समाचार

११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

११ हजार जेनजी कार्यकर्ता रिहाइको अल्टिमेटम: “युवालाई थुन्ने सरकार अब विकल्पको अन्त्यतिर” — मानवअधिकार समुदायको कडा प्रतिक्रिया

काठमाडौँ, मंसिर २२ गते । नेपालको राजनीतिक वातावरन फेरि एकपटक तातिएको छ। सेप्टेम्बर विद्रोहपछि निरन्तर विवादमा परिरहेको ‘जेनेरेसन जी’ (Gen Z) आन्दोलनले आज निर्णायक चेतावनी दिंदै अन्तरिम सरकारमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ। सह–संयोजक अर्जुन शाहीले थुनामा रहेका ११ हजार युवालाई तुरुन्त मुक्त नगरे देशव्यापी उग्र आन्दोलन सुरु गर्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले सरकारले अपनाएको ‘दमनको राजनीति’ लाई आक्रोशपूर्वक प्रश्न गर्दै तीन प्रमुख मागहरु सार्वजनिक गरे— १) ११ हजार युवा कार्यकर्ताको तत्काल, निःशर्त रिहाइ २) लगाइएका सबै ‘राजनीतिक प्रेरित झुटा मुद्दा’ तुरुन्त फिर्ता ३) देशभर युवाविरुद्ध भइरहेको धरपकड र निगरानीको अन्त्य “सामाजिक…
Read More
‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

‘सञ्चार क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउनु हाम्रो प्राथमिकता’ — मन्त्री खरेल

काठमाडौं, मंसिर २१ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। मन्त्री जगदीश खरेलले उनलाई रिक्त पदका लागि सरकारले गरेको मनोनयनअनुसार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्। नियुक्ति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले हालको सञ्चार वातावरणलाई व्यवस्थित र जिम्मेवार बनाउन प्रेस काउन्सिलले अग्रसर भूमिकामा रहनुपर्ने आवश्यकता दोहोर्‍याए। उनले आम सञ्चारमाध्यमदेखि नयाँ डिजिटल मिडियासम्म सबैलाई मर्यादित, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा काउन्सिलले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। मन्त्री खरेलका अनुसार संविधान र प्रचलित कानुनको दायरा भित्र रहेर सञ्चार क्षेत्रको सुधार सम्भव छ, र त्यसका लागि…
Read More
हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

ललितपुर, मंसिर १८ गते । सामाजिक सञ्जालमा लामो समयदेखि हेटौंडाको अधिकार, विकास र नागरिक हितका विषय उठाउँदै आएका भैरव समूहका संयोजक दिभेष शाक्यले अब आफू प्रत्यक्ष रूपमा कानुनी र प्रशासनिक तहमा उभिएर संघर्ष गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विस्तृत अभिव्यक्तिमा उनले हेटौंडाका नागरिकले पाउनुपर्ने हकहित र न्यायको मुद्दालाई अब निर्णायक पहलकदमीमार्फत अघि बढाउने प्रतिवद्धता जनाएका छन्। शाक्यले आफ्नो पोस्टमा पछिल्ला चर्को बहस, जनता–समुदायका अपेक्षा तथा बढ्दो जिम्मेवारीले आफूलाई अझ सशक्त रूपमा हेटौंडाको पक्षमा उभिन प्रेरित गरेको उल्लेख गरेका छन्। “यो अब केवल प्रतिवाद वा बोलाइ मात्र होइन, हेटौंडाको भविष्य र अधिकारका लागि निर्णायक पहल हो,” उनले लेखेका…
Read More
कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

कमल–५ पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ शुभारम्भ, स्वास्थ्य र नेतृत्व विकासलाई लक्षित कार्यक्रम सुरु

कमल, मंसिर १७ गते । झापा कमल गाउँपालिकाको पाडाजुङीमा ‘लेट मी डान्स एण्ड जुम्बा सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। कमल–५ स्थित रोडस्टार होटल तथा पार्टी प्यालेस रहेको भवनमा सोमबार आयोजित कार्यक्रममार्फत नेपालका लोकप्रिय अभिनेता धिरेन शाक्यले रिबन काटेर सेन्टरको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहको अध्यक्षता डान्स एण्ड जुम्बा सेन्टरका परिकल्पनाकार नारायण बस्नेतले गरेका थिए। कार्यक्रममा युवा नेता तथा समाजसेवी सन्दिप श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए। सेन्टरले बिहान र बेलुका दुवै समयमा सबै उमेरका व्यक्तिहरूका लागि जुम्बा तथा डान्स कक्षा सञ्चालन गर्ने बताइएको छ। साथै, सहभागीहरूको समग्र स्वास्थ्यका लागि समय-समयमा योग कक्षा पनि उपलब्ध गराइनेछ। डान्स र जुम्बामा मात्रै…
Read More
कान्ति राजमार्ग ६० दिनका लागि बन्द: ललितपुरमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध

