२०८२ फाल्गुन १२, मंगलवार २२:०३
२०८२ फाल्गुन १२, मंगलवार २२:०३
हेटौँडा, फागुन १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले सवारी सरुवा सहमतिका नाममा सेवाग्राहीसँग अतिरिक्त रकम असुलिएको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका एक अधिकृत र एक लेखापढी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कार्यालयमा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका खगेन्द्र पौडेललाई उजुरीका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीबाट सवारी सरुवा सहमतिका लागि थप रकम मागिएको सूचनापछि गरिएको कारबाहीमा पौडेलले ११ हजार ५ सय रुपैयाँ लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। आयोगका अनुसार दुवै जनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको…