समाचार

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

इटहरी। इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ। आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई,धनकुटामा कार्यरत असई प्रेम कटवालको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय कटवाल घरको छद्दीबाट पानी हाल्ने क्रममा लडेका थिए । ‘छतबाट लडेको भन्नेबित्तिकै हामी घटनास्थल गएका थियौँ,’ एक प्रहरीले भने,‘उपचारका लागि लगिएपनि बचाउन सकिएन।’ लडेर उनी क्रंकिट र पानीको नालामा परेका…
Read More
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ मा स्थानीय युवाहरुले गरे तालाबन्दी

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ को वडा कार्यालय आज स्थानीय युवाहरूले तालाबन्दी गरेको छ। त्यहाँका स्थानीय वडाध्यक्षले आफ्ना आसेपासेका मान्छेहरूलाई मात्रै खेलकुदका सामग्रीहरू जस्तै क्रिकेटका आवश्यक सामग्रीहरू आफ्ना नजिकका चिनजानलाई मात्र दिएको भन्दै आक्रोशित युवाहरूले वडा कार्यालय तालाबन्दी गरिएको हो। विगत लामो समयदेखि समावेशिताको रुपमा स्थानीय सरकार अथवा स्थानीय जनप्रतिनिधिले युवाहरूलाई आवश्यक पर्ने क्रिकेटका सामग्रीहरु वितरण नगरेको भन्दै आक्रोशित युवाहरूले आज वडा कार्यालय तालाबन्दी गर्न पुगेका हुन। समाचार स्रोत: सामाजिक सञ्जाल
Read More
उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

उर्लाबारीमा घाइते मृगको मृत्यु,वनकर्मीको रोहबरमा अन्त्येष्टि

मोरङ। उर्लाबारी नगरपालिका वडा नम्बर ३ स्थित नया मंगलबारेमा बिहिबार बिहान एक मृग कुकुरको खेदाइबाट घाइते बनेपछि मृत्यु भएको छ। सालबारी सामुदायिक वन क्षेत्रबाट भुलेर बस्तीमा छिरेको मृगलाई बिहान करिब ८:३० बजे स्थानीय कुकुरहरूले खेदाएका थिए। कुकुरको आक्रमणले घाइते बनेको मृगलाई उद्धार गर्न वन कर्मचारी घटनास्थल पुगेका थिए। मृगलाई समातेर प्राथमिक उपचारका लागि सामुदायिक वनकै खोरमा राखिएको सव डिभिजन वन कार्यालय मंगलबारेले जनाएको छ । तर घाईते अवस्थाको उक्त मृगको दिउँसो करिब ३ बजेतिर मृत्यु भएको वन कार्यालयका प्रमुख वन अधिकृत नविनराज दाहालले बताए । शुक्रबार दिउसो ३ नम्बर वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी, अस्थायी प्रहरी चौकीका प्रहरी, वन कर्मचारी लगायतको…
Read More
सहकारी हिनामिना प्रकरणमा फरार रेवती खनाल पक्राउ

सहकारी हिनामिना प्रकरणमा फरार रेवती खनाल पक्राउ

झापा। झापाको बिर्तामोडस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थामा करोडौं रकम हिनामिना गरेको आरोप लागेकी रेवती खनाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार खनालले संस्थाका बचतकर्ताहरूको करिब ६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर लामो समयदेखि फरार थिइन्। वित्तीय अनियमितता प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानको घेरामा रहेकी खनाल केही समयदेखि सम्पर्कविहीन थिइन्। झापा प्रहरीले दिएको जानकारीअनुसार गोप्य सूचनाका आधारमा खनाललाई बिर्तामोडबाटै पक्राउ गरिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ भने सहकारीका पीडित सदस्यहरूले न्यायको माग गरेका छन् । सहकारी संस्थामा व्यापक अनियमितता भएपछि धेरै बचतकर्ताहरूको निक्षेप जोखिममा परेको भन्दै पीडितहरूले सम्बन्धित निकायसँग कडा कदम चाल्न माग गर्दै आएका…
Read More
उर्लाबारीमा खानेपानी सेवा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उर्लाबारीमा खानेपानी सेवा सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ। उर्लाबारी नगरपालिका, मोरङमा खानेपानी सेवा सुधार तथा सरसफाइ व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख, खानेपानी कार्यालयका प्रतिनिधि, सरोकारवाला निकायहरू, उपभोक्ता समितिका सदस्यहरू, स्थानीय बासिन्दा, तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खानेपानीको गुणस्तर, वितरण प्रणाली, स्रोत संरक्षण, तथा उपभोक्ताको गुनासो समाधानका विषयमा छलफल भएको थियो। उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षले खानेपानी सेवाको गुणस्तर सुधार गर्नका लागि उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले भने, "खानेपानी सेवा सुधारका लागि उपभोक्ताको सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर योजना बनाइनेछ।" नगर प्रमुखले खानेपानी सेवा सुधारका…
Read More
रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

