राप्ती खबर

1194 Posts
महेश बस्नेतको प्रतिक्रिया: पक्राउ प्रक्रिया रोक्ने अदालतको आदेश स्वागतयोग्य

महेश बस्नेतको प्रतिक्रिया: पक्राउ प्रक्रिया रोक्ने अदालतको आदेश स्वागतयोग्य

काठमाडौँ, चैत १६ गते । महेश बस्नेतले काठमाडौँ जिल्ला अदालतको आदेशप्रति स्वागत व्यक्त गर्दै आफूविरुद्ध अघि बढाइएको पक्राउ प्रक्रियालाई “राजनीतिक प्रतिशोध”को संज्ञा दिनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत आफूविरुद्ध झुटा मुद्दा अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ। उहाँले उक्त प्रक्रिया “अराजक तत्वलाई उचालेर गरिएको प्रयास” भएको दाबी गर्नुभएको छ। बस्नेतले आफ्नो स्टाटसमार्फत काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न दिएको आदेशप्रति धन्यवाद व्यक्त गर्दै न्यायालयले निष्पक्ष भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार अदालतको यो कदमले प्रतिशोधको राजनीतिविरुद्ध सशक्त सन्देश दिएको छ। यस प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तमा कानुनी प्रक्रिया, शक्ति प्रयोग र प्रतिशोधको आरोप–प्रत्यारोपलाई…
Read More
गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रविधिमैत्री र जनमुखी प्रहरी सेवामा जोड

गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण, प्रविधिमैत्री र जनमुखी प्रहरी सेवामा जोड

काठमाडौँ, चैत १६ गते । गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी संगठनलाई अझ जनमुखी, प्रविधिमैत्री र उत्तरदायी बनाउन स्पष्ट निर्देशन दिएका छन्। प्रधान कार्यालयमा पुग्दा गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायतका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणका क्रममा उनले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै संग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स तथा एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ शाखाको अवलोकन गरेका थिए। निरीक्षणपछिको कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले प्रभावकारी कार्यसम्पादन गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे। उनले आगामी दिनमा अझ आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै प्रहरीको कार्यमा…
Read More
७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

हेटौंडा, चैत १६ गते । स्कुलरोडबाट सुरु भएको प्रभातफेरी र्याली बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ परिसर पार गर्दै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रभातफेरीमार्फत पत्रकारहरूले पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए। महासंघकी अध्यक्ष निर्मला शर्माले स्थापना दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा महासंघले सात दशकभन्दा लामो इतिहास बोकेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हितमा निरन्तर काम गर्दै आएको बताएकी छिन्। उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचना फैलिने क्रम बढेकाले तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्नु अहिलेको मुख्य चुनौती…
Read More
माइतीघर मण्डलमा आज १ बजे एमालेको विरोध प्रदर्शन, सहभागिताका लागि महेश बस्नेतको आह्वान

माइतीघर मण्डलमा आज १ बजे एमालेको विरोध प्रदर्शन, सहभागिताका लागि महेश बस्नेतको आह्वान

काठमाडौँ, चैत १६ गते । महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव बस्नेतले वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा व्यापक सहभागिता आवश्यक रहेको बताएका छन्। उनले केपी शर्मा ओली माथि गरिएको भनिएको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण” कदमको संज्ञा दिएका छन्। बस्नेतले आफ्नो स्टाटसमार्फत वर्तमान सरकार अधिनायकवादी र निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै कथित गृहमन्त्रीका गतिविधिहरूलाई अराजक बताएका छन्। एमाले राजधानी प्रदेश कमिटीको आयोजनामा हुने उक्त प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई सशक्त रूपमा उपस्थित हुन आग्रह गरिएको छ। बस्नेतले “आन्दोलनको मोर्चामा…
Read More
लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा बालश्रम आरोपमा काठमाडौँ धुम्बराहीबाट पक्राउ

