समाचार

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

चितवन, अशोज २३ गते । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं।” आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ…
Read More
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, अशोज २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गरेकी हुन्। भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै आगामी निर्वाचनका तयारी तथा अन्य समसामयिक विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। सरकारका हालका निर्णयहरू, निर्वाचन प्रक्रिया र राजनीतिक दलबीचको सहकार्यका विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ। राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट मुलुकको वर्तमान राजनीतिक गतिशीलताको पृष्ठभूमिमा महत्वपूर्ण मानिएको छ।
Read More
‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

भक्तपुर, अशोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेर उपत्यका छाड्न रोक लगाएको विषयमा तीव्र आपत्ति जनाएका छन्। उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई धेरै नउताउलिन चेतावनी दिँदै आफू ‘प्रधानमन्त्री सुशीला कार्कीझैं डराएर नभाग्ने’ बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले देश चलाउने काम कुनै ख्यालठट्टा होइन भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले पनि यही बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्। ओलीले आफूलाई पक्राउ गर्ने तयारी, पासपोर्ट रोक्ने निर्णय र उपत्यका बाहिर जान नदिने जस्ता गतिविधिहरू कानून विपरीत भएको टिप्पणी गरेका छन्। उनका…
Read More
Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं, अ्शोज २३ गते । Gen–Z का नाममा विभिन्न समूहले आन्दोलनको तयारी गरिरहेका संकेतसँगै काठमाडौंमा सुरक्षा निगरानी कडा गरिएको छ। विशेषगरी प्रदर्शनको केन्द्रबिन्दु मानिने माइतीघर मण्डलामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। Gen–Z का मागहरू सम्बोधन नभएको भन्दै प्रदर्शनमा सहभागी हुन पुगेका युवाहरूमाथि प्रहरीले नियन्त्रण कडा बनाएको छ। आज माइतीघर क्षेत्रमा प्रदर्शनका लागि आएका केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अनधिकृत रूपमा भेला भई प्रदर्शन गर्न खोज्नेहरूलाई रोकथामका लागि निगरानी बढाइएको हो। यसअघि पनि Gen–Z समूहका युवाहरूले सामाजिक सञ्जालमार्फत विभिन्न माग राख्दै आन्दोलनको चेतावनी दिएका थिए। माइतीघर क्षेत्रमा निरन्तर भइरहेको प्रहरी उपस्थिति र निगरानीका कारण प्रदर्शनकारीहरूलाई गतिविधि सञ्चालन…
Read More
माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

काठमाडौं, अ्शोज २३ गते । राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘जेनजीको माग’ सम्बोधन नभएको भन्दै भुसालसहित युवाहरू माइतीघरमा प्रदर्शनका लागि पुगेका थिए। तर, माइतीघर क्षेत्र संवेदनशील क्षेत्रको सूचीमा परेकाले पूर्वसूचना बिना प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनमा सहभागी युवाहरूले सरकारले युवाका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउन खोजेको बताएका छन्। यता प्रहरीले भने कानून विपरीतको जमघट रोक्न कदम चालिएको जनाएको छ। नियन्त्रणमा परेकाहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा लगिएको छ। घटनासम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
Read More
भीमेश्वर–४ सिरान देउरालीमा “आफ्नो गाउँ ठाउँ आफैं बनाउँ” अभियान अन्तर्गत सामूहिक श्रमदान

भीमेश्वर–४ सिरान देउरालीमा “आफ्नो गाउँ ठाउँ आफैं बनाउँ” अभियान अन्तर्गत सामूहिक श्रमदान

दोलखा, अशोज २२ गते । भीमेश्वर नगरपालिका–४ सिरान गाउँ देउराली सार्केश्वराका स्थानीय दाजुभाइ र दिदीबहिनीहरूले “आफ्नो गाउँ ठाउँ आफैं बनाउँ” भन्ने उद्देश्यका साथ सामूहिक श्रमदान गरी सडकको नालामा झरेको पहिरो र माटो सफा गरेका छन्। सडकमा लगातारको वर्षाका कारण पहिरो झरेर बाटो अबरुद्ध भएपछि स्थानीय बासिन्दाहरूले कुनै पनि सरकारी सहयोगको पर्खाइ नगरी आफैं अग्रसर भएर श्रम अभियान सञ्चालन गरेका हुन्। उनीहरूले नालामा अड्किएको माटो, झाडी र ढुंगामाटो हटाउँदै सडक पुनः सहज पार्ने काम सम्पन्न गरेका छन्। स्थानीयको भनाइअनुसार, यस्तो सामूहिक श्रमदानले गाउँमा एकताको भावना बढाउने मात्र नभई विकास र सरसफाइप्रतिको चेतना पनि फैलाउने काम गरेको छ। उनीहरूले आगामी दिनमा पनि…
Read More
‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

