समाचार

रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन्। मन्त्री खरेलले बुझाएको उक्त राजीनामा प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरिसकेकी छिन्। ​आउँदो माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले उनले आजै पद त्याग गरेको जनाइएको छ। यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले पनि निर्वाचनकै तयारीका लागि राजीनामा दिइसकेका छन्। उम्मेदवारी दर्ता अघि नै मन्त्री पदबाट बाहिरिएर खरेल निर्वाचनको चुनावी मैदानमा होमिएका हुन्।
Read More
धरानका मेयर हर्क सम्पाङले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरानका मेयर हर्क सम्पाङले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क सम्पाङ’ ले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। आज धरान उपमहानगरपालिकाकै कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत उनले मेयर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा पत्र उपमेयर अइन्द्रविक्रम बेघा लाई हस्तान्तरण गर्दै सम्पाङले आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट उम्मेदवारी दिने तयारीका कारण आफूले मेयर पदबाट अलग हुनुपरेको स्पष्ट पारे। पत्रकार सम्मेलनमार्फत उनले आफू स्वयं निर्वाचनमा सहभागी हुने भएपछि एउटै व्यक्तिले दुईवटा जिम्मेवारी सम्हाल्न नमिल्ने अवस्था आएको र त्यसैले समयमै राजीनामा दिनु परेको बताए। राजीनामा बुझाउने क्रममा सम्पाङले आफ्नो कार्यकालमा जिम्मेवारीपूर्वक काम गर्ने क्रममा बोलिवचन वा…
Read More
नेत्रहीन युवा सङ्घद्वारा संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेत्रहीन युवा सङ्घद्वारा संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

​काठमाडौँ, माघ ३ गते । नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रीय कार्यालयको आयोजना तथा फन्डरेज फर युथ लिडरसिपको सहकार्यमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको तीन दिने क्षमता अभिवृद्धि तथा संस्थागत विकास तालिम काठमाडौँमा सम्पन्न भएको छ। तालिममा नेत्रहीन युवा सङ्घ नेपाल काठमाडौँ शाखाका बोर्ड सदस्य तथा साधारण सदस्य गरी १८ जना दृष्टि अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थागत सुदृढीकरण, प्रशासनिक दक्षता र नेतृत्व विकाससम्बन्धी विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमका मुख्य सत्रहरूमा प्रशिक्षक निर्मल भण्डारीले संस्थाको आधारभूत अवधारणा, संस्था सञ्चालनका लागि आवश्यक स्रोतहरूको पहिचान, आर्थिक स्रोत जुटाउने उपाय तथा प्रपोजल लेखन…
Read More
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

काठमाडौं, माघ २ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएको हो। दर्ज्यानी चिन्ह सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहनुभएको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।…
Read More
सहकारी ठगीका मुख्य अभियुक्तलाई बचाउने प्रयास आपत्तिजनक : जेन जि मुभमेन्ट

सहकारी ठगीका मुख्य अभियुक्तलाई बचाउने प्रयास आपत्तिजनक : जेन जि मुभमेन्ट

काठमाडौं, माघ १ गते । काठमाडौँ — जेन जि मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै तीव्र आपत्ति जनाएको छ। मुभमेन्टले शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी संरक्षण गरिएको घटनालाई सुशासन र न्याय प्रणाली माथिको ठाडो आक्रमणको रूपमा व्याख्या गरेको छ। जेन जि मुभमेन्टका अनुसार महान्याया धिवक्ताबाटै गैरकानुनी हस्तक्षेप गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री जस्तो जघन्य अपराधमा संलग्न गिरोहलाई जोगाउने प्रयास भएपछि तत्काल बर्खास्तीको माग गरिएको थियो। यस्ता घटनाले राज्य संयन्त्र अपराधीको पक्षमा उभिएको स्पष्ट संकेत दिएको मुभमेन्टको ठहर छ। मुभमेन्टले स्मरण गराएको छ कि सुशासन र कानुनी राज्य…
Read More
जेनजी आन्दोलन र भदौको प्रदर्शनमाथि मानव अधिकार आयोगको चासो, रवि किरण हमाललाई छलफलमा बोलायो

