राप्ती खबर

1167 Posts
आन्दोलनकै बीचमा पद त्याग्ने नेताहरू कायरः वडाध्यक्ष फुर्वा दुर्जे लामा

आन्दोलनकै बीचमा पद त्याग्ने नेताहरू कायरः वडाध्यक्ष फुर्वा दुर्जे लामा

हेटौडा, भदौ २८ गते । हेटौडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्वा दुर्जे लामाले आन्दोलनकै बीचमा पद छाड्ने नेताहरूलाई कायर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेकपा एमालेका केही नेताहरूले आन्दोलन सुरु भएको दुई दिनमै पदबाट राजीनामा दिन थालेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्। लामाले लेखेका छन्, “२ दिनको आन्दोलनमा नेकपा एमाले छोड्दै पदबाट राजीनामा दिए भने स्टाटस लेख्नेहरू पार्टीको नेताहरुलाई जे मन लाग्छ तेही लेख्छन्। अनि आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने कायरहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देखिनु हुँदैन।” उनले आन्दोलनको घडीमा नेता तथा कार्यकर्ताले जिम्मेवारी बोकेर अघि बढ्नु पर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा मात्र सक्रिय…
Read More
देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

देशका लागि बलिदान दिने युवा पुस्तालाई श्रद्धाञ्जली, राष्ट्रपति पौडेल, सेना प्रमुख सिक्देल र प्रधानमन्त्री कार्कीलाई सलाम

मकवानपुर, भदौ २८ गते । ईन्द्रसरोवर गाउँपालिका–२ का वडा अध्यक्ष सुमन श्रेष्ठले हालैको जनआन्दोलनमा जीवन आहुति दिने युवा पुस्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले साना–साना ज्यानको बाजी राखेर आमाको काख रित्याउँदै देशको लागि लड्ने Gen Z पुस्ताका भाइबहिनीलाई ‘रियल हिरो’को संज्ञा दिँदै श्रद्धा प्रकट गरेका हुन्। श्रेष्ठले राष्ट्र संकटको घडीमा संविधान र राष्ट्रिय स्वाधीनता जोगाउन दृढ रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘माहान व्यक्तित्व’ भन्दै सलाम गरेका छन्। विदेशी दबाबका बीच पनि पद नत्यागी देशलाई जोगाउन उहाँको अटुट अडान ऐतिहासिक रहेको उनको भनाइ छ। त्यसैगरी, नेपाली सेनाले जिउधनको सुरक्षासहित देशलाई विदेशी प्रभावबाट बचाउन खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति असोकराज…
Read More
राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्नुभएको छ। शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी २०८२ साल भदौ २७ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रतिनिधि सभा विघटन भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यससँगै नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति पनि तोकिएको छ। आगामी २०८२ साल फागुन २१ गते बिहिबार निर्वाचन गर्ने निर्णय गरिएको उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति कार्यालयका अनुसार विघटनपश्चात अब निर्वाचन आयोगले तय समयसीमाअनुसार आवश्यक तयारी अघि बढाउनेछ।
Read More
‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

‘GenZ पुस्ताको नेतृत्व हृदयन्द्र वीरविक्रम शाहलाई दिनुपर्छ’ : कलाकार सागर लम्साल (बले)

काठमाडौं, भदौ २७ गते । हास्य कलाकार तथा मोडल सागर लम्साल क्षेत्री (बले) ले सामाजिक सञ्जालमार्फत वर्तमानको आन्दोलन र नेतृत्व चयनमा आफ्नो विचार सार्वजनिक गरेका छन्। उनले यदि वास्तवमै जेन जि (GenZ) पुस्ता अगाडि ल्याउने हो भने हृदयन्द्र वीरविक्रम शाहलाई नेतृत्वमा सार्नुपर्ने बताएका छन्। उनको भनाइअनुसार, नयाँ पुस्ताले परम्परागत सोचभन्दा फरक तरिकाले सोच्नुपर्ने बेला आएको छ र यस क्रममा शाहलाई अगाडि सार्दा उपयुक्त हुने विश्वास उनले व्यक्त गरेका छन्। बलेले आफ्नो फेसबुक स्टाटसमार्फत यो विचार राखेका हुन्।
Read More
‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

‘सञ्चार र विदेश मन्त्रालय सम्हाल्न तयार छु’ – गायक राजेश पायल राई

काठमाडौं, भदौ २७ गते । गायक राजेश पायल राईले सामाजिक सञ्जालमार्फत आफू सञ्चार तथा विदेश मन्त्रालय सम्हाल्न तयार रहेको दाबी गरेका छन्। उनले प्रधानमन्त्री बन्ने माग नगरेको स्पष्ट गर्दै, तर सञ्चार, पर्यटन र विदेश मामिलामा नेतृत्व गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्। राईले लेखेका छन्, “#GEN_Z भाइहरु, मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस, प्रधानमन्त्री मागेको छैन। किनभने म सञ्चार र पर्यटन सम्हाल्न सक्छु। यदि म भन्दा बढी विदेश पुगेको प्रमाण कसैसँग छ भने पासपोर्ट हेरेर प्रमाणित गरौँ।” उनले पर्यटन र संगीतको विकासमा विशेष ध्यान दिन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। उनका अनुसार आँट गर्न सक्ने हो भने असम्भव…
Read More
हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

