वान

काठमाडौं, मंसिर २३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले वर्षौंदेखि रोकिँदै आएका डिप्लोमा कार्यक्रमहरू पुनः सञ्चालन गर्न इच्छुक शैक्षिक संस्थाहरूलाई १० दिनभित्र मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै २०६९ सालदेखि हालसम्म CTEVT बाट सम्बन्धन लिएर आवेदन दिएका, पूर्वाधार निरीक्षण गरिएका, LOI प्राप्त गरेका वा स्थलगत निरीक्षण भइसकेका–नभइसकेका सबै प्रकारका निजी तथा अन्य संस्थाहरूले पुरानो निवेदनको फोटोकपीसहित पुनः सूचना दिनुपर्ने बताएका छन्। मन्त्री पुनका अनुसार तीमध्ये कार्यक्रम सञ्चालन गर्न नचाहने संस्थाहरूले भने नयाँ निवेदन दिनु नपर्ने स्पष्टिकरण दिएका छन्। उनका अनुसार सबै निवेदनहरूको छानबिन द्रुत गतिमा भइरहेको छ र…
Read More
सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय

सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय

काठमाडौं, मंसिर २२ गते । सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। गत चैत १५ गते तीनकुने घटनामा समाचार संकलनका क्रममा ज्यान गुमाएका रजकलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार रजक पत्रकारिताको दायित्व निर्वाह गर्ने क्रममा ज्यान गुमाएकाले सरकारले सम्मानस्वरूप सहिद घोषणा गर्ने निर्णय गरेको हो। पत्रकार रजकलाई सहिद घोषणा भएपछि परिवारजनले पाउने सहुलियतलगायतका प्रक्रियाहरू अब सम्बन्धित मन्त्रालयमार्फत अघि बढाइनेछ।
Read More
अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र

अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीद्वारा शिक्षा मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं, मंसिर २२ गते । अखिल नेपाल विद्यार्थी यूनियन समाजवादी केन्द्रीय समितिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई २८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर शिक्षा क्षेत्रका विद्यमान समस्या समाधानको तत्काल पहल गर्न आग्रह गरेको छ। संगठनका अध्यक्ष नरेन्द्र सीले हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म देखिएका संरचनात्मक कमजोरी, व्यापारीकरण, दलीय भागबण्डा, शुल्कको अनियमितता र सार्वजनिक शिक्षाको कमजोर पहुँचमा गम्भीर ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा विगतका दलीय भागबण्डाका आधारमा भएका विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका सबै नियुक्ति खारेज गरी मेरिटका आधारमा नयाँ नियुक्ति गर्न, विद्यार्थीलाई यातायात–मनोरञ्जन–स्वास्थ्यमा ४५ प्रतिशत छुट पुनः लागू गर्न तथा सबै विद्यार्थीलाई केन्द्रीकृत स्वास्थ्य बीमामा आबद्ध गराउन माग गरिएको छ। संविधानमा व्यवस्था…
Read More
११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

काठमाडौँ, मंसिर २२ गते । नेपालको राजनीतिक वातावरन फेरि एकपटक तातिएको छ। सेप्टेम्बर विद्रोहपछि निरन्तर विवादमा परिरहेको ‘जेनेरेसन जी’ (Gen Z) आन्दोलनले आज निर्णायक चेतावनी दिंदै अन्तरिम सरकारमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ। सह–संयोजक अर्जुन शाहीले थुनामा रहेका ११ हजार युवालाई तुरुन्त मुक्त नगरे देशव्यापी उग्र आन्दोलन सुरु गर्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले सरकारले अपनाएको ‘दमनको राजनीति’ लाई आक्रोशपूर्वक प्रश्न गर्दै तीन प्रमुख मागहरु सार्वजनिक गरे— १) ११ हजार युवा कार्यकर्ताको तत्काल, निःशर्त रिहाइ २) लगाइएका सबै ‘राजनीतिक प्रेरित झुटा मुद्दा’ तुरुन्त फिर्ता ३) देशभर युवाविरुद्ध भइरहेको धरपकड र निगरानीको अन्त्य “सामाजिक…
Read More
‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

काठमाडौं, मंसिर २१ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। मन्त्री जगदीश खरेलले उनलाई रिक्त पदका लागि सरकारले गरेको मनोनयनअनुसार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्। नियुक्ति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले हालको सञ्चार वातावरणलाई व्यवस्थित र जिम्मेवार बनाउन प्रेस काउन्सिलले अग्रसर भूमिकामा रहनुपर्ने आवश्यकता दोहोर्‍याए। उनले आम सञ्चारमाध्यमदेखि नयाँ डिजिटल मिडियासम्म सबैलाई मर्यादित, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा काउन्सिलले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। मन्त्री खरेलका अनुसार संविधान र प्रचलित कानुनको दायरा भित्र रहेर सञ्चार क्षेत्रको सुधार सम्भव छ, र त्यसका लागि…
Read More
हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

ललितपुर, मंसिर १८ गते । सामाजिक सञ्जालमा लामो समयदेखि हेटौंडाको अधिकार, विकास र नागरिक हितका विषय उठाउँदै आएका भैरव समूहका संयोजक दिभेष शाक्यले अब आफू प्रत्यक्ष रूपमा कानुनी र प्रशासनिक तहमा उभिएर संघर्ष गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विस्तृत अभिव्यक्तिमा उनले हेटौंडाका नागरिकले पाउनुपर्ने हकहित र न्यायको मुद्दालाई अब निर्णायक पहलकदमीमार्फत अघि बढाउने प्रतिवद्धता जनाएका छन्। शाक्यले आफ्नो पोस्टमा पछिल्ला चर्को बहस, जनता–समुदायका अपेक्षा तथा बढ्दो जिम्मेवारीले आफूलाई अझ सशक्त रूपमा हेटौंडाको पक्षमा उभिन प्रेरित गरेको उल्लेख गरेका छन्। “यो अब केवल प्रतिवाद वा बोलाइ मात्र होइन, हेटौंडाको भविष्य र अधिकारका लागि निर्णायक पहल हो,” उनले लेखेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.