समाचार

राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

राष्ट्रिय संकटको समाधानका लागि वाम प्रगतिशील मोर्चा गठनतर्फ पहल, तीन नेताको संयुक्त आह्वान

काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्। वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले…
Read More
प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

प्रहरी महानिरीक्षक खापुङद्वारा किरिया पुत्री भवनको शिलान्यास, प्रहरी परिवारका लागि नयाँ सुविधा केन्द्र निर्माण सुरू

काठमाडौं, कात्तिक १७ गते । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी पहल अन्तर्गत निर्माण हुन लागेको ‘किरिया पुत्री भवन’ को शिलान्यास गरेको छ। काठमाडौं महानगरपालिका–३, महाराजगंजस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा निर्माण हुन लागेको उक्त भवन प्रहरी परिवारका बहालवाला तथा अवकाशप्राप्त सदस्यहरूलाई दुःखद निधनका बेला किरिया पुत्री संस्कार गर्न सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो। शिलान्यास समारोहमा आईजीपी खापुङ्गले प्रहरी सदस्यहरूको सेवा–सुविधा र कल्याणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै भवन निर्माणपछि त्यसबाट प्रवाह हुने सेवालाई अझ परिष्कृत र व्यवस्थापित बनाइने बताएका छन्। सो अवसरमा प्रहरी कल्याण महाशाखाका प्रहरी…
Read More
जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’

जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल पक्राउ, सात घण्टापछि रिहा — ‘संविधान पुनर्लेखन नभएसम्म सङ्घर्ष जारी’

काठमाडौँ, कात्तिक १६ गते । जेन जि आन्दोलनका अगुवा रवि किरण हमाल आइतबार काठमाडौँको माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएपछि सात घण्टापछि रिहा भएका छन्। सरकारले जेन जि विद्रोहका मागहरू पूरा नगरेको भन्दै हमालले युवाहरू माझ पुनः सडक आन्दोलनको आह्वान गरेका थिए। यही आह्वानका क्रममा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ। हमाललाई पक्राउपछि काठमाडौँ प्रहरी परिसर हुँदै सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो। रिहा भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “हाम्रो आन्दोलनले उठाएका संविधान पुनर्लेखन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना जस्ता मूल मागहरू अझै सम्बोधन भएका छैनन्। त्यसैले हामी पुनः सडकमा उत्रिएका हौं।” उनका अनुसार, भाद्र २३ र २४ गतेको जेन जि विद्रोहमा…
Read More
चन्द्रनिगाहपुरको ऐन प्लाजाबाट रोयल इन्फिल्ड चोरी, मालिकले सहयोगको अपिल

चन्द्रनिगाहपुरको ऐन प्लाजाबाट रोयल इन्फिल्ड चोरी, मालिकले सहयोगको अपिल

रौतहट, चन्द्रपुर–५ (चन्द्रनिगाहपुर) कात्तिक १६ गते । रौतहट जिल्लाको चन्द्रपुर–५, चन्द्रनिगाहपुरस्थित ऐन प्लाजाबाट एक थान रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ। चोरी भएको मोटरसाइकलको विवरण अनुसार, उक्त बाइक म प्र ०३ ०३८ प ९७७४ नम्बरको रोयल इन्फिल्ड बुलेट हो, जसका धनी विक्रम घिमिरे रहेका छन्। घटना अहिले भर्खरैको समयमा घटेको बताइएको छ। बाइक ऐन प्लाजाको आसपासको क्षेत्रबाट हराएको पुष्टि भएपश्चात स्थानीय बासिन्दा र पीडित परिवारले खोजतलास थालेका छन्। पीडित पक्षले सर्वसाधारण र प्रहरीलाई सहयोगको आग्रह गर्दै भनेका छन् — “यदि कसैले उक्त नम्बर र हुलियाको बुलेट बाइक कतै देखेमा वा यसबारे कुनै जानकारी भएमा तत्काल नजिकको…
Read More
सरकारद्वारा ल्याइएको नयाँ नियमावली स्वतन्त्र प्रेसविरोधी भएको पत्रकार महासङ्घको आरोप

सरकारद्वारा ल्याइएको नयाँ नियमावली स्वतन्त्र प्रेसविरोधी भएको पत्रकार महासङ्घको आरोप

काठमाडौं, कात्तिक १६ गते । नेपाल पत्रकार महासङ्घले सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी गरी कार्यान्वयनमा ल्याएको भन्दै त्यसका कतिपय प्रावधानहरू स्वतन्त्र प्रेसविरोधी रहेको आरोप लगाएको छ। महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नियमावलीमा समावेश गरिएका पाँचवटा प्रावधानप्रति गम्भीर असहमति र आपत्ति जनाउँदै ती तत्काल सच्याउन सरकारसँग माग गरेको हो। विज्ञप्तिअनुसार ‘नाम र डोमेन मिलेमा जात, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने’ भन्दै अनलाइन दर्तामा रोक लगाउने स्वेच्छाचारी प्रावधान, निःशुल्क दर्ता र नवीकरणमा शुल्क तोकिएको व्यवस्था, प्रमाणपत्र रद्द गर्न तीनवटा राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने अव्यवहारिक प्रणाली, स्थानीय अधिकारीलाई अनुगमन अधिकार दिने नियन्त्रणमुखी धार, र…
Read More
चितवन प्रशासनको आग्रह : नारायणघाट–मुग्लिन सडक खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

