२०८३ जेष्ठ १४, बिहीबार ११:४२
२०८३ जेष्ठ १४, बिहीबार ११:४२
भारत,जेठ १४ गते। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो एलिमिनेटर खेलमा राजस्थान रोयल्स विजयी हुँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। न्यु चण्डिगढमा बुधबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थानले फाइनल यात्रा कायम राखेको हो। अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। टस हारेर पहिला ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल तयार गरेको थियो। राजस्थानको उच्च स्कोरमा युवा ब्याटर वैभव सूर्यवंशी नायक बने। उनले केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेल्दै मैदान तताए। आफ्नो इनिङ्समा उनले १२ छक्का र ५ चौका प्रहार गरेका थिए। यससँगै सूर्यवंशीले आईपीएलको…