राप्ती खबर

1167 Posts
अदालतमा भएको आगजनि प्रति सर्वोच्चको दुःख, भदौ २९ देखि बन्दी प्रकरण दर्ता र सुनुवाइ हुने

अदालतमा भएको आगजनि प्रति सर्वोच्चको दुःख, भदौ २९ देखि बन्दी प्रकरण दर्ता र सुनुवाइ हुने

काठमाडौँ, भदौ २६ गते । सर्वोच्च अदालतले हालै भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको सर्वोच्चले न्यायिक संरचनामाथि भएको आगजनि, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनाप्रति गहिरो चिन्ता र दुःख प्रकट गरेको छ। सर्वोच्च अदालतसहित देशभरका अदालत भवनमा भएको क्षतिको कारण नेपालका न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू करिब नष्ट हुन पुगेको उल्लेख गर्दै सर्वोच्चले नागरिकहरूको सम्पत्ति जोगाउन खटिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुन विद्यार्थी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई आभार प्रकट गरेको छ। अदालतका अनुसार विषम परिस्थितिमा पनि संविधानले दिएको दायित्व निर्वाह…
Read More
“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

“गढी बैतडीमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी”

गढी,बैतडी, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय गढी बैतडीले देशभर लागू गरिएको सुरक्षा व्यवस्थासम्बन्धी नेपाली सेनाको सार्वजनिक अपिलअनुसार जिल्लामा पनि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले जानकारी दिएको अनुसार आज भाद्र २६ गते बेलुकी ५ बजेदेखि भोलि बिहान ७ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। साथै, भाद्र २७ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी हुनेछ। प्रशासनले परिस्थितिको विश्लेषणको आधारमा आवश्यकतानुसार थप सूचना सार्वजनिक गर्ने जनाएको छ। आम सर्वसाधारणलाई आदेशको पालना गर्न र सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।
Read More
हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

हेटौडामा संविधान रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै तीन दलसम्बद्ध युवाहरूको प्रदर्शन

हेटौडा, भदौ २६ गते । मकवानपुरको हेटौडामा आज साँझ संविधानको रक्षा गर्नुपर्ने र राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने मागसहित तीन दल निकट युवाहरूले संयुक्त प्रदर्शन गरेका छन्। एमाले, माओवादी र कांग्रेस निकट युवा पक्षधरहरूको सहभागितामा सीमाचोकबाट सुरु भएको र्‍याली हुप्राचौर पुगेर कोणसभामा परिणत भएको हो। प्रदर्शनकारीहरूले “संविधान मास्न पाइँदैन”, “सैनिक शासन चाहिँदैन”, “राष्ट्रपतिलाई सार्वजनिक गर” जस्ता नाराबाजी गरेका थिए। आन्दोलन साँझ ५ बजेदेखि सुरु भई मुख्य सडक मार्ग हुँदै अघि बढेको थियो। कोणसभामा युवाहरूले संविधानको संरक्षण सबैको साझा दायित्व भएको भन्दै राष्ट्रपतिको भूमिकालाई स्पष्ट पार्न माग गरेका छन्।
Read More
प्रदर्शनपश्चात भागेका अभियुक्त र कैदी–बन्दीलाई आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

प्रदर्शनपश्चात भागेका अभियुक्त र कैदी–बन्दीलाई आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै २०८२ साल भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड र आगजनी भएको घटनापछि अनुसन्धानको क्रममा रहेका केही अभियुक्त र अदालतबाट सजाय भुक्तान गरिरहेका कैदी–बन्दीहरू कारागारबाट भागेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालय नक्सालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ती अभियुक्त तथा कैदी–बन्दीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको कार्यालयमा तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूले यथाशीघ्र आत्मसमर्पण गर्नुपर्नेमा जोड दिँदै कानूनी कारबाही प्रक्रियाबाट बच्न नसकिने स्पष्ट पारेको छ।
Read More
“संविधानको रक्षा गर्न राष्ट्रपतिलाई तरुण दलको आग्रह”

“संविधानको रक्षा गर्न राष्ट्रपतिलाई तरुण दलको आग्रह”

