Breaking News 2

मोरङका कलेजहरूमा ग्लोबल मनी सप्ताहको अवसरमा बीमा सचेतना अन्तरक्रिया सम्पन्न

मोरङका कलेजहरूमा ग्लोबल मनी सप्ताहको अवसरमा बीमा सचेतना अन्तरक्रिया सम्पन्न

मोरङ, चैत ११ गते । ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजहरूमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित उक्त कार्यक्रममा बीमाको महत्व, प्रकार, व्यवहारिक प्रयोग, चुनौती तथा नेपाली बीमा बजारको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिएको थियो। साथै, वित्तीय साक्षरताको आवश्यकता सम्बन्धी विषयमा पनि विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक प्रथम मिलन पोख्रेलले गरेका थिए। कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे…
Read More
मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरी, चैत ११ गते । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ। डि.ओ. सेट बदली तथा एच.टी. ब्रान्च स्वीच बदली गर्ने कार्यका कारण विद्युत आपूर्ति केही समयका लागि बन्द गर्न लागिएको हो। मनहरी सब-स्टेसनबाट वितरण हुने ११ के.भि. मनहरी, रजैया र राक्सिराङ फिडर अन्तर्गतका सम्पूर्ण लाइनहरू आज बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म अवरुद्ध रहने जनाइएको छ। विद्युत अवरुद्ध हुने क्षेत्रहरूमा सुनाचुरी, नयाँबस्ती, प्रतापपुर, रमनटार, मनहरी बजार तथा राक्सिराङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्थानहरू पर्दछन्। साथै सिमपानी, ज्यामिरे, जैसिङ हुँदै दिल्लिपुर र बसन्तपुर लगायतका क्षेत्रमा पनि विद्युत सेवा प्रभावित हुने बताइएको छ। सम्बन्धित निकायका अनुसार…
Read More
बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

हेटौँडा, चैत ११ गते । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आज बिहान करिब २:५० बजे ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, सोही स्थानका ३२ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
हेटौंडा–११ को विद्यालय व्यवस्थापनमा प्रश्नः वडा अध्यक्ष नै अध्यक्ष बनेपछि पारदर्शितामा चिन्ता

हेटौंडा–११ को विद्यालय व्यवस्थापनमा प्रश्नः वडा अध्यक्ष नै अध्यक्ष बनेपछि पारदर्शितामा चिन्ता

हेटौँडा, चैत ११ गते । श्री त्रिभुवन माध्यमिक विद्यालय, हेटौंडा–११ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष जुना दाहाल नियुक्त भएको विषयमा स्थानीयस्तरमा चासो र बहस बढ्न थालेको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक सरोकारको विषय उठाएका हुन्। उनले यो विषयलाई व्यक्तिगत विरोध नभई जिम्मेवार नागरिकको सरोकारका रूपमा लिन आग्रह गरेका छन्। महतले वडा अध्यक्षको भूमिका अनुगमन, समन्वय र सहजीकरणमा सीमित हुनुपर्ने उल्लेख गर्दै सोही व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्नु भूमिकागत द्वन्द्व निम्त्याउन सक्ने बताएका छन्। “अनुगमन गर्ने र अनुगमन हुने दुवै भूमिका…
Read More
यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग

यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग

हेटौँडा, चैत १० गते । यातायात व्यवस्था कार्यालयहरूमा सञ्चालन हुने सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल परीक्षणमा पारदर्शिताको अभाव भएको भन्दै व्यापक गुनासो उठ्न थालेको छ। सेवाग्राहीहरूले ट्रायल प्रक्रियामा सीसी क्यामरा फुटेज हेर्न शुल्क तिर्नुपर्ने, आफ्नै सवारी साधन प्रयोग गर्न नपाइने र परीक्षण प्रक्रियाबारे स्पष्ट जानकारी नदिइने जस्ता समस्याहरू रहेको बताएका छन्। यिनै गुनासाहरूलाई उजागर गर्दै ‘जनआवाज अभियान’ले यातायात कार्यालयहरूको ध्यानाकर्षण गराउने जनाएको छ। अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हालको व्यवस्था सेवाग्राहीको सूचनाको हक तथा मौलिक हक विपरीत भएको उल्लेख गरेका छन्। उनका अनुसार नेपालको संविधान तथा सूचनाको हकसम्बन्धी ऐनले नागरिकलाई…
Read More
चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