रतुवामाईमा नौ जना मोचीलाई नगरको सम्मान

उर्लाबारी। मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ । रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो । सम्मानित हुनेमा बहादुर मोची, भोगेन्दर मोची, गणेशीराम मोची, बेचनलाल मोची, राजकुमार सार्की, सामेल मोची, चतुरमान मोची,विजयकुमार मोची रहेका थिए । सम्मानितहरूलाई नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाई, उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले चार वटा प्लास्टिकका पिरा, ठुलो छाता, टी सर्ट र मर्मत सामग्री राख्ने जस्ताको बाकस प्रदान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईले…
Read More
झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

झापा बाह्रदशीमा प्रतिबन्धित औषधि बिक्री, मेडिकल संचालक पक्राउ

झापा। झापा बाह्रदशी–५, फूलबारीस्थित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित औषधिहरू बिक्री भइरहेको अवस्थामा संचालक बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मेडिकल कचनकवल–१ स्थित स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीको नाममा दर्ता रहेको भए पनि बिक्री पोखरेलले गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा ट्रामाडोल ७९५, एन्टीकोफ ४७० र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए! स्थानीय तहले पूर्वसूचना दिएर पनि अहेव राजवंशीले अटेर गर्दै औषधि बिक्री गरिरहेकाले यो कारबाही ढिला भए पनि आवश्यक रहेको जनाइएको छ। स्वास्थ्य चौकीकै जिम्मेवार कर्मचारीबाट प्रतिबन्धित औषधिको कारोबार हुनुले स्थानीय स्वास्थ्य प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। यस घटनाले सरकारी निगरानी प्रणालीको…
Read More
दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको सडक दुर्घटनामा निधन

उदयपुर। दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको एक सडक दुर्घटनामा परी मृत्यु भएको छ। उहाँ न्यायिक समितिको कार्यक्रममा सहभागी भई दमक फर्किने क्रममा उदयपुरमा दुर्घटनामा परेका थिए। घटनास्थलमै गम्भीर चोट लागेका बस्नेतको मृत्यु भएको उदयपुर प्रहरीले पुष्टि गरेको छ। दुर्घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। उहाँको असामयिक निधनप्रति नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीले गहिरो शोक व्यक्त गरेका छन्।
Read More
जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक  उत्सव तथा चुनावी सभा सम्पन्न

जेष्ठ नागरिक एकता समन्वय केन्द्रको आठौं वार्षिक उत्सव तथा चुनावी सभा सम्पन्न

उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल, उर्लाबारी वडा नं. ६ ले आफ्नो आठौं वार्षिक उत्सव तथा चुनावी सभा बिहीवार भब्य रुपमा सम्पन्न गरेको छ। उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको सभा हलमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलले जेष्ठ नागरिकहरूको अनुपस्थितिमा कुनै पनि सभा वा समारोह अधुरो र अपूरो हुने भन्दै सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। अध्यक्ष पौडेलले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा वडाबाट प्राप्त रकम उल्लेख नभएको प्रति गुनासो गर्दै आर्थिक प्रतिवेदन पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए। अध्यक्ष धर्म भण्डारी अस्वस्थ भएका कारण उपाध्यक्ष दिलकुमारी शाक्यको…
Read More
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस: इतिहासको स्मरण,वर्तमानमा शास्ती नै शास्ती

हेटौंडा। हिजो मे १ तारिख, विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामका साथ मनाइयो। यो दिन संसारभरका श्रमजीवी वर्गले आफ्नो हकअधिकार र सम्मानका लागि गरेको सङ्घर्षको सम्झना गर्ने दिन हो। १३५ वर्षअघि अमेरिकाको शिकागो सहरमा आठ घण्टे कार्यदिनको माग गर्दै भएको आन्दोलनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। सन् १८८६ मा भएको त्यो ऐतिहासिक आन्दोलनले विश्वभरका श्रमिकहरूलाई आफ्नो अधिकारका लागि लड्न प्रेरित गर्‍यो। नेपालमा पनि हिजो विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो। तर, यी सबै कार्यक्रमका बीच एउटा कटु सत्य भने अझै जीवन्त छ - नेपालका लाखौं मजदुरहरूको अवस्थामा खासै सुधार आउन सकेको छैन। अहिले पनि धेरै नेपाली श्रमिक चर्को घाम होस् या…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.