२०८२ चैत्र १३, शुक्रबार १४:१०
२०८२ चैत्र १३, शुक्रबार १४:१०
काठमाडौं, चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवाभित्र आफ्नो पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको हो। विज्ञप्तिमा रास्वपाले स्थापना कालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने मान्यता राख्दै आएको उल्लेख गरिएको छ। हालै सम्पन्न आम निर्वाचनमा समेत निजामती सेवालाई तटस्थ, निष्पक्ष र व्यवसायिक बनाउँदै सार्वजनिक सेवा प्रवाह तथा विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको पार्टीले जनाएको छ। पछिल्लो समय निजामती सेवाभित्र…