Day: २०८२ आश्विन ८, बुधबार २३:०१

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

जेन जी आन्दोलनपछि ठप्प हेटौंडा–४ वडा कार्यालय आजदेखि आंशिक सेवा सञ्चाल

हेटौंडा, अशोज ८ गते । जेन जी आन्दोलनपछि ठप्प रहेको हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आजदेखि आंशिक सेवा सञ्चालन गरेको छ। आज एक सार्वजनिक कार्यक्रम गर्दै वडाले आफ्नो कार्य सञ्चालन गरेको जानकारी सबै माझ गराएको हो। आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण कार्यालयका महत्त्वपूर्ण कागजात, कम्प्युटर, टेबल, सवारीसाधनलगायतका सामग्री जलेर नष्ट भएपछि सेवा ठप्प भएको थियो। वडा अध्यक्ष नवीन सिग्देलले आफू सुरक्षित नभएको सुचना पाएपछि लुकेर बस्नुपरेको तर आफ्नै घरसमेत तोडफोड र आगजनीमा परेकोप्रति दुख व्यक्त गरेका छन् । हाल बल्लतल्ल अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
Read More
जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया  हेटौंडामा भोलि

जिन जि विद्रोह’ र वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया हेटौंडामा भोलि

हेटौंडा, अशोज ८ गते । नेकपा हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा भोलि असोज ९ गते ‘जिन जि विद्रोह, राजनीतिक परिस्थिति र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रम हेटौंडामा हुने भएको छ। कार्यक्रममा जिन जि विद्रोहको ऐतिहासिक सन्दर्भसँगै नेपालको वर्तमान राजनीतिक अवस्था र त्यसबाट बाहिर निस्कने सम्भावित मार्गबारे छलफल हुने आयोजकले जनाएका छन्। नेकपाले यस अन्तरक्रिया मार्फत युवा पुस्तालाई इतिहासबारे अवगत गराउनुका साथै वर्तमान राजनीति र भावी दिशाबारे बहस चलाउने उद्देश्य राखेको बताएको छ।
Read More
सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

मकवानपुर, अशोज ८ गते । मकवानपुर जिल्लामा पर्ने सिमभन्ज्याङको नजिक गए राति दुर्घटनामा परेको अवस्थामा फेला परेको मोटरसाइकलको मालिक पत्ता लाग्न सकेको छैन। सिमभन्ज्याङ प्रहरीले दिएको जानकारी अनुसार गए राति दुर्घटनामा परेको अवस्थामा भेटिएको मोटरसाइकलको नम्बर प्लेट देखिए पनि हालसम्म चालक वा धनी को हुन् भन्ने खुलेको छैन। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

जेन जि विद्रोह र नयाँ परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने

बझाङ, असोज ८ गते । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति, बझाङको आयोजनामा जेन जि विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम असोज १० गते चैनपुरमा हुने भएको छ। कार्यक्रममा हालको जेन जि आन्दोलन, त्यसले सिर्जना गरेको नयाँ परिस्थिति र त्यसबाट निस्कने बाटोबारे छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रम पर्सि दिउँसो १ बजे होटल माउन्टेन भ्यू, चैनपुरमा हुने छ। कार्यक्रममा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
Read More
जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

जलवायु परिवर्तनको मारमा अपाङ्ग समुदाय

काठमाडौं, अशोज ८ गते । हामीले सामान्य रूपमा लिँदै आएको जलवायु परिवर्तनले अहिले विश्व आक्रान्त बनेको छ। समस्या नै समस्यासँग जुधिरहेको विश्व समाजमा जलवायु परिवर्तन एक गम्भीर संकटका रूपमा देखापरेको छ। मनसुनी र मानव सिर्जित विपत्का अलावा बाढी, पहिरो तथा असामान्य मौसमी घटना जलवायु परिवर्तनको मौलाउँदो स्थितिलाई देखाउन पर्याप्त छन्। संयुक्त राष्ट्रसङ्घ (यूएनओ) ले पनि जलवायु परिवर्तनलाई विश्वको अस्तित्वको खतरासँग जोडेर हेर्ने गरेको छ। यसको असर झन् धेरै देखिएको छ। यहाँ हरेक वर्ष बाढी, पहिरो तथा हिमताल विस्फोटलगायत प्राकृतिक प्रकोपले गर्दा आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा असर परेको छ। अझ विशेषगरी, यसको असर विश्व स्वास्थ्य संगठनले संसारको कुल जनसङ्ख्याको १६…
Read More
शिक्षामन्त्री महावीर पुनका तीन पहल : कम्प्युटर शिक्षक दरबन्दी, छिटो नतिजा र विश्वविद्यालय सुन्दरिकरण

शिक्षामन्त्री महावीर पुनका तीन पहल : कम्प्युटर शिक्षक दरबन्दी, छिटो नतिजा र विश्वविद्यालय सुन्दरिकरण

काठमाडौं, अशोज ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री वैज्ञानिक डा. महावीर पुनले पदभार सम्हाले लगत्तै विद्यार्थी तथा शैक्षिक क्षेत्रलाई लक्षित गरी तीन वटा महत्वपूर्ण पहल अघि सारेका छन्। पहिलो पहलका रूपमा, उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट वञ्चित नहून् भन्ने उद्देश्यले हरेक विद्यालयमा अनिवार्य रूपमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने तयारी गरेका छन्। यस कदमले डिजिटल शिक्षा र प्रविधि पहुँच विस्तारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। दोस्रो पहल अन्तर्गत, मन्त्री पुनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल प्रकाशित गर्न ८ महिना देखि १ वर्षसम्म लगाउने परम्परालाई अन्त्य गर्दै बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न…
Read More
“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

“जेन जि आन्दोलन अपहरण भयो, प्रतिशोध र तोडफोडले बदनाम बनाइयो” – मन्त्री केसी

हेटौंडा, अशोज ८ गते । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले हालको आन्दोलनलाई जेन जि आन्दोलनको नाममा बदनाम बनाइएको आरोप लगाएका छन्। रेडियो भरोसासँगको विशेष अन्तर्वार्तामा मन्त्री केसीले काठमाडौंमा सुरु भएको जेन जि आन्दोलन युवा पुस्ताको जागरणका रूपमा आएको भए पनि हेटौंडा लगायतका जिल्लामा देखिएको हिंसात्मक गतिविधि भने “प्रतिशोध र तोडफोडका रूपमा मात्र प्रकट भएको” बताएका छन्। उनका अनुसार भाटभटेनी सुपरमार्केटदेखि वन मन्त्रालयका गाडीहरुसम्ममा गरिएको क्षति कुनै आन्दोलनकारी चेतना नभई योजनाबद्ध आक्रोशको उपज हो। “यो आन्दोलनले भ्रष्टाचारविरुद्धको सवालभन्दा बढी स्थानीय अन्तरविरोध मिलाउने, प्रतिशोध साध्ने माध्यमका रूपमा काम गर्‍यो,” मन्त्री केसीले भने। प्रदेश खारेजी मागबारे प्रश्न सोध्दा मन्त्री केसीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.