Breaking News 2

सुनको भाउले नयाँ इतिहास रच्यो, तोलामा पुग्यो दुई लाख ३८ हजार; चाँदी सस्तो भयो

सुनको भाउले नयाँ इतिहास रच्यो, तोलामा पुग्यो दुई लाख ३८ हजार; चाँदी सस्तो भयो

काठमाडौँ, अशोज २२ गते । नेपालको सुन बजारले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो। हिजोमात्रै सुनको मूल्य तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ थियो। आज एकैदिन तोलामा दुई हजार छ सय रुपैयाँले बढ्दा बजारमा सुन किन्ने–बेच्नेको चासो झन् बढेको देखिन्छ। यता चाँदीको मूल्य भने उल्टो घटेको छ। हिजो तोलाको दुई हजार नौ सय साठि रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर दुई हजार नौ सय पचपन्न रुपैयाँमा झरेको छ। सुनको मूल्य निरन्तर बढ्दै जाँदा सुनचाँदी व्यवसायीहरू…
Read More
७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्तिसहित उजागर, एक दशकमै ५० करोडसम्म कमाउनेहरूको सूची सार्वजनिक

७१ स्थानीय तहका लेखा अधिकृतहरू अकुत सम्पत्तिसहित उजागर, एक दशकमै ५० करोडसम्म कमाउनेहरूको सूची सार्वजनिक

काठमाडौँ, अशोज २१ गते । देशभरका ७१ स्थानीय तहमा कार्यरत लेखा अधिकृतहरू अकुत सम्पत्ति आर्जनको अनुसन्धानको दायरामा परेका छन्। प्रारम्भिक अध्ययन अनुसार ती अधिकृतहरूले सरकारी सेवामा प्रवेश गरेको करिब एक दशकमै प्रतिव्यक्ति औसत ५० करोड रुपैयाँसम्मको सम्पत्ति जोडेका छन्। वित्तीय अनियमितता नियन्त्रणमा संलग्न स्रोतका अनुसार यस्ता लेखा अधिकृतहरूले “बिल दोहोरो देखाउने”, “खर्च फर्जी बनाउने” र “सेटिङ प्रणाली” मार्फत ठेक्का र सार्वजनिक खर्चमा मनपरी गर्दै आएका छन्। विज्ञहरूका भनाइमा देशमा देखिने ठूला भ्रष्टाचारमा राजनीतिक नेतृत्व मात्र होइन, प्रशासनिक तहका कर्मचारीहरूको सञ्जाल पनि समान रूपमा संलग्न छ। उनीहरूका अनुसार, भ्रष्टाचार नियन्त्रणको पहल नेताबाट मात्र होइन, कर्मचारी तहमै कठोर कदम चालेर सुरु गर्नुपर्ने…
Read More
सिंहदरबारमा आगलागी हुँदा महानगर निष्क्रिय थिएन: आन्दोलनकै बीच ५५ पटक दमकल परिचालन भएको मेयर बालेन शाहको स्पष्टीकरण

सिंहदरबारमा आगलागी हुँदा महानगर निष्क्रिय थिएन: आन्दोलनकै बीच ५५ पटक दमकल परिचालन भएको मेयर बालेन शाहको स्पष्टीकरण

काठमाडौँ, अशोज २१ गते । पछिल्ला दिनमा सिंहदरबारमा लागेको आगोका क्रममा काठमाडौँ महानगरको दमकल किन नपुगेको भन्ने प्रश्न र आरोप सार्वजनिक भइरहेका छन्। “सिंहदरबार जलाउँदा बालेन शाह कहाँ थिए?” “दमकल तीन दिनसम्म किन हेरेर बस्यो?” भन्ने आलोचनाका बीच काठमाडौँ महानगर प्रमुख बालेन शाहले विस्तृत विवरणसहित स्पष्टीकरण दिएका छन्। मेयर शाहका अनुसार भदौ २४ गतेको घटनाका समयमा देश पूर्ण रूपमा अराजक अवस्थाबाट गुज्रिरहेको थियो। उनले भने, “त्यो दिन देशमा सरकार थिएन, सुरक्षा संयन्त्र निष्क्रिय थियो। यस्तो अवस्थामा पनि काठमाडौँ महानगर आफ्नो जिम्मेवारीबाट पछाडि हटेको थिएन।” शाहले आगो निभाउने क्रममा आन्दोलनकारीले बारम्बार अवरोध गरेकाले सिंहदरबारमा पुग्न ढिलो भएको स्पष्ट पारेका छन्। उनका…
Read More
रत्ननगर नगरपालिकाको निर्णय : नयाँ स्रेस्ता कायम गर्दा अब शुल्क नलाग्ने

रत्ननगर नगरपालिकाको निर्णय : नयाँ स्रेस्ता कायम गर्दा अब शुल्क नलाग्ने

चितवन, अशोज २१ गते । रत्ननगर नगरपालिकाले अबदेखि जग्गाधनी प्रमाणपत्रको नयाँ स्रेस्ता कायम गर्दा कुनै शुल्क नलिने निर्णय गरेको छ। नगरपालिकाले आज सबै वडाहरुलाई लिखित सूचना पठाउँदै स्रेस्ता कायम गर्दा वडाबासीसँग शुल्क असुल नगर्न निर्देशन दिएको मेयर प्रलाद सापकोटाले जानकारी दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालय भरतपुरमा आगजनी हुँदा कार्यालयका सबै कागजात जलेर नष्ट भएका थिए। त्यसपछि मालपोत कार्यालयले सार्वजनिक सूचना जारी गरी सम्पूर्ण जग्गाधनीलाई नयाँ स्रेस्ता कायम गर्न आग्रह गरेको थियो। उक्त अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले वडास्तरमा निःशुल्क सेवा दिने निर्णय गरेको हो। मेयर सापकोटाका अनुसार, जनताको सहजता र प्रशासनिक कार्यको गतिलाई…
Read More
हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