काठमाडौँ, चैत १६ गते । लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मालाई बालश्रमको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले केहीबेर अघि धुम्बराहीबाट पक्राउ गरेको छ। पक्राउ परेसँगै सांसद शर्मामाथि घरमा बालिका राखेर काम लगाउने र कुटपिट गर्ने आरोप उजुरीमा देखिएको छ। पिडित बालिकाको बयान अनुसार, उनी सांसदको घरमा करिब छ वर्षदेखि काम गरिरहेकी थिइन् र सांसदले उनलाई पाइपको लट्ठीले कुट्ने गरेको बताएकी छन्। उक्त बालिकाले काठमाडौँ महानगरपालिकाका प्रशिक्षार्थी विद्यार्थीहरुले सञ्चालन गरेको सर्वेक्षणको क्रममा आफ्नो अवस्था उजागर गरेकी थिइन्। सर्वेक्षणका क्रममा पत्ता लागेको थियो कि सांसदको घरमा रहेका बालिकालाई शोषण र बालश्रमको अवस्था भएको थियो। प्रहरीले पक्राउपछि थप अनुसन्धान सुरु गरेको छ…
Read More
गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

गिरफ्तारीको हल्ला र मुद्दालाई लिएर महेश बस्नेतको आक्रोश, ‘प्रतिशोधपूर्ण षड्यन्त्र भइरहेको छ’

काठमाडौं, चैत १५ गते । महेश बस्नेतले आफ्नो गिरफ्तारीको हल्ला र आफूविरुद्ध दर्ता गरिएको मुद्दालाई लिएर गम्भीर आपत्ति जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई पक्राउ गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले तीन वर्षअघि नै एक “फेक व्यक्ति” प्रयोग गरेर आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको दाबी गर्दै उक्त जाहेरी प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र सो विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिटसमेत खारेज भइसकेको बताएका छन्। बस्नेतका अनुसार सोही विषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ। यस्तो…
Read More
विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

हेटौंडा, चैत १४ गते । युनिहब इन्टरनेसनल एजुकेसन सेन्टर प्रा. लि.को आयोजनामा हेटौंडामा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सञ्चालक सुरज घलानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नरेश प्याकुरेल, स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान, रजल नगरकोटी, सुरज मुक्तान, सुषान्त अर्याल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विशेष आमन्त्रित अतिथिका रूपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत सुरज बिस्ट उपस्थित थिए। कार्यक्रमको मुख्य उद्देश्य अप्रिल २०२६ मा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई विदाई प्रदान गर्नु र आगामी अक्टोबर २०२६ मा विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई जानकारीमूलक सत्र सञ्चालन गर्नु थियो। सो क्रममा अध्ययनका लागि आवेदन प्रक्रिया, उपयुक्त देश…
Read More
भीमफेदीमा हाईस गाडी दुर्घटना: ब्रेक फेल, ३ जना घाइते

भीमफेदीमा हाईस गाडी दुर्घटना: ब्रेक फेल, ३ जना घाइते

भीमफेदी, चैत १४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज बिहान करिब ११:२० बजे हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भीमफेदीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडीको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा चालकसहित १० जना सवार थिए। घाइते भएका ३ जनालाई घटनास्थलबाट उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाका कारण थप अनुसन्धान गरिरहेको छ र सडक सुरक्षाका लागि यात्रुहरुलाई सचेत गराएको छ।
Read More
एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

हेटौँडा, चैत १४ गते । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कडा विरोध जनाएको छ। पार्टीका अनुसार गत भाद्र २३ र २४ गते जेञ्जी आन्दोलनका घटनाहरूको छानबिन अघि नै विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गरिएको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको छ। एमाले मकवानपुरले गैरकानुनी रूपमा जारी गरिएको पूर्जीमार्फत पक्राउ गर्नु नेपालका कानुनी राज्यको उपहास भएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीका अध्यक्ष हिदम लामाले यस घटनाले मुलुकलाई अन्त्यहीन द्वन्दमा फसाउने खतरा रहेको बताए। नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पक्राउ गैरसंवैधानिक, गैरराजनीतिक…
Read More
आईपीएल २०२६ आजदेखि सुरु: रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद उद्घाटन खेलमै आमनेसामने

आईपीएल २०२६ आजदेखि सुरु: रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद उद्घाटन खेलमै आमनेसामने

काठमाडौं, चैत १४ गते । विश्व क्रिकेटकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ। बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ। यस सिजनमा बेंगलुरुको कप्तानी रजत पाटिदारले सम्हाल्नेछन् भने हैदराबादका लागि इशान किशनले निमित्त कप्तानको जिम्मेवारी निर्वाह गर्नेछन्। प्रतियोगिता दुई चरणमा सञ्चालन हुने तालिका रहेको छ। पहिलो चरण चैत १५ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुनेछ, जसमा कुल २० खेल खेलाइनेछन्। त्यसपछि दोस्रो चरण वैशाख १ गतेदेखि जेठ ११ गतेसम्म हुनेछ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.