जेनजी आन्दोलन र भदौको प्रदर्शनमाथि मानव अधिकार आयोगको चासो, रवि किरण हमाललाई छलफलमा बोलायो

काठमाडौं, पुस २९ गते । भदौ २३ र २४ गते सम्पन्न प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धानलाई तीव्रता दिएको छ। सोही सिलसिलामा आयोगले जेनजी आन्दोलनका अगुवा रवि किरण हमाललाई छलफलका लागि बोलाएको छ। आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठन गरिएको अनुसन्धान समितिमार्फत घटनाको समग्र अध्ययन गरिरहेको जनाएको छ। आयोगले हमाललाई २०८२ भदौ ३० गते बिहान ११ बजे पुल्चोकस्थित हरिहर भवनमा रहेको केन्द्रीय कार्यालयमा उपस्थित भई छलफलमा सहभागी हुन पत्राचार गरेको हो। आयोगका अनुसार छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार अवस्था, राहत तथा क्षतिपूर्तिको प्रक्रिया, साथै राज्य पक्ष र सरोकारवाला निकायहरूले…
Read More
पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

सुर्खेत, पुस २८ गते । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुर्खेत–१ यसपटक असाधारण राजनीतिक रोमाञ्चको केन्द्र बिन्दु बन्ने देखिन्छ। यहाँ नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाल आमनेसामने चुनावी मैदानमा उत्रिएका छन्। देशकै स्थापित दलका शीर्ष नेता देखि ‘जेनजी आन्दोलन’ मार्फत नयाँ पुस्ता प्रतिनिधित्वको प्रतीक बनेका रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ निर्वाचनलाई अझै रोचक बनाएको छ। राजनीतिक पृष्ठभूमिको दृष्टिले पनि यो क्षेत्र ऐतिहासिक महत्व राख्दछ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएदेखि कांग्रेस र एमालेले यहाँ वर्चस्व जमाउँदै आएका थिए। २०६४ सालको निर्वाचनमा समेत माओवादीले यहाँ…
Read More
थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं, पुस २८ गते । काठमाडौंमा दुई दिने थिङ थेमे (परिवार) प्रथम राष्ट्रिय भेला भव्य रूपमा सम्पन्न भएको छ। “एकै कुल, एउटै पहिचान–थिङ थेमे” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त भेलाले थिङ समुदायको एकता, पहिचान र संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। भेलाले नयाँ कार्यसमिति समेत चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार मिङमार थिङ अध्यक्षमा चयन भएका छन्। मिङमार थिङको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमृत थिङ, उपाध्यक्षमा कमलबहादुर थिङ, काजीमान थिङ र शान्ति थिङ चयन भएका छन्। त्यसैगरी महासचिवमा राजकुमार थिङ चयन भएका छन्। भेलाको अवसरमा थिङ समुदायका विभिन्न…
Read More
१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

मुग्लिन–नारायणगढ, पुस २७ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा १८ महिनाअघि त्रिशूली नदीमा खसेका दुई बसमध्ये एक बसको अवशेष आज फेला परेको छ। भरतपुर महानगरपालिका–२९ सिमलताल पारीपट्टी, तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा बालुवामा गढिएको अवस्थामा बसको ड्राइभरतर्फको चक्का र केही टिनका भाग भेटिएको हो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारमा भेटिएका अवशेषहरू घटनास्थलमै खसेको बसकै भएको पुष्टि भएको छ। अवशेष फेला परेपछि थप खोज तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

झापा, पुस २७ गते। झापाको कमल गाउँपालिकामा सक्रिय कमलनगर जेसीजले ११औँ साधारणसभा सम्पन्न गर्दै वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाबाट देवराज भण्डारी (महेश) अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि विद्या सापकोटा (मिलन), देवराज भण्डारी (महेश) र लोकबहादुर खड्काबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक निर्वाचनपछि भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका हुन्। नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा कमल कटुवाल र प्रभात मण्डल चयन भएका छन् भने उपाध्यक्षहरूमा विशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन्। त्यसैगरी तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भूमिका चापागाईं निर्वाचित भएका छन्। वर्ष २०२६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.