हेटौडाका विभिन्न क्षेत्रमा असोज २१ गते बिहानदेखि विद्युत अवरुद्ध हुने

हेटौडा, अशोज २० गते । नेपाल विद्युत् प्राधिकरण हेटौडा वितरण केन्द्रले असोज २१ गते (मंगलबार) हेटौडाका विभिन्न क्षेत्रमा लाइन मर्मत तथा सुधार कार्यका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार के.भी. प्रशारण लाइन अन्तर्गत मुनि र दायाँबायाँ तर्फका लाइन नजिक रहेका रूख र बाँसका हाँगाहरू हटाउने, ट्रान्सफर र तार मर्मत कार्य हुने भएकाले अस्थायी रूपमा विद्युत् अवरुद्ध गरिने भएको हो। कहिलेदेखि कहिलेसम्म अवरुद्ध हुने? हेटौडाको चौघडा फिडर अन्तर्गत पर्ने हेटौडा बजार, स्कुल रोड, मेन रोड, हुप्रा चौर, चौकीटोल, देविपथ, पुरानो मकवानपुर रोड लगायतका क्षेत्रहरूमा बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म विद्युत् बन्द हुने प्राधिकरणले जनाएको छ। त्यसैगरी पदमपोखरी…
Read More
मकवानपुरमा हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीको पहिलो श्रम अभियान सम्पन्न

मकवानपुरमा हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीको पहिलो श्रम अभियान सम्पन्न

हेटौडा, अशोज १८ गते । हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीले जिल्लामा पहिलो पटक श्रम अभियान सम्पन्न गरेको छ। हेटौडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सरसफाइ अभियान सम्पन्न भएको हो। गत असोज १३ गते पार्टीले मकवानपुरमा औपचारिक रूपमा संगठन विस्तार गर्दै आफ्नो यात्रा सुरु गरेको थियो। आजको श्रम अभियानमा पूर्वधरानबाट आएका पार्टीका संस्थापक सदस्य समिर तामाङ विशेष उपस्थित रहेका थिए। त्यस्तै, मन्दिरा मोक्तान, जनजित तामाङ, बाबु मोक्तान लगायत पार्टीका सदश्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। श्रम अभियानलाई जिल्ला संयोजक युनिस लामाले नेतृत्व गरेका थिए। पार्टीका संस्थापक सदस्य सुन्दर लामाका अनुसार आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता श्रम अभियान…
Read More
अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

अत्यधिक वर्षा र बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौं, अशोज १५ गते । आगामी असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, तथा कोशी प्रदेशका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्लामा बाढी तथा पहिरोको उच्च जोखिम देखिएको भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। त्यसैगरी गण्डकी प्रदेशका तनहुँ, कास्की, पर्वत, स्याङ्जा, लमजुङ, गोरखा, नवलपुर, बागलुङ, म्याग्दी लगायतका जिल्लामा पनि नदी तथा खोलानाला आसपासमा बाढी र पहिरोको सम्भावना भएकाले सचेत रहन आग्रह गरिएको छ। प्राधिकरणले उद्धार तथा…
Read More
मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

मकवानपुरे सञ्चारकर्मी बलराम पुडासैनीको नयाँ गीत ‘बर पिपलु’ छिट्टै सार्वजनिक हुने

मकवानपुर, अशोज १४ गते । मकवानपुरका सञ्चारकर्मी बलराम पुडासैनीले नयाँ गीत बजारमा ल्याउन लागेका छन्। उनको स्वरमा तयार गरिएको ‘बर पिपलु’ बोलको गीतको अडियो र भिडियो दुवै छिट्टै सार्वजनिक हुने भएको छ। गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको छ भने भिडियोमा गायक पुडासैनीलाई नै स्टुडियोभित्र गाइरहेको दृश्यमा देख्न सकिनेछ। सञ्चारकर्मी गाएका यस गीतले श्रोता–दर्शकमाझ नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
Read More
हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुरमा २१ सदस्यीय जिल्ला समिति गठन

हेटौडा, अशोज १४ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको हर्क साम्पाङ अ रिभुलेसनले मकवानपुर जिल्लामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। हेटौडा उपमहानगरपालिकाको संगम चोकमा आयोजित कार्यक्रममा जिल्ला समितिको संयोजकमा योनेश लामालाई र सह–संयोजकमा धुर्व दाहाललाई जिम्मेवारी दिइएको हो। बिहान ११ बजे सुरु भएको कार्यक्रम दिउँसो ३ बजे समापन भएको थियो।
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

चितवन, अशोज १४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक पहिरो खसेपछि साँझ केही समयका लागि सडक अवरुद्ध भएको छ। आज साँझ करिब ८:३० बजे वर्षातका कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। डिभिजनका मेशिन परिचालन गरी पहिरो पन्छाएपछि सडकमा यातायात आवागमन पुनः सुरु गरिएको डिभिजनले जानकारी दिएको छ। सडक सुचारु भए पनि अझै सतर्क रहन आग्रह गरिएको छ। साथै, डिभिजनले चालक तथा यात्रीलाई लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.