कान्ति राजमार्ग ६० दिनका लागि बन्द: ललितपुरमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासनको अनुरोध

ललितपुर, मंसिर १७ गते । कान्ति राजमार्ग सडक योजना एकान्तकुना, ललितपुर अन्तर्गतको च. नं. १३४ ले मङ्सिर १६ गते जारी गरेको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले सडक बन्द सम्बन्धी सूचना सार्वजनिक गरेको छ। सडक योजना अन्तर्गत road widening तथा cutting कार्य तीव्र रूपमा भइरहेकोले आगामी मङ्सिर २० गतेदेखि ६० दिनसम्म प्रत्येक दिन बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ। प्रशासनका अनुसार निर्माण कार्य प्रभावित हुन नदिन तथा जनधनको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा यातायात आवागमन रोक्ने निर्णय गरिएको हो। यस अवधिमा कान्ति राजमार्ग भएर चल्ने सार्वजनिक तथा निजी सवारी…
Read More
जेन जि सम्बद्ध चार समूहको आरोप : ‘नागरिक सरकार नैतिक धरातलबाट चिप्लियो, ऊर्जा मन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरियोस्’

जेन जि सम्बद्ध चार समूहको आरोप : ‘नागरिक सरकार नैतिक धरातलबाट चिप्लियो, ऊर्जा मन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरियोस्’

काठमाडौं, मंसिर १७ गते । जेन जि आन्दोलनसँग जोडिएका चार अलग–अलग समूहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान नागरिक सरकार नैतिक आधारबाट च्युत भइसकेको कठोर अभिव्यक्ति दिएका छन्। मन्त्रीहरूले कार्यकारी पदमै रहँदै राजनीतिक दलसँग देखाएको प्रत्यक्ष संलग्नताले नागरिक सरकारको अस्तित्व र विश्वसनीयता नै खतरामा परेको उनीहरूको आरोप छ। वक्तव्यअनुसार कार्यकारी जिम्मेवारी सम्हालेका मन्त्रीहरूले दलगत गतिविधिमा सहभागी हुनु “नागरिक सरकारको सिद्धान्त, पदगत शपथ तथा सार्वजनिक आचरणको खुला उल्लङ्घन” हो। यस्तो आचरणले नागरिकको भरोसामाथि आघात पुगेको र राज्य संयन्त्र दलगत स्वार्थको बन्दी बन्ने खतरा बढेको समूहहरूको मूल्यांकन छ। ऊर्जा मन्त्रालयले भारतसँग गरेको विवादास्पद विद्युत सम्झौताप्रति समेत चारै समूहले कडा आपत्ति जनाएको छ। विद्युत…
Read More
कञ्चनरुप संकटः तलब रोक्ने नेतृत्व, दोष थोपर्ने विज्ञप्ति र सत्यलाई ‘कथित’ बनाउने प्रयास

कञ्चनरुप संकटः तलब रोक्ने नेतृत्व, दोष थोपर्ने विज्ञप्ति र सत्यलाई ‘कथित’ बनाउने प्रयास

सप्तरी, मंसिर १६ गते । कञ्चनरुप नगरपालिकामा पछिल्ला घटनाहरुले एकैपटक धेरै प्रश्न उठाएका छन्—यहाँ वास्तविक समस्या पत्रकार हुन् कि नगरपालिकाको नेतृत्व ? पाँच महिनादेखि कर्मचारी तलब नपाउने, कार्यालयभित्र निर्णय प्रक्रिया चरम अव्यवस्थित हुने, नियम–कानुनको खुल्लमखुल्ला अवमूल्यन हुने—यी सबै समस्याको मूल जड कहाँ छ ? नेतृत्वमा कि प्रश्न सोध्नेमा ? तर कञ्चनरुपमा अहिले उल्टो खेल चल्दैछ। समस्या समाधानका लागि जिम्मेवार नेतृत्व आरोपपत्र निकालेर प्रश्न उठाउनेलाई नै ‘कथित’ भन्दै बदनाम गर्ने प्रयासमा लागेको छ। छानबिन सुरु नहुँदै पत्रकारलाई दोषी ? लोकतान्त्रिक मूल्यको अपमान पत्रकार कैलाश माझीसँग सम्बन्धित विवाद अझै छानबिनमै पुगेको छैन। तर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द— “कथित पत्रकार”,…
Read More
हेटौंडा सडक विस्तारप्रति भैरव समूहका संयोजक दिभेष शाक्यको कडा आपत्ति: “विकासको नाममा विनाश थालियो”

