२०८२ मंसिर ४, बिहीबार २३:०७
२०८२ मंसिर ४, बिहीबार २३:०७
काठमाण्डौं, मंसिर ४ गते । हामी नेपाल संगठनले सिमरामा भएको हातपात प्रकरणको विरोधमा कडा चेतावनी दिएको छ। संगठनका संयोजक सुदन गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्ति–सदृश स्टाटसमा सिमरा क्षेत्रका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि शान्तिपूर्ण प्रदर्शनका क्रममा हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ नगरे आन्दोलन तीव्रतर रूपमा अघि बढाइने बताएका हुन्। उनका अनुसार, घटनाका प्रत्यक्षदर्शी, भिडियो सामग्री तथा स्थानीय साक्षीहरूले पहिचान गरेको मुख्य अभियुक्त अझै फरार रहेको र प्रहरीले सक्रियता नदेखाएको आरोप लगाइएको छ। संयोजक गुरुङले थप चेतावनी दिँदै भने, “समयसीमा भित्र कारबाही प्रक्रिया अघि नबढाइए देशव्यापी विरोध कार्यक्रम सुरु हुनेछ, यसको समस्त जिम्मेवारी सम्बन्धित सुरक्षायन्त्रले लिनुपर्छ।”…