काठमाडौं, भदौ २६ गते । नेपाल तरुण दलले संविधानको रक्षा गर्न राष्ट्रपति सार्वजनिक रुपमा अगाडि आउनुपर्ने माग गरेको छ। राजधानीको चाबहिल क्षेत्रमा आज तरुण दलका कार्यकर्ताले प्रदर्शन गर्दै वर्तमान असामान्य राजनीतिक परिस्थितिमा संविधानको पक्षमा दृढ भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै संविधानको अवमूल्यन गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने चेतावनीसमेत दिएका थिए। उनीहरूले राष्ट्रपतिले निष्पक्ष र संवैधानिक भूमिकाबाट मुलुकलाई स्थिरतर्फ डोर्‌याउने अपेक्षा गरिएको बताएका छन्। तरुण दलका नेताहरूले संविधानमाथि आक्रमण गर्ने प्रयासहरूमाथि सतर्क रहन सबै दल र नागरिकलाई आह्वान गर्दै लोकतन्त्र र संवैधानिक अभ्यासलाई सुरक्षित राख्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
Read More
नेपाल पत्रकार महासंघद्वारा शान्तिपूर्ण समाधान र प्रेस स्वतन्त्रता संरक्षणको अपिल

नेपाल पत्रकार महासंघद्वारा शान्तिपूर्ण समाधान र प्रेस स्वतन्त्रता संरक्षणको अपिल

काठमाडौं, भदौ २६ गते । नेपाल पत्रकार महासंघले हाल जेनजी पुस्ताको आन्दोलनले उत्पन्न गरेको विषम परिस्थितिमा संयमित र संवेदनशील हुँदै मुलुकलाई सुरक्षित निकास दिन सबै सरोकारवालालाई अपिल गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मको आन्दोलनमा २३ जनाले ज्यान गुमाएको र बालबालिका तथा सुरक्षाकर्मी सहित हजारौं घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। साथै आन्दोलनका क्रममा चार जना पत्रकार गोली लागि घाइते भएको र विभिन्न मिडिया हाउसमाथि आक्रमण तथा आगजनी हुनु दुःखद र आपत्तिजनक भएको भन्दै राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। विज्ञप्तिमा आन्दोलनका नाममा सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत लगायतका सार्वजनिक…
Read More
प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै भदौ २३ र २५ गते भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा विभिन्न भौतिक साधनहरू प्रदर्शनकारीको नियन्त्रणमा परेको वा कतै फेला परेको भए फिर्ता बुझाउन प्रहरीले अनुरोध गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी विज्ञप्तिअनुसार यस्तो सामग्री फेला परेमा नजिकको प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोशाक दुरुपयोग नगर्न तथा सो सम्बन्धी सूचना पनि उपलब्ध गराउन प्रहरीको अनुरोध…
Read More
असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

असामान्य परिस्थितिका बीच त्रिवि बन्द, नियमित पठनपाठन कार्तिक ११ देखि मात्र

काठमाडौं, भदौ २६ गते । मुलुकभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले अस्थायी रूपमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ। त्रिविले आज जारी गरेको सूचनामा भदौ २९, ३० र ३१ गतेका साथै असोज १, २, ५ र ९ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ। यद्यपि, विश्वविद्यालयले हिउँदे विधामा हुने कक्षा कटौती गर्ने गरी यो निर्णय लिएको स्पष्ट पार्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराएको छ। यस सम्बन्धमा सबै सम्बन्धित विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला पक्षलाई सूचनाअनुसार अवगत रहन प्रमुख श्री दिल्ली थापा (क्षेत्री)ले आग्रह गरेका छन्।
Read More
जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

जेन जी नेपालले अन्तरिम सरकारको नेतृत्वका लागि कुलमान घिसिङको नाम अघि सार्‍यो

काठमाडौं, भदौ २६ गते । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने अभिप्रायसहित सुरु भएको जेन जी नेपालकै आन्दोलन अब ऐतिहासिक सफलताप्रति अघि बढिरहेको छ। आन्दोलनका क्रममा सम्पन्न भर्चुअल छलफल र समग्र मूल्यांकनपछि जेन जी नेपालले अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि इन्जिनियर कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ। जेन जी नेपालद्वारा जारी विज्ञप्तिअनुसार, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह नै सबैभन्दा योग्य र लोकप्रिय विकल्प मानिएको भए पनि उहाँले यस प्रक्रियामा रुचि नदेखाएकाले सम्भावना टुंगिएको छ। त्यस्तै, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम पनि व्यापक समर्थन पाएको भए पनि संविधानिक प्रावधानअनुसार पूर्वन्यायाधीशलाई यस्तो पदमा नियुक्त गर्न नमिल्ने र उमेर सीमा नाघिसकेको कारणले उहाँको नाम…
Read More
मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुर, भदौ २६ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा संवेदनशीलता, जनताको ज्यानमालको सुरक्षा र जनजीवनलाई सामान्य बनाउन जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म जिल्लाभर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ। यस अवधिमा मानिसको भीडभाड, सभा, जुलुस तथा जमघट गर्न निषेध गरिएको छ। तर, अत्यावश्यक कार्यका लागि भने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सीमित आवागमन गर्न सकिने व्यवस्था…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.