हेटौंडा सडक विस्तारप्रति भैरव समूहका संयोजक दिभेष शाक्यको कडा आपत्ति: “विकासको नाममा विनाश थालियो”

ललितपुर, मंसिर १६ गते । हेटौंडामा जारी सडक विस्तार र संरचना हटाउने कार्यप्रति भैरव समूहका संयोजक दिभेष शाक्यले कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले हेटौंडा शहरलाई “अव्यवस्थित र कुरूप बनाउने” नीति सरकारले अघि सारेको आरोप लगाएका छन्। शाक्यका अनुसार दशकअघिसम्म सहज, सरल र मानवमैत्री मानिएको हेटौंडा अहिले **“विकासको नाममा विनाश”**तर्फ धकेलिएको छ। सडक साँघुरो भएको कारण जनतालाई घरबाट उठिबास बनाउने, बिनाअनुचित मुआब्जा बुलडोजर चलाउने कार्य अन्यायपूर्ण रहेको उनको आरोप छ। उनले प्रश्न उठाउँदै भने, “२५–२५ गज नै काट्ने थिए भने नक्सा पास किन गरियो? घर बनाउन अनुमति किन दिइयो? दशकौँसम्म घरबहालकर उठाउँदा नगरपालिका कहाँ थियो? अब आएर…
Read More
मन्त्री पद नत्यागी चुनावी दौडमा कुलमान घिसिङ : जेन जि मुभमेन्टद्वारा कडा आपत्ति, तत्काल बर्खास्तीको माग

मन्त्री पद नत्यागी चुनावी दौडमा कुलमान घिसिङ : जेन जि मुभमेन्टद्वारा कडा आपत्ति, तत्काल बर्खास्तीको माग

काठमाडौँ, मंसिर १५ गते । चुनावी सरकारका तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले पद कायम राख्दै चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएपछि नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ। उनी मन्त्री पदमै रहँदै निर्वाचनमैदानमा प्रवेश गर्न खोजिरहेको भन्दै जेन जि मुभमेन्ट नेपालले कठोर प्रतिक्रिया व्यक्त गरेको छ। मुभमेन्टले सोमबार सार्वजनिक गरेको वक्तव्यमा घिसिङको कदम “लोकतान्त्रिक आचरण र राजनीतिक नैतिकतामाथि खुला प्रहार” भएको आरोप लगाइएको छ। मन्त्रीको हैसियतलाई ढाल बनाएर चुनावमा उत्रिन खोज्नु, आन्दोलनमा रगत बगाएका नयाँ पुस्ताको बलिदानमाथिको अपमान भएको जनाइएको छ। यता, प्रधानमन्त्री सुशीला कार्कीले “कुलमान घिसिङ नभएको भए सरकार नै चल्दैनथ्यो” भन्ने भनाइले पनि सरकारको निर्भरता र सत्ताको अस्वस्थ अभ्यास झल्किएको…
Read More
२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको परमादेश, नपाए नयाैं सरकार गठनको मार्ग खुल्ने

मधेश प्रदेश, मंसिर १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयसमेतको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै निर्धारित समयावधिभित्र विश्वासको मत लिनुपर्ने र त्यसमा असफल भए प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुपर्ने आदेश दिएको हो। सर्वोच्चले जारी गरेको परमादेशपछि अब यादवले विश्वासको मत प्राप्त गरे पदमा यथावत् रहनेछन्। तर संसदमा बहुमत जुटाउन नसके प्रदेशमा संयुक्त सरकार गठनको मार्ग प्रशस्त हुनेछ। मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरसंवैधानिक भएको दाबी गर्दै प्रदेशका ७३ सांसदहरूले दर्ता गराएको रिटमाथि सुनुवाइ भएपछि अदालतले यो आदेश जारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.