राप्ती खबर

1255 Posts
ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीलाई दियो अनावश्यक तनाब

ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीलाई दियो अनावश्यक तनाब

मकवानपुर । ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीलाई अनावश्यक तनाब दिने बचतकर्ताको बचत फिर्ता नगर्ने जस्ता कार्य गरेको पाइएको छ । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडसँग एकीकरण गरेको एक वर्ष बित्न पाउँदा नपाउँदै ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यस्तो समस्या देखा परेको हो । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेड ज्योतिमा मर्च हुनुपूर्व भएका सेवाग्राहीको ऋण मर्च भैसकेपछी बढी देखाएको छ । सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको पूर्व सेवाग्राहीलाई पत्र मार्फत समयमै सबै कर्जा चुक्ता नगरे घरजग्गा रोक्का गर्ने, घरको जायजेथा जफत गर्ने भनी ठाडो चेतावनी समेत दिएको पाइन्छ । पत्रमा ऋण, ब्याज र हर्जना केकती छ…
Read More
बकैयामा भूमिहीन सुकुम्बासी तथा दलित समुदायलाई जग्गाको लालपुर्जा वितरण गरिने

बकैयामा भूमिहीन सुकुम्बासी तथा दलित समुदायलाई जग्गाको लालपुर्जा वितरण गरिने

बकैया । मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोटस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा यही चैत ३१ गते आइतबार बिहान ७:३० बजेदेखि सुरु हुन गइरहेको विशेष समारोहमार्फत भूमिहीन सुकुम्बासी तथा दलित समुदायलाई जग्गाको लालपुर्जा वितरण गरिने भएको छ । गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीको प्रमुख आतिथ्यता रहने जनाईएको छ । लामिछानेले जानकारी दिएअनुसार सो कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समिति तथा…
Read More
गोलि लागि एक सैनिक जवानको मृत्यु

गोलि लागि एक सैनिक जवानको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास रहेका छन् । ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । खनालका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरि फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो ।
Read More
नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान

नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान

काठमाडौँ। नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान भएको छ। सुनको भाउ आज एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्न गएको हो। जसअनुसार सुनको भाउ आज प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाली सुनचादी व्यवसायी महासङ्घले जनाएको छ। गएको चैत्र ३१ गते भने सुनको भाउ तोलाको १ लाख ८६ हजारमा कारोबार भएको थियो। यस्तै आज फेरि चाँदीको भाउमा पनि मूल्य बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउमा भने तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
Read More
बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

बहिनीको हत्या गरेर दाईले ट्याङकीमा शव लुकाए

ललितपुर। ललितपुरमा दाईले नै बहिनीको हत्या गरेका छन्। ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ११ वर्षिया दुर्गा बोहराको हत्या भएको हो। हत्याका संलग्न उनका १५ वर्षिय दाईलाई प्रहरीले पक्राउ गरेको छ। गत २९ चैतमा दुर्गाको शव ललितपुर महानगरपालिका– ९ खपिन्छेस्थित बाबुराजा अवालेको घरको पानी ट्याङकीमा भेटिएको थियो। दुर्गा हराएको भनेर चैत ६ गते नै उनकी आमा भगवतीले निवेदन दिएकी थिइन्।
Read More
सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरीको देवानगञ्जमा गोली प्रहार हुदा २ जना गम्भीर घाइते

सुनसरी। सुनसरी सिमावर्ती क्षेत्र रहेको देवानगञ्ज गाउँपालिका वडा नं - २ स्थित यादव टोलदेखि पश्चिम रा.सी जाने बाटोमा सोमबार साँझ गोली हानाहान भएको छ। उक्त घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरू देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा अन्दाजी २४ वर्षीय रविन्द्र यादव र शिवु मेहता रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका कारण विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read More
अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा। झापाको अर्जुनधारा स्थित जलेश्वरधामले बुधबार १९ जोडी नव दुलाह–दुलहीको सामूहिक विवाह सम्पन्न गरेको छ। धामका अध्यक्ष नविन गट्टानीको २५ औं जन्मोत्सव तथा सनातनी धर्मको प्रवर्द्धनका लागि आयोजित उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो। सामूहिक विवाहका प्रमुख अतिथि संघीय सांसद तथा सभामुख देवराज घिमिरे थिए। उनले नवविवाहित जोडीलाई शुभकामना दिँदै मानव जीवनको सुरुवातसँगै आएको महत्वपूर्ण दिनलाई सुनौलो बनाउन प्रेरित गरे। सभामुख घिमिरेले जलेश्वरधामको चौतर्फी विकास आवश्यक रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे। आर्थिक रूपमा कमजोर परिवारलाई विवाहमा सहजता प्रदान गर्न धामको अगुवाइमा अध्यक्ष गट्टानीले विशेष पहल गरेका थिए। मुख्य अर्चक अग्नी सिग्देलका अनुसार केही…
Read More
निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हेटौंडा। जसपा नेपाल बागमती प्रदेश समितिले पार्टीको साधन सदस्य नरहने गरी कारबाहीमा परेका व्यक्ति निवर्तमान सोमबहादुर घलानलाई एक प्रेस विज्ञप्ति मार्फत पार्टीलाई अराजकता तर्फ लैजाने क्रियाकलापहरू अथवा विधान विपरीत कुनै पनि गैर जिम्मेवारी कार्य नगर्न नगराउन सचेत गराइएका छन्। आज एक प्रेस विज्ञप्ति मार्फत जसपा नेपाल बागमती प्रदेश समितिका अध्यक्ष जीवन लामाले उक्त विषयमा जानकारी गराएका हुन्। निवर्तमान अध्यक्ष सोमबहादुर घलानले आफू कुनै पनि साधारण सदस्य नरहेको बखत पनि पार्टीको विधान विपरीत हुनेगरी लेटर,प्याड,छाप र लोगो आदिको दुरुपयोग गरिएको विषयमा जसपा नेपाल बागमती प्रदेश समितिको आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। साथै निवर्तमान अध्यक्ष घलानलाई आजैको मितिबाट त्यस प्रकारका कुनै पनि…
Read More
नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बिनाकारण हिरासतमा राखिएका अभियन्ताहरुलाई यथाशीघ्र रिहाइ गर्न माग गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारी अस्पतालमाथी गरेको हस्तक्षेपका विरुद्धमा मिति २०८१/१२/३१ गते प्रतिष्ठानको बोर्ड भएको ठाउँमा हेटौँडा अस्पतालको बोर्ड राखिएको थियो । प्रतिष्ठानको दबावमा सिडियो र प्रहरी एसपिले उक्त बोर्ड राख्ने कार्यमा संलग्न अभियन्ताहरुलाई मिति २०८२/०१/४ गते छलफल र बार्ता गर्ने बहानामा जिल्ला प्रहरी कार्यलयमा बोलाएर ५ दिनको म्याद थप गरि हिरासतमै राखिएको थियो । जसमा हेटौँडा अस्पताल…
Read More
इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत  मकवानपुरगढी-२  धरमपानीमा  काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरको इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी  ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने  १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.