‘शान्ति, सुव्यवस्था र संवादबाटै समस्या समाधान गरौँ’ — गृह मन्त्रालयको आग्रह

काठमाडौँ, अशोज २२ गते । जेन जि पुस्ताको अगुवाइमा हालै भएका प्रदर्शनपछि देशमा विकसित नयाँ राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गर्दै गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा नयाँ सरकार गठनसँगै मुलुकको शान्ति सुरक्षा स्थिति सामान्य बनाउँदै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा मुलुकमा शान्ति सुव्यवस्था कायम राख्दै निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ। साथै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले व्यक्त गर्न आग्रह गरिएको छ। मन्त्रालयले धर्ना, जुलुस र विरोधका कार्यक्रमलाई सभ्य, मर्यादित…
Read More
इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

इजरायलमा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवितै भेटिएको सम्भावना, आज बेलुकी थप विवरण आउँदै

काठमाडौँ, अशोज २२ गते । अभियन्ता केपी खनालका अनुसार इजरायलको सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशी जीवितै रहेको नयाँ तथ्य फेला पारेको छ। जोशीको अवस्थाबारे थप विवरण आज बेलुकी सार्वजनिक गरिने बताइएको छ। बिपिन जोशी सन् २०२३ मा इजरायलमा हमासको आक्रमणका क्रममा हराएका नेपाली विद्यार्थीमध्ये एक हुन्। लामो समयदेखि उनको अवस्थाबारे अनिश्चितता रहँदै आएको थियो। अभियन्ता खनालले सामाजिक सञ्जालमार्फत् सारा नेपालीका लागि यो सम्भावित खबर खुसिको विषय भएको उल्लेख गर्दै थप जानकारीका लागि आधिकारिक घोषणा पर्खिन आग्रह गरेका छन्।
Read More
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउन युवा सङ्गठन अगाडि — मिराज ढुङ्गानाको घोषणा: ‘हामी कमजोर छैनौं, शान्तिपूर्ण प्रदर्शन छिट्टै

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउन युवा सङ्गठन अगाडि — मिराज ढुङ्गानाको घोषणा: ‘हामी कमजोर छैनौं, शान्तिपूर्ण प्रदर्शन छिट्टै

काठमाडौँ, अशोज २२ गते । जिन जि युवाको प्रतिनिधि युवा नेता मिराज ढुङ्गानाले आज सार्वजनिक गरेको भिडियो अभिव्यक्तिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग र त्यसलाई प्रभावकारी र निरंकुश बन्न नदिन बनाइएको नयाँ प्रणालीबारे ध्यानाकर्षण भएको छ। भिडियोमा ढुङ्गानाले भने — “हामीले हाम्रो मुख्य माग बिर्सेका छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणालीबाट प्रधानमन्त्रीले निरंकुश अथवा तानाशाही बन्न नपाउनेगरी पावर ब्यालेन्स हुने हाम्रो टीमले एउटा प्रणाली डिजाइन गरेको छ। हामीले अनेकौं देशका प्रणालीहरुको अध्ययन गरी आँकडा र मूल्यांकन गरेपछि यो निष्कर्षमा पुग्यौँ।” उनले थपे कि उक्त प्रणालीबारे एक छुट्टै भिडियो सार्वजनिक गरेर सर्वसाधारणलाई विस्तृत जानकारी दिइनेछ। युवा नेताले जारी राखेको आफ्नो वक्तव्यमा…
Read More
स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

स्वास्थ्य मन्त्रालयका सबै कार्यसम्पादन मूल्याङ्कन फारम जलेर नष्ट, पुनः भराउन निर्देशन

काठमाडौं, अशोज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन शाखाले मन्त्रालयमा रहेका निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) फारमहरू जलेर पूर्णरूपमा नष्ट भएको जनाएको छ। मन्त्रालयका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा मूल्याङ्कन भइसकेका साथै चालु आर्थिक वर्ष २०८१/८२ का मूल्याङ्कनमा रहेका सबै फारमहरू आगलागीका कारण जलेर नष्ट भएका हुन्। यस सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र (च. नं. ९२, मिति २०८२/०६/१२) बमोजिम, कर्मचारीहरूले पुनः कार्यसम्पादन मूल्याङ्कन फारम भरी पुनः दर्ता गर्न निर्देशन दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीलाई मिति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.