चितवन प्रशासनको आग्रह : नारायणघाट–मुग्लिन सडक खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

चितवन, कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षासँगै नारायणघाट–मुग्लिन सडक खण्डमा स–साना पहिरो खस्ने घटना भइरहेको भन्दै अत्यावश्यक बाहेक आज यात्रा नगर्न अनुरोध गरेको छ। कार्यालयले शुक्रबार जारी गरेको सूचनामा तुइनखोला लगायत पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक खण्डका विभिन्न स्थानहरूमा हिजो साँझदेखि निरन्तर स–साना पहिरो खसिरहेको र ती पहिरो पन्छाउँदै सवारी आवागमन सुचारु गरिएको उल्लेख गरिएको छ। तर वर्षा नरोकेका कारण पहिरोको जोखिम अझै बढ्न सक्ने सम्भावना रहेकोले सतर्क रहन र अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको हो। सूचनामा भनिएको छ, “वर्षा नरोकी पहिरोको जोखिम बढेको खण्डमा उक्त सडक खण्डमा सवारी आवागमन रोक्नुपर्ने परिस्थिति सिर्जना हुन सक्ने भएकाले…
Read More
संखुवासभाको दुर्गम गाउँकी बिरामी महिलाको नेपाली सेनाद्वारा सफल उद्धार

संखुवासभाको दुर्गम गाउँकी बिरामी महिलाको नेपाली सेनाद्वारा सफल उद्धार

संखुवासभा, कार्तिक १४ गते । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–३ देवदास चौतारामा बसोबास गर्ने ५८ वर्षीया एक बिरामी महिलाको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ। रणदल गुल्मीबाट खटिएको नेपाली सेनाको टोलीले ती बिरामीलाई देवदास चौताराबाट उद्धार गरी थप उपचारका लागि वरुण दोभानसम्म पुर्‍याएको हो। दुर्गम र कठिन भू–भागमा बसोबास गर्ने ती महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि स्थानीयको अनुरोधमा सेनाको टोली खटाइएको थियो। नेपाली सेनाले मानवीय सहयोगका कार्यहरूलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका नागरिकहरूको सेवा र सुरक्षामा आफ्नो उपस्थिति जनाउँदै आएको छ।  
Read More
मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

मुस्ताङको बतासेडाँडामा हिमपातमा फसेका १५ जना पर्यटकलाई नेपाली सेनाद्वारा सफल उद्धार

मुस्ताङ, कार्तिक १४ गते । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिउँपातका कारण फसेका १५ जना पर्यटकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ। सेनाको उद्धार टोलीले करिब ४,९०० मिटर उचाइमा अवस्थित बतासेडाँडा क्षेत्रमा फसेका ती पर्यटकहरूलाई सुरक्षितरूपमा जोमसोम पुर्‍याएको हो। उद्धार गरिएकामध्ये ३ जना विदेशी नागरिक पनि रहेका छन्। ती सबै जनालाई हिमपातले आवतजावत रोकिएपछि कठिन अवस्थाबाट निकालिएको सेनाले जनाएको छ। उद्धार कार्य उच्च उचाइ, चिसो र हावाहुरीका बीचमा सम्पन्न गरिएको थियो। नेपाली सेनाले आवश्यक उद्धार सामग्रीसहित तत्काल घटनास्थल पुगेको र सबै पर्यटकलाई सुरक्षित रूपमा जोमसोम पुर्‍याएपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
Read More
अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने, सरकारले राजपत्रमा सूचना प्रकाशित गर्‍यो

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने, सरकारले राजपत्रमा सूचना प्रकाशित गर्‍यो

काठमाडौं, कार्तिक १४ गते । अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क तिर्नुपर्ने भएको छ। सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गर्दै अनलाइन सञ्चारमाध्यमका लागि दस्तुर निर्धारण गरेको हो। नयाँ संशोधित नियमावलीअनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा पाँच हजार रुपैयाँ र नवीकरण गर्दा दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था १३ कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएको हो। यसअघि, २१ साउनमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सूचना तथा प्रसारण विभागमार्फत अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि अनलाइन मिडियाको दर्ता प्रक्रिया रोकिएको…
Read More
३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

काठमाडौँ, कार्तिक १२ गते । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा बरिष्ठ प्रहरी अधिकारी एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध रूपमा षड्यन्त्र र नकारात्मक प्रचार अभियान सुरु भएको खुलासा भएको छ। भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटको घडीमा दृढ नेतृत्व देखाएका कार्की संगठनभित्र निर्णय क्षमताका कारण “निकास दिने अधिकारी” का रूपमा परिचित छन्। अन्य एआईजीहरूले उक्त जिम्मेवारी लिन अस्वीकार गर्दा पनि उनले चुनौती पूर्ण मोर्चामा सशक्त रूपमा काम गरेका थिए। तर, हाल उनी आफ्नै प्रतिस्पर्धी र केही बिचौलियाहरूको निशानामा परेका छन्। स्रोतका अनुसार बरियता र कार्यसम्पादन दुवैमा अग्रस्थानमा रहेका कार्की ३३औँ IGP का लागि सरकारका दृष्टिमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.