समाचार

सडकमा सुत्केरी व्यथा लागेकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

सडकमा सुत्केरी व्यथा लागेकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

धनगढी। कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी एक महिलालाई सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रशंसापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटाइरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर उत्कृष्ट कार्य गरेकोले पुरस्कृत गरिएको बताए। देउवाले मंगलबार गोदावरी नगरपालिका-१ को वसन्तपुरमा सडकमा व्यथाले छटपटाइरहेकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा आचार्यलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्‍याइएको थियो। हाल आमा र शिशु दुवैको अवस्था…
Read More
कानेपोखरीको जंगलमा भेटिए एक पुरुष मृत अवस्थामा

कानेपोखरीको जंगलमा भेटिए एक पुरुष मृत अवस्थामा

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्। राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। खोजी गर्ने क्रममा जेठ ६ गते आज बिहान ११ बजे घरदेखि करिब ५ किलोमिटर उत्तरतर्फ कानेपोखरी ७ स्थित राष्ट्रिय वनभित्र उनको शव फेला परेको हो। शव फेला परेको सूचना पाए लगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय कानेपोखरीलाई जानकारी दिएका थिए । सूचना प्राप्त हुने बित्तिकै…
Read More
बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित कानेपोखरी–रंगेली सडकखण्डमा बसको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्। मंगलबार बिहान सवा ८ बजेतिर कानेपोखरी नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि रंगेली अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालिकाको परिचय खुलेको छैन भने घटनापछि चालक फरार रहेको बताइएको छ। स्थानीयवासीले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन्। उनीहरूले दोषी चालकलाई तत्काल पक्राउ गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। प्रदर्शनका कारण सडकमा सवारी सञ्चालन प्रभावित…
Read More
रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले आज उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रहरीले विष्टलाई झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा राखिएको थियो। विष्टले लेखेको पत्रका आधारमा रेशम चौधरी पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। शाखा अधिकृत विष्टको पत्रकै…
Read More
सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, नेताचोकमा एक युवकले नशाको अवस्थामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। २५ वर्षीय ती युवकले ३९ वर्षीया आमामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो। पीडित पक्षका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनास्थलमा पुग्नेबित्तिकै युवकलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Read More
तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको छ। आइतबार भएको उक्त कारबाहीमा प्रहरीले ९ जनालाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको सूचना पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ बरामद भएको छ। पक्राउ पर्नेहरू दाङ र सल्यानका विभिन्न स्थानका रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ परेका सबैलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
Read More
हावाहुरीले च्यापिएर चारको मृत्यु, तीन घाइते

हावाहुरीले च्यापिएर चारको मृत्यु, तीन घाइते

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबार आएको तीव्र हावाहुरीका कारण रुख ढल्दा च्यापिएर पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पश्चिम नवलपरासीको सुनवलमा प्रतिक्षालयमा ओत लागिरहेका सुनवल ७ निवासी ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको रुखले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। सोही घटनामा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजना परिचय नखुलेका व्यक्ति घाइते भएका छन् र उनीहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैगरी, कैलालीको घोडाघोडीस्थित सुखडमा राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी र कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि हावाहुरीले ढालेको रुखमा च्यापिएर मृत्यु…
Read More
काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क सीप विकास तालिमको आह्वान

काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क सीप विकास तालिमको आह्वान

काठमाडौँ। काठमाडौं महानगरपालिकाले १८ देखि ५८ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकहरूका लागि विभिन्न ३४ वटा निःशुल्क सीप विकास तालिमहरू सञ्चालन गर्ने भएको छ। आगामी जेठ ७ गते काठमाडौंको टुँडिखेलमा सुरु हुने सीप मेलामा यी तालिमहरू प्रदान गरिने छन्। महानगरपालिकाले सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र र दातृ निकायको सहकार्यमा यस वर्ष २०८२ जनालाई तालिम दिने लक्ष्य राखेको छ। काठमाडौंमा स्थायी वा अस्थायी रूपमा बसोवास गर्ने, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडकपेटीमा व्यापार गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। तालिमहरू आईसीटी, स्पेसल एबिलिटी सपोर्ट स्किल, इलेक्ट्रिक्स, गार्मेन्ट्स, कन्स्ट्रक्सन, हस्पिटालिटी, अटोमोबाइल्स, आर्ट एन्ड स्कप्चर, कृषि र सेवा…
Read More
हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित झुल्यानमा बिजुलीको खम्बा ढल्दा बाटो अवरुद्ध भएको छ । शुक्रबार बेलुका आएको हुरिबतासको कारण ढलेको रुखले भेटेर बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध भएको हो । ठूलो मात्रामा आएको हुरिबतासले चिलाउनेको रुख ढलेपछी उक्त रुखले च्यापेर झुल्यान स्थित सडक खण्डको बिजुलिको खम्बा ढलेर बाटो अवरुद्ध भएको छ । रुखले भेटेर सडक छेउको चार वटा बिजुलिको पोल भाँचेर ढलेको छ भने लगभग ५ वटा पोल लत्रीएको छ । ढलेको खम्बाले गर्दा ठाडोखोला-बस्तिपुर आवतजावत गर्ने अटो तथा बाइकलाई समेत समस्या भएको छ । रुखले च्यापेर ढलेको बिजुलिको खम्बा मुख्य प्रशारण लाइनको खम्बा भए तापनी बिजुली…
Read More
त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

त्रिशूलीमा बेपत्ता बालिका मृत फेला

धादिङ। धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका–७, आदमटारस्थित त्रिशूली नदीको किनारमा नुवाकोटकी बेपत्ता बालिका मृत अवस्थामा फेला परेकी छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, मृत फेला पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगडि नगरपालिका–७, कल्चौडेकी ११ वर्षीया सदिक्षा राई रहेकी छन्। प्रहरीले जनाएअनुसार, सदिक्षा गत बुधबार साँझ ६ बजे बेलकोटगढि नगरपालिका–७ स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्। उनी बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा त्रिशूली नदीको किनारमा रहेको ढुङ्गाको चेपमा मृत अवस्थामा फेला परेकी हुन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.