हेटौँडामा जेन जी आन्दोलनपछि विशालराज महतले अराजकता नियन्त्रण र सफाइ अभियानको आव्हान

मकवानपुर, भदौ २६ गते । सामाजिक सुधारका लागि चलाइएको जेन्जी आन्दोलनमा अग्रपंक्तिमा रहेकाहरु मध्येका विशालराज महतले बुधबार आफ्नो अनुभव सार्वजनिक गर्दै आन्दोलनले अनपेक्षित विध्वंश भएको स्वीकार गरेका छन्। महत्वपूर्ण दस्तावेज, सम्पत्ति र विभिन्न स्थानमा भएको तोडफोड र चोरी घटनाबारे उनले भने, “आन्दोलनको मक्सद सरकारको राजीनामा भएको थियो र त्यसपछि आन्दोलन सकिनु पर्ने थियो। तर जेन जीको नाममा केही घुसपैठ भयो, जसले नचाहिँदो क्षति पुर्‍यायो। हामीले बुझ्न सकेनौं।” महतले हेटौँडामा भएका लुटपाट र तोडफोडमा मकवानपुर बाहिरका अनुहार देखिएको, भाटभटेनी लगायतका स्थानबाट विभिन्न सामान चोरी भएको पनि स्वीकार गरेका छन् । उनले भने, “आजबाट हाम्रो लागि आन्दोलन सकिएको छ। अब अराजक गतिविधि…
Read More
विजयनगर गाउँपालिकामा तोडफोड–आगजनीमा संलग्न १६ जना पक्राउ

विजयनगर गाउँपालिकामा तोडफोड–आगजनीमा संलग्न १६ जना पक्राउ

कपिलवस्तु, भदौ २६ गते । विजयनगर गाउँपालिकामा तोडफोड र आगजनीमा संलग्न १६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको कुर्सी र केही कागजात बाहिर निकालेर जलाउँदै गर्दा इलाका प्रहरी कार्यालय गणेशपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये विजयनगर गाउँपालिका–७ का २१ वर्षीय विक्कु चौधरी, २८ वर्षीय विवेक चौधरी, ६० वर्षीय राजेन्द्र यादव, २१ वर्षीय लबुकस पाल र १८ वर्षीय महेन्द्र गिरी रहेका छन्। त्यस्तै, वडा नम्बर ७ लालपुरका २२ वर्षीय मुखलेस चौधरी, १६ वर्षीय मोनु पासी, २१ वर्षीय सुरेश कुर्मी, १९ वर्षीय जितेन्द्र चौधरी, २८ वर्षीय अभिषेक कुर्मी, २८ वर्षीय गोविन्द चौधरी र…
Read More
काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं, भदौ २६ गते । हालको सुरक्षा अवस्थाको विशेष विश्लेषणपछि राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले एक विज्ञप्ति जारी गर्दै नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिएको हो। विज्ञप्तिअनुसार, भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ। त्यसपछि, त्यही दिन साँझ ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागु गरिने उल्लेख गरिएको छ। साथै, अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ। सुरक्षाको दृष्टिकोणले…
Read More
GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

GenZ Nepal आन्दोलनको नेतृत्वमा भित्री चलखेल, वास्तविक प्रारम्भकर्ताको आवाज ओझेल

काठमाडौं, भदौ २६ गते । देशभर चलिरहेको GenZ Nepal आन्दोलन को नेतृत्वप्रति प्रश्न उठ्न थालेको छ। आन्दोलनको प्रारम्भकर्ता युवाहरूको आवाज अझै जनतासम्म पुग्न नसकेको तर पुराना नेताहरूका आफन्त तथा नातेदारहरूले आफूलाई GenZ नेताका रूपमा प्रस्तुत गर्दै भित्री चलखेल गरिरहेको आरोप लागेको छ। आन्दोलनको सुरुवात गर्ने मूल युवाहरूले भने आफूहरूको माग र विचारलाई प्रचार–प्रसारमा पाखा लगाइँदै आएको बताएका छन्। उनीहरूका अनुसार स्वतन्त्र पत्रकारहरूले समेत अन्तर्वार्ता वा प्रत्यक्ष धारणा लिन चासो नदेखाउँदा वास्तविक नेतृत्वको आवाज ओझेलमा पर्न पुगेको छ। “हाम्रो सानो प्रयासलाई सफल बनाउन र जनतासम्म साँचो आवाज पुर्‍याउन सबैको सहयोग र साथ आवश्यक छ,” उनीहरूले अपिल गरेका छन्। उनीहरू आशावादी छन्…
Read More
बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

बारा जिल्लामा आज राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू

बारा, कलैया, भदौ २६ गते । जिल्लाको शान्ति सुरक्षा र अमन चयन कायम गर्न बारा जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले मिति २०८२ साल भदौ २६ गते साँझ ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको जानकारी दिएका छन्। हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सार्वजनिक सम्पत्ति नोक्सान गर्ने, लुटपाट तथा आगजनी गर्ने, हिंसात्मक आक्रमणजस्ता गतिविधि हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) बमोजिम आदेश जारी गरिएको हो। कर्फ्यु अवधिमा कसैले पनि आउजाउ, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्। तर अत्यावश्यक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.