हेटौँडा, चैत १० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टीभित्र एकता मजबुत बनाउँदै सबै चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्। नेकपा एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्तिहरू समेत सक्रिय रहेको आरोप लगाए। राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको उनले बताए। निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि पार्टीप्रति प्रतिबद्ध भएर सक्रिय रूपमा खटिएका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै रानाले अब झन् दृढ भएर देश, जनता र पार्टीको हितमा लागिरहन आग्रह गरे। कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले…
Read More
मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

मनहरी, चैत १० गते । मकवानपुरको मनहरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १७१ किलो २१ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बिहान करिब ६:१० बजे मनहरी गाउँपालिका वडा नं. ९ क्षेत्रमा आउँदै गरेको बा.१३ च २१४ नम्बरको हात्ती गाडीलाई शंकाको आधारमा रोकि जाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछाडि लोड गरी ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं. ४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। प्रहरीले गाँजा र गाडी दुवैलाई नियन्त्रणमा लिएको छ। पक्राउ…
Read More
चार महिना बित्दा पनि काम सुरु भएन: दक्ष जनशक्ति, सामग्री कि इच्छाशक्ति अभाव?

चार महिना बित्दा पनि काम सुरु भएन: दक्ष जनशक्ति, सामग्री कि इच्छाशक्ति अभाव?

हेटौँडा, चैत ९ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले विकास निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस सार्वजनिक गर्दै चार महिना बितिसक्दा पनि सम्बन्धित काम सुरु नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। “प्रयोगविहीन बन्दै छ, चार महिना बित्यो, काम अझै सुरु भएको छैन,” भन्ने अभिव्यक्तिमार्फत उनले जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन्। विशेषतः उनले पछिल्लो समय मृत्यु पश्चात् आधुनिक मिसिनमार्फत लास दाहसंस्कार गर्ने प्रविधि व्यापक रूपमा प्रयोगमा आइरहेको सन्दर्भ जोड्दै हेटौंडा उपमहानगरपालिका अन्तर्गत राप्ती नदी किनारमा निर्माण गरिएको आधुनिक शवदाह स्थल प्रयोगविहीन बनेको विषय उठाएका छन्। यस्तो…
Read More
सेतो छतको सरल उपाय: घरभित्रको तापक्रम ५–८ डिग्रीसम्म घटाउने प्रभावकारी जुक्ति

सेतो छतको सरल उपाय: घरभित्रको तापक्रम ५–८ डिग्रीसम्म घटाउने प्रभावकारी जुक्ति

काठमाडौँ, चैत ९ गते । विश्वभर बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावले दैनिक जीवनमा असहजता बढिरहेको छ। यस्ता समस्याबीच घरलाई शीतल राख्ने एउटा सरल तर वैज्ञानिक उपायको रूपमा छतमा सेतो रङ प्रयोग गर्ने विधि प्रभावकारी देखिएको छ। जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि सक्रिय अभियन्ता नवीन दाहालका अनुसार, घरको छतमा सेतो रङ लगाउँदा भित्री तापक्रम ५ देखि ८ डिग्री सेल्सियससम्म घटाउन सकिन्छ। उनका अनुसार यो कुनै जटिल प्रविधि नभई विज्ञानमा आधारित साधारण उपाय हो। यस विधिको मूल सिद्धान्त अनुसार, सेतो रङले सूर्यका किरणहरूलाई सोस्ने होइन, परावर्तन गर्ने काम गर्छ। त्यसैले छतमा पर्ने गर्मी घरभित्र प्रवेश गर्न पाउँदैन। विशेषगरी…
Read More
हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

हेटौँडा, चैत ९ गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ कर्राचोक नजिक समितपथस्थित बिजुलीको पोलबाट लड्दा एक युवकको मृत्यु भएको छ। अपराह्न करिब ४:५० बजे नेटफिलिक्स इन्टरनेट सेवामा कार्यरत राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हाल हेटौडा–१ चौकीटोलमा डेरा गरी बस्दै आएका अन्दाजी १८ वर्षीय भुवन चेपाङ इन्टरनेटको तार जडान गर्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते चेपाङलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल मकवानपुर पठाइएको थियो। उपचारकै क्रममा सोही दिन बेलुका करिब ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.